
यसपटक निर्वाचन पनि राेचक प्रतिस्पर्धात्मक हुने
बागलुङ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे प्रचारप्रसारकाे अन्तिम दिनसम्म आइपुग्दा निर्वाचन बारे आम जनतामा खासै चासो भएको देखिएकाे छैन ।धाैलागिरि अन्चल कै सबैभन्दा पहिलो र पुरानो बागलुङ नगरपालिकामा यसपटक फेरि वर्तमान नगर प्रमुख जनकराज पाैडेल र बसन्त कुमार श्रेष्ठ बागलुङ नगरपालिकाकाे नगर प्रमुखकाे लागि चुनावी प्रतिस्पर्धामा उभिएका छन् ।

५ दलीय गठबन्धन बाट नेपाली कांग्रेसबाट नगर प्रमुखमा बसन्त कुमार श्रेष्ठ ,एमाले राप्रपा गठबन्धन बाट एमालेका जनकराज पाैडेल चुनावी प्रतिस्पर्धामा उत्रिएर अगाडि बढेका छन् । यस्तै उप प्रमुखमा गठबन्धन बाट माआेवादी केन्द्र बाट
राजु खड्का र राप्रपा एमाले गठबन्धन बाट संजय खड्का प्रतिस्पर्धामा देखिएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा एमाले राजमाे राप्रपा गठबन्धन बाट निर्वाचन लडेका एमाले उमेदवार पाैडल र कांग्रेस बाट
एक्लै निर्वाचन लडेका श्रेष्ठ यसपटक फेरि नयाँ राजनीति समिकरण अनुसार चुनावी अभियान उभिएका छन् । यसपटक पाैडेल एमाले राप्रपा गठबन्धन बाट छन् भने श्रेष्ठ कांग्रेस ,माआेवादी ,राजमाे ,एकीकृत समाजवादी ,र जनता समाजवादी गठबन्धन बाट चुनावी अभियान छन् ।अहिले दुईवटा गठबन्धनले बागलुङमा चुनावी घर दैलाे अभियान सकेर चुनावी जाेड घटाउमा लागिरहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा बिजय भएका पाैडेलले यसपटक पनि सहजै जित हासिल गर्ने चुनावी आकलन गरिरहेका छन् भने यसपटक ५ दलीय गठबन्धन भएको धेरै मतदाताको सहानुभूति समेत भएको कारणले आफुले बाजि मार्ने कुरामा कुनै शंका नरहेको श्रेष्ठकाे भनाइ रहेको छ ।जेहाेस यसपटककाे निर्वाचन पनि राेचक र प्रतिस्पर्धात्मक हुने निश्चित छ ।नतिजा हेर्न केही दिनको प्रतीक्षा गर्नुपर्ने भएको छ ।
१४ वटा वडा रहेको बागलुङ नगरपालिकामा बैशाख ३० गतेहुने निर्वाचनकाे लागि २२ वटा मतदान स्थल ४९ वटा मतदान केन्द्रकाे ब्यवस्था गरिएको छ ।

बागलुङ नगरपालिका भित्रका मतदाताले बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अधिकार पाएका छन् ।१८ बर्ष उमेर पुगेका बालिक मताधिकार भएका ४०४१८ जना मतदाता रहेकोमा पुरूष मतदाता १९०८५ जना र महिला मतदाता २१३३३ जना रहेका छन् । अहिले फाेटाे सहितको मतदाता सुचिमा नाम भएका मतदाता मध्य २२४८ जना महिला मतदाता पुरूष भन्दा बढी रहेको तथ्यांक बाट देखिन्छ ।१४ वटा वडा रहेको बागलुङ नगरपालिका मध्य वडा नम्बर ११ मा मात्रै महिला मतदाता भन्दा पुरूष मतदाता २२ जना बढी देखिन्छ बाकी १३ वटा वडामा पुरूष मतदाता भन्दा महिला मतदाता नै बढी रहेको देखिन्छ ।









