
बागलुङ – बैशाख ३० गते हुने निर्वाचन आउन मात्रै केही दिन बाकी हुँदै गर्दा बागलुङ जिल्लाकाे पश्चिम बडीगाड गाउँपालिकामा चुनाव झन भन्दा झन पेचिलाे बन्दै गइरहेको छ ।
यसपटकको निर्वाचनमा ५ दलीय गठबन्धन बाट गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका गण्डकी थापा अधिकारी र नेकपा एमालेका राजन पाइजा चुनावी अभियान लागेका छन् । यस्तै उपाध्यक्षमा राजमाेका भीमसेन वन ,एमालेका मिनकुमारी माझी चुनावी मैदान उत्रिएका छन् ।
२२हजार १ सय ५३ मतदाता १० वटा वडा रहेको बडीगाड गाउँ पालिकामा बैशाख ३० गते हुने निर्वाचनमा मतदान स्थल १२ वटा मतदान केन्द्र २६ वटा रहेकाे छ । यसपटककाे निर्वाचनमा ४ हजार ७ सय २६ जना नयाँ मतदाता थपिएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा एमालेका मेयर सिंह पाइजा र गण्डकी थापा बिच चुनावी प्रतिस्पर्धा हुदा एमालेका मेयर सिंह पाइजाले बाजि मारेका थिए । गत स्थानीय निर्वाचनमा कांग्रेसका उमेदवार थापालाई पार्टी बाट आन्तरिक रूपमा अन्तरघाट भएको कारण पराजय भाेग्नु परेको नेपाली कांग्रेसका कार्यकर्ताकाे भनाइ रहेको छ ।यसपटक गठबन्धन भएको कारणले निर्वाचन पेचिलाे हुने देखिन्छ ।
वडा नम्बर १ मतदाता २१४१
वडा नम्बर २ मतदाता २०१५
वडा नम्बर ३ मतदाता १७९२
वडा नम्बर ४ मतदाता २७७३
वडा नम्बर ५ मतदाता ३३३३
वडा नम्बर ६ मतदाता १३१५
वडा नम्बर ७ मतदाता २५१६
वडा नम्बर ८ मतदाता २१७४
वडा नम्बर ९ मतदाता १९०७
वडा नम्बर १० मतदाता २११७









