राजनीति

मंगलामा सरुवा भएका अधिकृत कार्की पत्र लिएर फर्किए

संघीयता लागू भएको ५ बर्ष बितिसक्दा समेत अझैसम्म यसको काम कर्तव्य र अधिकार बारे आफ्नो ब्याख्या हुने गर्दा एकपछि अर्को बेथिति देखिन थालेको छ । म्याग्दीको मंगला गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगरी फर्किएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालयमा पुगेका थिए ।आवश्यक समन्वय र विवादपछि पालिकाले कार्कीलाई हाजिर नगराएपछि बागलुङ फर्किएका हुन् । संघीयता पछि स्थानीय तहलाई शक्तिशाली बनाउने निति… पुरा पढौ

प्रधानमन्त्रीलाई ज्योतिषले घुमाइदिएपछि चुनाव मङ्ग्सिर ४ गते आइतवार

सरकारका निर्णयहरु संविधान, कानून,विधि-विधान र स्थापित मूल्य मान्यताका आधारमा हुन्छन्,हुनुपर्छ । अझ निर्वाचनको मिति तोक्नेजस्तो संवेदनशील विषयमा निर्णय गर्दा त सरकारले आम सहमतिसमेत जुटाउनुपर्ने हुन्छ । तर,ज्योतिष विद्यामा असाध्यै विश्वास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मितिका सम्बन्धमा निर्वाचन आयोगको सिफारिसलाई लत्याएर ज्योतिषीको भर परेपछि आसन्न संघ तथा प्रदेशको चुनाव कहिले गर्ने भन्नेमा बालुवाटारमा लामै गन्थन भएको छ । निर्वाचनको तयारीबारे सरकारलाई जानकारी गराउन प्रधानमन्त्रीको निमन्त्रणामा हिजो बालुवाटार पुगेको प्रमुख आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीहरुको टोलीले मङ्सिर २ गते एकै चरणमा… पुरा पढौ

स्वतन्त्र उम्मेदवार हुन स्नातक पास हुनुपर्ने ?

काठमाडौ ।आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको एक समूहले राष्ट्रिय विशेष भेला बोलाएर उम्मेदवारको मापदण्ड तोकेका छन् । शनिवार ललितपुरको एक होटलमा भएको भेलाले आगामी संसदीय निर्वाचनमा उम्मेदवार हुनेहरूका लागि विभिन्न ११ बुँदामा मापदण्ड तयार गरिएको छ । जसअनुसार ६८ वर्ष माथिको व्यक्तिले स्वतन्त्र उम्मेदवार हुन नहुने, स्नातक तह सम्मको शिक्षा हुनुपर्ने, चुनावमा उठेकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने लगायतका मापदण्ड तयार गरिएको छ । साथै उम्मेदवार बनेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने, भष्टाचारको अभियोग नलागेको, विदेशी पिआर वा ग्रिनकार्ड… पुरा पढौ

नेपाली कांग्रेसका पुर्व सचिव नवराज पाैडेल माआ‌ेवादी नगर अध्यक्ष उप्रेती एमाले प्रवेश .

काठमाडौ ।स्थानीय तहको निर्वाचन लगत्तै राजनीति पार्टीमा प्रवेश गर्ने लर्का लागिरहेको छ ।एउटा पार्टीमा स्थानीय तहमा टिकट नपाएको झाेकमा ३0 आ‌ेै बर्ष बसिरहेको पार्टी त्यागेर फरक राजनीति पार्टीमा प्रवेश गर्ने अभियान अन्तर्गत नेपाली कांग्रेसका नेता बागलुङ जिल्ला कार्य समितिका पूर्व सचिव नवराज पौडेल, नेपाली कांग्रेसकी नेतृ मञ्जु चालिसे, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटिका अध्यक्ष तिलक उप्रेती लगायत नेकपा एमालेमा प्रवेश गरेका छन् । असार १८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकाेटमा आयोजित कार्यक्रममा अध्यक्ष ओली लगायतका नेताहरुले… पुरा पढौ

अन्तत : बामदेव गौतमले घोषणा गरे नया पार्टी

काठमाडौ नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक रहेका बामदेव गौतमले औपचारिक रुपमै पार्टी घोषणा गर्ने भएका छन् । उनले राजनीतिक दलको रुपमा नै पार्टी घोषणा गर्न लागेका हुन् । आज दिउँसो रिपोटर्स क्लवमा एक कार्यक्रमको आयोजना गरेर उनले पार्टी घोषणा गर्न लागेका हुन् । केही दिन अगाडी मात्रै उनले ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला गरेर पार्टी घोषणा गरेर जाने निर्णय लिएका थिए । बामदेवको पार्टीमा उनले चलाईरहेको एकता राष्ट्रिय अभियान सहित ६ वटा समुह आवदता रहने प्रचार विभाग प्रमुख… पुरा पढौ

