
बागलुङ जिल्ला मध्य माओवादीको उर्वर भूमिको रूपमा चिनिने ताराखोला गाउँपालिकामा यस पटक हुने स्थानीय तहको निर्वाचनलाई जिल्लामै चासोको रूपमा हेर्न थालिएको छ ।
५ दलीय गठबन्धन बाट माओवादी केन्द्रका धनबहादुर विश्वकर्मा हिमाल ,नेकपा एमालेका ऋषिराम रोका र ताराखोला गाउँपालिकाका बर्तमान अध्यक्ष प्रकाश घर्तीले गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका छन् । सिंगो पार्टी धनबहादुर विकको पक्षमा चुनावी अभियान लागेपनि स्वतन्त्र रूपमा उमेदवार बनेका घर्ती चुनाव प्रचारप्रसारमा लागिपरेका छन् । यस्तै एमालेका अध्यक्षका उमेदवार ऋषिराम रोका चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटक ताराखोलामा मुख्यत त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
जनयुद्ध कालदेखि सधैं चर्चामा रहेको ताराखोला गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माआेवादी केन्द्र बाट प्रकाश घर्तीले अध्यक्षमा निर्वाचन जितेका थिए ।यसपालि घर्तीले पार्टी बाट टिकट नपाएपछि स्वतन्त्र रूपमा उमेदवारी दिएको कारण पनि ताराखोला चर्चामा रहेको छ ।
सत्ता गठबन्धनका तर्फबाट ताराखोला गाउँपालिका बागलुङका अध्यक्ष पदका उमेदवार धन बहादुर बिक हिमालुले आफूले चुनाव जिते सरकारी सेवा सुविधा केही नलिने र महँगो गाडी पनि नचढ्ने घोषणा गरेका छन्। चुनावी प्रचार प्रसार अभियानको सन्दर्भमा ४ नम्बर वडा पुगेका हिमालले सरकारी सेवा सुविधामा जनप्रतिनिधिको आँखा गडेका कारण जनप्रतिनिधिकै बदनाम भएको हिडन खबर लाई बताउनुभयो । ८ हजार ५ सय ६४ जना मतदाता रहेको ताराखोलामा मतदान स्थल ६ वटा र मतदान केन्द्र १० वटा रहेको छ । ६ वटा वडा रहेको ताराखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट उपाध्यक्षमा नेपाली कांग्रेसका भिम बहादुर रोका र एमालेका थममाया घर्ति चुनावी मैदानमा छन् छ ।









