
बागलुङ ।जिल्लाकाे काँठेखाेला गाउँपालिकामा हुने स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धन बाट नेपाली कांग्रेसका राजु थापा र एमाले बाट दिलबहादुर कार्की चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।
नेपाली कांग्रेस ,माआेवादी केन्द्र ,राजमाे ,एकीकृत समाजवादीकाे संयुक्त गठबन्धन बाट गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा र एमालेका दिलबहादुर कार्की चुनावी मैदानमा खडा भएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा एमालेले बिजय हासिल गरेको काँठेखाेला गाउँपालिकामा यसपटक गठबन्धन दल र एमाले बिच तिब्र प्रतिस्पर्धा हुन अनुमान गरिएको छ ।रेशका पुराना एमाले नेता कार्की र नेपाली कांग्रेसका युवा नेता राजु थापा बिच यसपटक तिब्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।उपाध्यक्षमा राजमाेका तेजबहादुर थापा र एमालेका काेपिला पुन प्रतिस्पर्धामा उत्रिएका छन् ।जिल्लाकाे १० वटा पालिका मध्य काँठेखाेला एमालेले आफ्नो मजबुत क्षेत्र मान्ने गरेको छ ।गत स्थानीय तहमा गुमेको काँठेखाेला यसपटक जसरी भएपनि हात पार्ने रणनीतिमा गठबन्धन दल लागिपरेको देखिन्छ ।
२१ हजार ३ सय ३३ मतदाता रहेको काँठेखाेला गाउँपालिकामा मतदान स्थल १० मतदान केन्द्र २६ वटा ठाउँमा निर्वाचन अधिकृतकाे कार्यालयले कार्यक्रम तय गरेको छ ।१० वटा वडा गठबन्धन दलबीच बाडफाड गरेर संयुक्तरूपमा चुनावी अभियानमा लागेका छन् ।









