जैमिनी नगरमा गठबन्धन र एमालेका उमेदवार बिच प्रतिस्पर्धा

-


     हिडन खबर    
     वैशाख २६ गते २०७९ मा प्रकाशित


बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन आउन केही दिनमात्र बाकी हुदै गर्दा बागलुङ जिल्लाकाे दक्षिण जैमिनी नगरपालिकामा निर्वाचन पेचिलाे बन्दै गइरहेको छ ।

नगर प्रमुखमा गठबन्धनदलबाट राजमाेका नरबहादुर पुन र एमालेबाट लिला राना चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।यसपटकको निर्वाचनमा कांग्रेस ,माआ‌ेवादी केन्द्र ,राजमाे र एकीकृत समाजवादीकाे संयुक्त गठबन्धन भएको कारण निर्वाचन आफ्नो पक्षमा आउने आकलन गठबन्धनदलले गरिरहेकाे छ । एमालेले पनि यसपटक चुनावी प्रतिस्पर्धा राम्रोसँग हुने आकलन गरेको छ ।यसपटक कसले बाजि मार्छ भन्ने कुरा हेर्न अब केही दिन कुर्नुपर्ने देखिन्छ ।

यस्तै नगर उप प्रमुखमा नेपाली कांग्रेसका हरिहर शर्मा र एमालेबाट उषा पाैडेल चुनावी अभियानमा देखिएका छन् ।
१० वटा वडा भएको जैमिनी नगरपालिकामा२४ हजार ७ सय ११ जना मतदाता रहेका छन् ।११ वटा मतदान स्थल २८ वटा मतदान केन्द्र रहेको जैमिनीमा यसपटक ३ हजार २ सय २५ थप नयाँ मतदाता थपिएका छन् ।

यसअघिकाे स्थानीय तहमा नेपाली कांग्रेसले नगर प्रमुखमा निर्वाचन हात पारेको थियो ।अहिले एमाले बाट नगर उप प्रमुखमा उमेदवार बन्नुभएका उषा पाैडेल नेपाली कांग्रेस निकट नेपाल महिला संघ बागलुङका सचिव हुन् कांग्रेसले टिकट नदिएपछि उनले रातारात पार्टी परित्याग गरि एमाले बाट उमेदवार बन्नुभएकाे थियो । अहिले नगर प्रमुखमा एमाले बाट उमेदवारी दिनुहुने लिला राना यसअघि नगर उप प्रमुख हुनुहुन्छ ।