राजनीति

दलको चुनाव प्रचारप्रसार तिब्र तर मतदाता अनभिज्ञ

बैशाख ३० गतेहुने निर्वाचन आउन मात्रै ९ बाकी हुदै गर्दा यतिबेला राजनीति पार्टीको चुनाव प्रचारप्रसारले तिब्रता पाएकाे छ ।बागलुङ सदरमुकाममा बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म राजनीति पार्टीको कानै फुट्ने गरि बजाइने माइकिङलेबागलुङ नगर देखि गाउ गाउँका मतदाता अनभिज्ञ छन् । गठबन्धन राजनीति दलको तर्फबाट नेपाली कांग्रेस र एमाले राप्रपा गठबन्धनकाे उमेदवार र चुनाव चिन्हकाे प्रचारप्रसार गर्दै बजारमा पिकप भ्यान ,ट्याक्सी बजारमा घुमाइएपनि मतदाताले अहिले गरेको प्रचारप्रसार जान्न बुझ्न पाएका छैनन् । राजनीति पार्टीले मतदातालाई आफ्नो चुनाव प्रचारप्रसारकाे लागि पुरै… पुरा पढौ

जैमिनी नगरपालिकाको वडा नम्बर ७ काे वडाध्यक्षमा केन्द्र रसाइलीको प्रमुख दावेदारी

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङको जैमिनी नगरपालिका यतिबेला चर्चाको शिखरमा छ । यसपटक ५ दलीय गठबन्धन र एमाले बिच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।यसैबीच राजनीतिलाई पेशा नबनार्इ सेवा बनाउने उद्देश्यका साथ जनताको सेवामा अगाडि बढ्दै गइरहेका युवा ब्यक्तित्व केन्द्र बहादुर सुनार अर्थात केन्द्र रसाइली यतिबेला फेरि चर्चामा आएका छन । जैमिनी नगरपालिका वडा नम्बर ७ बाट यसपटक वडा अध्यक्षमा केन्द्र बहादुर सुनार निर्वाचनमा होमिएका ह्ुन् । गत स्थानीय तहको निर्वाचनमा वडा सदस्य निर्वाचित भएदेखि नै जनताको मन… पुरा पढौ

संयुक्त गठबन्धनको बागलुङ नगर प्रतिबद्धता पत्रः भ्रष्टचारमुक्त नगर सुशासन र सदाचार

बागलुङ नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।आसन्न स्थानीय तह निर्वाचनका लागि बागलुङ नगरपालिमा संयुक्त गठबन्धन निर्वाचन परिचालन समितिले निर्वाचनको लागि ७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको हो । भ्रष्ट्राचार नगर्ने सङ्कल्प गरिएको प्रतिबद्धता पत्रमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन रोजगार लगायतका योजना तथा नीति कार्यक्रममा समेटिएका छन् ।बागलुङ नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका राजु खड्का अधिकारी उम्मेदवार छन् ।गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा थुप्रै लोभलाग्दा योजना अघि सारेको… पुरा पढौ

नगर प्रमुखका उमेदवार आशिर्वाद माग्दै घर दैलाे अभियानमा

जतिजति निर्वाचन नजिकिँदै छ त्यति त्यति उमेदवारहरू चुनावी प्रचारप्रसारमा अगाडि बढिरहेका छन् ।बैशाख ३० गते हुने निर्वाचन आउन १० दिन मात्र बाकी रहदा बागलुङ नगरपालिका भित्र नगर प्रमुखका उमेदवारहरू निर्वाचनमा बिजय बन्नकाे लागि मतदाताको घर घरमा पुगेर आशिर्वाद थाप्दै हिडिरहेका छन् ।जाेगी, सन्यासी ,बृद्व बाबा ,आमा ,लगायतका मतदाताकाेमा पुगेर मत मागिरहेको दृश्य राेचक देखिन्छ । ५ दलीय गठबन्धन दलबाट उमेदवार बनेका नगर प्रमुख पदका उमेदवार बसन्त कुमार श्रेष्ठ र एमाले राप्रपा गठबन्धन दलबाट उमेदवार बनेका जनकराज पाैडेल लाई यतिबेला चुनाव… पुरा पढौ

बागलुङ नगरपालिका ३ का स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार शाक्यको सम्पर्क कार्यलय स्थापना

बागलुङ नगरपालिका वडा नम्वर ३ मा स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका बाबुलाल शाक्यले सम्पर्क कार्यलय स्थापना गरेका छन् । बागलुङ नगरपालिका वडा नम्वर ३ कम्पुटोलमा सम्पर्क कार्यलय स्थापना गरेका हुन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठवन्धनबाट वडा विभाजन गर्दा न्यायोचित नभएको तथा टिकट वितरण गर्दा न्याय संगत नगरिएको भन्दै स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएको शाक्यले बताएका छन् । स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका शाक्यले पत्रकारसँग कुराकानी गर्दै ३ नम्वर वडाको बजार क्षेत्रको ढल तथा फोहोर… पुरा पढौ

