राजनीति

अन्तत : बामदेव गौतमले घोषणा गरे नया पार्टी

काठमाडौ नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक रहेका बामदेव गौतमले औपचारिक रुपमै पार्टी घोषणा गर्ने भएका छन् । उनले राजनीतिक दलको रुपमा नै पार्टी घोषणा गर्न लागेका हुन् । आज दिउँसो रिपोटर्स क्लवमा एक कार्यक्रमको आयोजना गरेर उनले पार्टी घोषणा गर्न लागेका हुन् । केही दिन अगाडी मात्रै उनले ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला गरेर पार्टी घोषणा गरेर जाने निर्णय लिएका थिए । बामदेवको पार्टीमा उनले चलाईरहेको एकता राष्ट्रिय अभियान सहित ६ वटा समुह आवदता रहने प्रचार विभाग प्रमुख… पुरा पढौ

रवि लामिछानेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी घाेषणा

चर्चित संचारकर्मि रवि लामिछानेले आफ्नो टेलिभिजन पत्रकारिता छाेडेर राजनीतिमा प्रवेश गरेका छन् ।राजधानीमा मंगलबार एक कार्यक्रम गरि राष्ट्रिय स्वतन्त्र पार्टी नामको पार्टी घाेषणा गरेका छन् । अहिलेसम्म देशमा भएका राजनीति पार्टीले नेपाली जनताको पक्षमा काम र परिवर्तन गर्न नसकेको कारणले परिवर्तनको लागि नयाँ पार्टी गठन गरेको घाेषणा गरेका हुन् । अब आउने संघीय र प्रदेशको निर्वाचनमा देशका विभिन्न क्षेत्र बाट उमेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट उठाउने योजना भएको रवि लामिछानेले बताए । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्य मन्त्री आफ्नो पार्टीको… पुरा पढौ

एसपीपी दस्तावेज’ नै नक्कली निस्कियाे

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद् हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको भन्दै समाचार प्रकाशित भएपछि मंगलबार संसद्मा यसै विषयलाई लिएर हंगामा मचेको थियो । त्यति मात्रै होइन, एसपीपी सम्झौताको दस्तावेज भेटिएको भन्दै केही संचारमाध्यमले समाचारसँगै दस्तावेजको कपी नै सार्वजनिक गरेका थिए । यस विषयमा गठबन्धनका शीर्ष नेताहरूले पनि दबाब दिन थालेपछि (बुधबार) बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक डाँकी प्रधानमन्त्री देउवाले… पुरा पढौ

एमाले र माओवादी वाम गठबन्धनतर्फ उन्मुख

मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन् । आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटघाट र छलफलमा वाम गठबन्धनको विषयमा कुराकानी भएको थियो। विगतमा कम्युनिस्ट दललाई प्राप्त जनमत जोगाउन नसकेको र वामपन्थीहरूलाई फुटाउन विभिन्न शक्ति सक्रिय रहेको विषयमा पनि उनीहरूले सामान्य छलफल… पुरा पढौ

निर्माण कुमार श्रेष्ठकाे प्यानल लाई जिताउन निर्वाचन परिचालन

बागलुङ – सम्पुर्ण उद्योगी–व्यवसायीहरूको साझा संस्थाकाे रूपमा रहेको , बागलुङ उद्योग वाणिज्य संघको आगामी असार ४ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार निर्माण कुमार श्रेष्ठको प्यानललाई विजयी गराउन निर्वाचन परिचालन समिति गठन गरेको छ । सोमबार भएको उद्योगी व्यवसायीहरुको संयुक्त भेलाले बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जयराम भारीको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको सदस्यमा दयाराम पौडेल,मुकेशचन्द्र राजभण्डारी,थानेश्वर सुवेदी,लालबहादुर केसी र बाबुकाजि केसी निर्वाचन परिचालन कमिटीमा रहेका छन् । समितिले निर्माण कुमार श्रेष्ठको नेतृत्वमा संघको… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघ सदस्यमा जसपा निकट ५ व्यावसायीको दाबी

