ढाेरपाटन नगरपालिकामा नेपाली र अर्याल बिच प्रतिस्पर्धा

-


     हिडन खबर    
     वैशाख २६ गते २०७९ मा प्रकाशित


सबैको ध्यान यतिबेला ढाेरपाटन नगरपालिकामा

बागलुङ ।बैशाख ३० गते हुने निर्वाचन नजिकिँदै जाँदा जिल्लाकाे पश्चिम क्षेत्र ढाेरपाटन नगरपालिकामा चुनावी राैनक छाएको छ ।बागलुङ जिल्लाकाे ४ वटा नगरपालिका मध्य सबैभन्दा बढी चर्चामा रहिरहने ढाेरपाटन नगरपालिकामा यसपटक ५ दलीय गठबन्धन बाट माआ‌ेवादी केन्द्रका चन्द्र अर्याल र एमाले बाट देव कुमार नेपाली चुनावी मैदान उत्रिएका छन् ।

ढाेरपाटनमा यसपटक गठबन्धन बाट माआ‌ेवादी केन्द्र ,नेपाली कांग्रेस ,राजमाे र एकीकृत समाजवादीकाे संयुक्त गठबन्धन र एमाले बिच चुनावी प्रतिस्पर्धा हुदै छ ।गत स्थानीय तहका नगर प्रमुख देव कुमार नेपाली लाई यसपटक फेरि एमालेले चुनावी मैदानमा उतारेका छन् ।

यसपटक कांग्रेस ,माआ‌ेवादी ,राजमाे लगायतका संयुक्त गठबन्धन बलियो भएकोले निर्वाचन आफ्नो पक्षमा आउने आकलन गठबन्धन दलका एक नेताले हिडन खबरलाइ बताउनुभयो ।जिल्लामा रहेको प्रमुख दलबीच गठबन्धन भएको हुदा चुनाव आफ्नो पक्षमा आउने आकलन गठबन्धन दलले गरिरहेकाे छ । चुनावकाे नजिकै एमालेका ढाेरपाटन क्षेत्रका चर्चित नेता तुलसी राम अर्याल ,दधिराम अर्याल माआ‌ेवादीमा फर्किएपछि अवस्था केही परिवर्तन आउने आशा माआ‌ेवादी गरेको छ । चुनावमा कस्ले बाजि मार्छ त्यो हेर्न अब केही दिन कुर्नुपर्ने देखिन्छ ।

१७ हजार ६ सय ३० मतदाता रहेको ढाेरपाटन नगरपालिकामा यसपटक ३ हजार ८ सय ५६ जना नयाँ मतदाता थपिएका छन् ।बैशाख ३० गते हुने निर्वाचनमा ११ वटा मतदान स्थल र २४ वटा मतदान केन्द्र राखिएको निर्वाचन अधिकृतकाे कार्यालयले
जनाएको छ । ९ वटा वडा रहेको ढाेरपाटन नगरपालिकामा नेपाली कांग्रेसलाई २ वटा वडा ,माआ‌ेवादी केन्द्र लाई २ राजमाे लाई ४ र एकीकृत समाजवादी लाई १ वटा वडा दिएर गठबन्धन गरिएको छ ।