पाँच दलीय गठबन्धनका उम्मेदवार सहितको टोलीद्वारा बागलुङ नगरपालिका ७ मा घरदैलो

बागलुङ नगरपालिका वडा नम्वर ७ मा पाँच दलीय गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । बागलुङ नगरपालिकाका नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार राजु खड्का लगाएको टोलीले बागलुङ नगरपालिका वडा नम्वर ७ का विभिन्न टोलका मतदाताको घरघरमा पुगेर भोट मागेका छन् । श्रेष्ठ र खड्का सँगै स्थानिय वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुले पनि जनताको घरदैलो पुगेर भोट माग्दै हिँडेका छन । स्थानिय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनको संयुक्त उम्मेदवारमा श्रेष्ठ नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखको उम्मेदवार हुन भने… पुरा पढौ

बागलुङ नगरपालिकामा एमाले-राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणा पत्र सार्वजनिक,आधारभूत आवश्यकता देखि दिर्घकालिन महत्वको योजना

आगामी स्थानीय तह निर्वाचनका लागि बागलुङ नगरपालिकामा चुनावी तालमेल गरेका दुई दलले आइतबार घोषणा पत्र सार्वजनिक गरेका छन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ नगरपालिकामा संयुक्त घोषणा पत्र जारी गर्दै व्यवस्थित बस्ती र शहरी विकासको विशेष योजना ल्याउने जनाएका छन् । खाली हुँदै गएका गाउँहरुको व्यवस्थापन र बढ्दो सहरीकरणको दिगो विकास लक्ष्यसहित विशेष योजना ल्याउन लागेका हुन् । दिगो विकासको लागि ठूला पूर्वाधारमा जोड दिने प्रतिबद्धता जनाएका दलहरुले नगरको आधुनिक भवन निर्माण, आगामी दुई वर्ष भित्रमा पक्कि सडक… पुरा पढौ

बागलुङ नगरपालिका २ मा राेचक भिडन्त हुने

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जति जति नजिक आइरहेको छ निर्वाचनको राैनक त्यति त्यति बढिरहेको देखिन्छ ।बागलुङ नगरपालिकाकाे बजार क्षेत्रकाे वडा नम्बर २ मा यसपटक राेचक भिडन्त हुने देखिएकाे छ ।गठबन्धन दल नेपाली कांग्रेसकाे तर्फबाट बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठकाे वडा भएको कारणले पनि यसपटक चुनाव राेचक हुने देखिन्छ । ५ दलीय गठबन्धन बाट एकीकृत समाजवादीबाट सुरज बाेसेल ,एमालेबाट रामबहादुर जिसी ,र स्वतन्त्र बाट एमाले समर्थक रामराज गुरूङ ,र नेपाली कांग्रेस समर्थक शशि कपुर श्रेष्ठ चुनावी… पुरा पढौ

नेकपा एमाले गलकोटको चुनावी प्रतिवद्वता: समृद्व गलकोट, सुखी गलकोटबासी

थम्मन थापा स्थानिय तहको निर्वाचन नजिकिए सँगै राजनैतिक दलहरुका घोषणा पत्र धमाधम सार्वजनिक हुन थालेका छन । घोषणा पत्रमा राजनैतिक दल र उम्मेदवारले पार्टीका ५ वर्षे योजना समावेश गरेका छन् । नेकपा एमाले गलकोट नगर कमिटीले पत्रकार भेटघाट गरि चुवानी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हाे ।एमालेले गलकोट नगरपालिकाकाे नगर प्रमुख पदमा पुर्ण काउचा र उप प्रमुख पदमा रुपा विश्वकर्मालाई उमेदवार बनाएको छ । एमालेले समृद्ध गलकोट र सुखी गलकोटबासी भन्ने मुल नारा सहित नगरको शिक्षा स्वास्थ्य, खानेपानी तथा ढल निकास,… पुरा पढौ

बागलुङ नगरपालिका वडा नम्बर ३ मा राेचक चुनावी राैनक

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जति नजिक आइरहेको छ बागलुङ नगरपालिका वडा नम्बर ३ मा त्यति नै निर्वाचनकाे माहल बढ्दै गइरहेको देखिन्छ । बागलुङ नगरपालिकाकाे १४ वटा वडा मध्य सबैभन्दा बढी मतदाता भएको वडा नम्बर ३ मा गठबन्धन राजनीतिदलको तर्फबाट नेपाली कांग्रेसका उमेदवार शनि केसी लक्ष्मण ,एमालेबाट कमल खड्का ,एकीकृत समाजवादी बाट पिङ्गल राज गाैतम ,र स्वतन्त्र बाट पुनम प्रसाद शर्मा ,र बाबुलाल शाक्य चुनावी प्रतिस्पर्धामा देखिएका छन् । यसपटकको निर्वाचनमा ५ दलीय गठबन्धन गरेर जाने लिखित सहमति… पुरा पढौ