बागलुङ बजारका व्यावसायीलाई चुनावी सर्गर्मिले छुन थालेको छ ।बागलुङ उद्योग वाणिज्य संघको १८ औं अधिवेशनका लागि नेतृत्व तह लगायत सदस्य पदमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । संघको अधिवेशन आउन १ हप्ता बाँकी रहँदा बजारका हरेक व्यावसायीलाई चुनावी रौनकले तताएको छ । यसैबीच संघको सदस्य पदमा जनता समाजवादी पार्टी सम्बद्ध उद्योग व्यापार संघका केन्द्रीय सदस्य एक बहादुर केसी(संगम)को खुल्ला सदस्य पदका लागी उम्मेदवारीमा दाबी रहेको बताउनुभयो । आफुसहित पार्टीको तर्फबाट ५ जनाको उम्मेदवारी रहने केसीले बताउनुभयो ।वाणिज्य संघको सदस्य… पुरा पढौ

जिसस बागलुङको प्रमुख जनमोर्चाका थापा र उपप्रमुख नेकपा(एकीकृत समाजवादीका) शर्मा सर्वसम्मत

जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा रास्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अम्मर थापा चयन हुनुभएको छ ।त्यस्तै उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) बागलुङका जिल्ला सदस्य होमनाथ शर्मा चयन हुनुभएको छ । जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार बिहिबार दुई बजेसम्म सत्ता गठबन्धनका उम्मेदवार बाहेक कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख र उपप्रमुखसहित ९ जना सदस्य पाँच दलीय गठवन्धनकै उम्मेदवार सर्वसम्मत चयन भएका सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा नेपाली कांग्रेसको तर्फबाट हरिकला पौडेल, कौशिला विक, टेक बहादुर अर्गेजा, पदम… पुरा पढौ

पार्टी भन्दा मन्त्री शक्तिशाली

नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ। सोमबार शपथ लिने गरी नयाँ मन्त्रीका नाम तय हुँदै गर्दा संसद्मा बजेट अधिवेशनअन्तर्गत मन्त्रालयगत छलफल चलिरहेकाले त्यसअघि पुनर्गठन गर्न नमिल्ने भन्दै हाललाई मन्त्रिमण्डल हेरफेर रोकिएको हो। नेकपा एसको सचिवालय बैठकले शनिबार नै सरकारमा सहभागी नेताहरूलाई फिर्ता बोलाएर नयाँ नेताहरू पठाउने निर्णय गरेको थियो। सो निर्णय भोलिपल्ट (आइतबार) बसेको बैठकपछि सार्वजनिक भएको थियो। त्यसलगत्तै नेकपा एसका तर्फबाट… पुरा पढौ

६८ वर्ष पुगेका नेताहरू काम गर्न छोडेर भत्ता खाएर बस्न विमला राई पाैड्यालकाे सुझाव

काठमाण्डाै – सरकारले बजेट भाषण मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको लागि २ बर्ष उमेर घटाएपछि यतिबेला सकारात्मक नकारात्मक दुबै खालको प्रतिक्रिया आइरहेको छ ।संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा मङ्गलवारदेखि आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल प्रारम्भ भएको छ । बजेट माथि आफ्नो धारणा राख्ने सांसदहरूले यतिबेला आफ्नो तर्क पेश गरिरहेका छन् ।६८ बर्ष उमेरको कुरा गरेर भत्ता बाड्ने सरकारका प्रमुख नै यो उमेर हद पार गरिसकेका ब्यक्ति भएको भन्दै भत्ता खाएर बस्न व्यग्य गरेका छन् । राष्ट्रिय सभा सदस्य डा.… पुरा पढौ

३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? (विवरणसहित)

देशमा स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम करिबकरिब आइसकेको छ । बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा जनतामा खासगरी राष्ट्रिय राजनीतिक दलको वर्तमान अवस्थाको मूल्याङ्कन भइरहेको छ । यस निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनको कामको मूल्याङ्कन गरी विशेषतस् दुई मान्यता स्थापित गर्न खोजेको… पुरा पढौ