राजनीति

लोडसेडिङ अन्त्य राजनीतिक आँटले मात्रै सम्भव भयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ। पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित “नेपालको ऊर्जा राज्यशिल्प र जलविद्युत् परिदृश्य : रणनीतिक प्राथमिकता, चुनौती र सम्भावना” विषयक राष्ट्रिय ऊर्जा संवादलाई सम्बोधन गर्दै उहाँले गणतन्त्रको पहिलो सरकारले ऊर्जा र कृषिलाई आधारभूत प्राथमिकता दिएको स्मरण गर्नुभयो। अध्यक्ष प्रचण्डले गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई

ललितपुर, भदौ ९नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण संघ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभएको छ। खुमलटारस्थित निजी निवासमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तारूढ नेपाली काँग्रेस, नेकपा (एमाले) र समाजवादी पार्टीसहितको गठबन्धनलाई पराजित गर्दै विजयी बनेको नेकपा (माओवादी केन्द्र)समेतको गठबन्धनको अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानललाई बधाई दिनुभयो। बधाई ज्ञापनको क्रममा अध्यक्ष प्रचण्डले पर्वतीय पर्यटन व्यवसायको विकासमा संघले महत्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,“नेपालमा पर्वतीय पर्यटन व्यवसायको दिगो विकास आवश्यक छ।… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेट

समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज काठमाडौँमा शिष्टाचार भेट गर्नुभएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आउनुभएकी उपराष्ट्रपति सुआनसँग मन्त्री डा. राणाले भेटवार्ता गर्नुभएको हो। भेटका क्रममा नेपाल–भियतनाम सम्बन्धका विविध आयामहरू, द्विपक्षीय हितका विषयहरू तथा आपसी चासोका मुद्दाहरूमा विचार–विमर्श भएको थियो। मन्त्री डा. राणाले पछिल्लो समय भियतनामले हासिल गरेको तीव्र आर्थिक विकासप्रति बधाई दिँदै उक्त प्रगति अन्य देशहरूका लागि प्रेरणादायी बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले नेपाल… पुरा पढौ

सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्य सुनिश्चित गर्न जलवायु तथा वातावरण संरक्षण अपरिहार्य रहेकोमा जोड दिनुभएको छ। युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजनमा बनेपा नगरपालिका–३, काँसी भञ्ज्याङ क्षेत्रमा १० हजार वृक्षारोपण गर्ने कार्यक्रमको आज शुभारम्भ गर्दै मन्त्री राणाले जलवायु परिवर्तनका कारण नेपाल गम्भीर समस्यामा परेको उल्लेख गर्दै दीर्घकालीन सुरक्षाका लागि जलवायु संरक्षणमा सक्रियता आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको छ। हामीले यो अवस्था विश्व समुदायमा स्पष्ट रूपमा जानकारी गराएका छौँ। नेपाल… पुरा पढौ

महिलाहरूको संघर्षबाट प्राप्त उपलब्धि: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाहरूको निरन्तर संघर्षकै कारण महिला अधिकार र सशक्तिकरणका क्षेत्रमा आजको उपलब्धि हासिल भएको बताउनुभएको छ। नेपाल महिला सङ्घद्वारा आज आयोजित ‘विगत, वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “महिला अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। महिलाहरूले महत्वपूर्ण संवैधानिक अधिकार प्राप्त गरेका छन्, जुन सम्पूर्ण उपलब्धि उनीहरूको निरन्तर संघर्षको परिणाम हो।” मन्त्री डा. राणाले नेपाली कांग्रेसका महिला नेतृहरू—मङ्गलादेवी सिंहदेखि शैलजा आचार्यसम्म—को योगदानको स्मरण गर्दै, ती नेतृहरू तथा अन्य महिला… पुरा पढौ

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा शुरू

काठमाडौं, ३ भदौं २०८२ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा शुरू भएको छ। बैठकको अध्यक्षता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन्। बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन, आगामी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ। स्रोतका अनुसार, बैठकमा पार्टीका उपाध्यक्ष, महासचिव, सचिवहरू सहित अन्य शीर्ष नेताहरूको उपस्थिति रहेको छ। पार्टी भित्रको आन्तरिक समन्वय, सरकारसँगको सम्बन्ध, र आगामी निर्वाचनको तयारीसम्बन्धी विषयहरू पनि बैठकको एजेन्डामा समावेश… पुरा पढौ

बिपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं, २ भदौ २०८२ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशीको रिहाइका लागि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल जारी राखेको बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै मन्त्री डा. राणाले भन्नुभयो, “परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखी निरन्तर पहल गरिरहेकी छु। विगत एक वर्षमा राष्ट्रसंघीय महासभा, अन्तर्राष्ट्रिय मञ्चहरू, तथा द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा बिपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु।” उहाँका अनुसार, गत असोजमा न्यूयोर्कमा सम्पन्न ७९औँ राष्ट्रसंघीय महासभाको अवसरमा उहाँले… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणासँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयामहरूबारे चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध तथा साझा चासोका विषयमा विचारविनिमय भएको थियो। अवसरमा मन्त्री डा. राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च प्राथमिकता दिँदै आएको उल्लेख गर्दै नेपालको एक प्रमुख विकास साझेदारका रूपमा भारत सरकार तथा जनताद्वारा प्रदान गरिएको आर्थिक, प्राविधिक र बहुपक्षीय सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले पछिल्ला समयहरूमा नेपाल–भारतबीच कनेक्टिभिटी अभिवृद्धि, विभिन्न तहमा भएका द्विपक्षीय… पुरा पढौ

भारतीय विदेश सचिव मिस्रीद्वारा अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेट

काठमाडौँ, १ भदौ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गर्नुभएको छ। नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले अध्यक्ष निवास, खुमलटारमा पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हितका विषयहरू तथा आपसी सहयोगका सम्भावनाहरूमा छलफल भएको अध्यक्षको सचिवालयले जनाएको छ। पुरा पढौ

नेपाल–भारत सम्बन्ध ऐतिहासिक रहेको परराष्ट्रमन्त्री डा. राणाको भनाइ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा यो सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासद्वारा आज ललितपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले भारतलाई नेपालको असल छिमेकी राष्ट्रका रूपमा वर्णन गर्नुभयो। उहाँले दुई देशबीचको शताब्दीयौँ पुरानो सम्बन्धका विविध आयामबारे चर्चा गर्दै यसलाई सम्मानपूर्वक अगाडि बढाउनु पर्ने धारणा राख्नुभयो। भारतको उल्लेखनीय आर्थिक प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै मन्त्री डा.… पुरा पढौ