
देश आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमय बनिसकेको छ । देशका हरेक जिल्ला तथा क्षेत्रहरुमा चुनाव लक्षित गतिविधि बढ्न थालेका छन् ।
अघिपछि आ-आफ्नै ध्याउन्नेमा रहने नेता कार्याकर्ता यतिबेला आफु निकट पार्टीका उम्मेदवारलाई भोट माग्न घरघर डुल्न थालेका छन् ।
देशका हरेक जिल्लाका निर्वाचन क्षेत्रहरुमा सम्पर्क कार्यालय स्थापना गरेर चुनावी गतिविधिहरु अगाडी बढाएका छन् ।
बागलुङ जिल्ला पनि चुनावी माहोलले तातेको छ । बागलुङ जिल्लामा पनि नेकपा एमालेले मंगलबार चुनाव लक्षित सम्पर्क कार्यालयको स्थापना गरेको छ । बागलुङ जिल्लाको क्षेत्र नम्बर १ प्रदेश क को सम्पर्क कार्यालयको बागलुङ नगरपालिका-२, जिपपार्क नजिकै स्थापना गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका प्रदेश सभाका उम्मेदवार हिरा बहादुर केसीले बताउनुभयो ।

सम्पर्क कार्यालयको उद्घाटन बागलुङ जिल्लाका पुर्व जनप्रतिनिधि एवं नेकपा एमालेका प्रदेश सल्लाहकार वयोवृद्ध नेता गंगाराम शर्मा द्वारा गरिएको नेकपा एमाले पोलिट्व्यूरो सदस्य एवं गण्डकी प्रदेश सह- ईन्चार्ज तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार मन कुमारी केसी जिसीले बताउनुभयो ।

जिल्लामा नेकपा एमालेको तर्फबाट बागलुङ निर्वाचन क्षेत्र न. १ मा निवर्तमान सांसद डाक्टर शुर्य पाठक प्रदेश (क)मा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका हिरा बहादुर केसी र (ख)बाट नवराज पौडेल उम्मेदवार बनेका छन् ।
भने क्षेत्र नम्बर २ मा मञ्जु शर्मा चालिसे प्रदेश क मा एमालेको समर्थनमा प्रकाश घर्ती र ख मा एमाले जिल्ला सचिव लक्ष्मण पुन उम्मेदवार बनेका छन् ।

जिल्लामा विशेषगरी एमाले रपाँचदलीय गठवन्धन बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ राजनैतिक जानकारहरु बताउँछन् । फोटा: रोशन कुँवर(अनेरास्ववियु जिल्ला संयोजक)









