
स्थानीय तहको निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको लागि बिज्ञापन खोलेपछि जिल्लामा निर्वाचन गतिविधि ह्वात्तै बढेर गएको छ ।
बागलुङ जिल्लाको ६ वटा गाउँपालिका मध्य दक्षिण भेगको बरेङ गाउँपालिकाको नेतृत्व गर्न मुख्य ३ राजनीतिक पार्टीका ६ जना आकांक्षी देखिएका छन् ।
अहिले गाउँपालिकाको नेतृत्व गरिरहनुभएका राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद पाडेल बैशाख ३० गते हुने निर्वाचनको लागि आफु आकांक्षी रहेको हिडन खबरलाई बताउनु भयो ।
५ बर्षसम्म गाउँपालिका संचालन गर्दै गर्दा आफ्नो कार्यकालमा गरेका थुप्रै महत्त्वपूर्ण योजना पूरा गर्न बाकी रहेको कारणले पनि त्यसलाई पुरा गर्नको लागि पनि आफुले नेतृत्व गर्न चाहेको पौडेलले बताउनु भयो ।
यस्तै यसपटक नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट गण्डकी प्रदेश सदस्य चिनिमाया काला , माओवादीका बरेङ गाउँपालिका अध्यक्ष सन्त श्रीस र माओवादी पार्टी सदस्य मदन काला अध्यक्ष पदको लागि आकांक्षी रहेको हिडन खबरलाइ बताउनुभयो ।
यसपटक प्रमुख प्रतिपक्षमा रहेको एमालेले प्रदीप थापामगर र एमाले नेता धनिश्वर पौडेल आकांक्षी रहेको हिडन खबरलाई जानकारी प्रप्त भएको छ ।
नेपाली कांग्रेस पार्टीमा भने अहिलेसम्म बरेङ गाउँपालिको अध्यक्षको आकांक्षी कोहिपनि बनिनसकेको नेपाली कांग्रेस बरेङ गाउँपालीका सभापति तुल्सीराम पौडेलले जानकारी दिनुभयो ।
यसपटकको निर्वाचनमा गठबन्धन गर्ने कुरा केन्द्र स्तरमा चलेपनि जिल्ला तहमा के कसरी तालमेल गरेर जानसकिन्छ भन्ने बारे जिल्लामा क्रियाशिल राननीतिक दलहरु पटक पटक बैठक बसेपनि कुनै निर्णय भने गर्न सकेको छैन ।