रवि लामिछानेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी घाेषणा

चर्चित संचारकर्मि रवि लामिछानेले आफ्नो टेलिभिजन पत्रकारिता छाेडेर राजनीतिमा प्रवेश गरेका छन् ।राजधानीमा मंगलबार एक कार्यक्रम गरि राष्ट्रिय स्वतन्त्र पार्टी नामको पार्टी घाेषणा गरेका छन् । अहिलेसम्म देशमा भएका राजनीति पार्टीले नेपाली जनताको पक्षमा काम र परिवर्तन गर्न नसकेको कारणले परिवर्तनको लागि नयाँ पार्टी गठन गरेको घाेषणा गरेका हुन् । अब आउने संघीय र प्रदेशको निर्वाचनमा देशका विभिन्न क्षेत्र बाट उमेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट उठाउने योजना भएको रवि लामिछानेले बताए । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्य मन्त्री आफ्नो पार्टीको… पुरा पढौ

एसपीपी दस्तावेज’ नै नक्कली निस्कियाे

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद् हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको भन्दै समाचार प्रकाशित भएपछि मंगलबार संसद्मा यसै विषयलाई लिएर हंगामा मचेको थियो । त्यति मात्रै होइन, एसपीपी सम्झौताको दस्तावेज भेटिएको भन्दै केही संचारमाध्यमले समाचारसँगै दस्तावेजको कपी नै सार्वजनिक गरेका थिए । यस विषयमा गठबन्धनका शीर्ष नेताहरूले पनि दबाब दिन थालेपछि (बुधबार) बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक डाँकी प्रधानमन्त्री देउवाले… पुरा पढौ

एमाले र माओवादी वाम गठबन्धनतर्फ उन्मुख

मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन् । आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटघाट र छलफलमा वाम गठबन्धनको विषयमा कुराकानी भएको थियो। विगतमा कम्युनिस्ट दललाई प्राप्त जनमत जोगाउन नसकेको र वामपन्थीहरूलाई फुटाउन विभिन्न शक्ति सक्रिय रहेको विषयमा पनि उनीहरूले सामान्य छलफल… पुरा पढौ

निर्माण कुमार श्रेष्ठकाे प्यानल लाई जिताउन निर्वाचन परिचालन

बागलुङ – सम्पुर्ण उद्योगी–व्यवसायीहरूको साझा संस्थाकाे रूपमा रहेको , बागलुङ उद्योग वाणिज्य संघको आगामी असार ४ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार निर्माण कुमार श्रेष्ठको प्यानललाई विजयी गराउन निर्वाचन परिचालन समिति गठन गरेको छ । सोमबार भएको उद्योगी व्यवसायीहरुको संयुक्त भेलाले बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जयराम भारीको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको सदस्यमा दयाराम पौडेल,मुकेशचन्द्र राजभण्डारी,थानेश्वर सुवेदी,लालबहादुर केसी र बाबुकाजि केसी निर्वाचन परिचालन कमिटीमा रहेका छन् । समितिले निर्माण कुमार श्रेष्ठको नेतृत्वमा संघको… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघ सदस्यमा जसपा निकट ५ व्यावसायीको दाबी

बागलुङ बजारका व्यावसायीलाई चुनावी सर्गर्मिले छुन थालेको छ ।बागलुङ उद्योग वाणिज्य संघको १८ औं अधिवेशनका लागि नेतृत्व तह लगायत सदस्य पदमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । संघको अधिवेशन आउन १ हप्ता बाँकी रहँदा बजारका हरेक व्यावसायीलाई चुनावी रौनकले तताएको छ । यसैबीच संघको सदस्य पदमा जनता समाजवादी पार्टी सम्बद्ध उद्योग व्यापार संघका केन्द्रीय सदस्य एक बहादुर केसी(संगम)को खुल्ला सदस्य पदका लागी उम्मेदवारीमा दाबी रहेको बताउनुभयो । आफुसहित पार्टीको तर्फबाट ५ जनाको उम्मेदवारी रहने केसीले बताउनुभयो ।वाणिज्य संघको सदस्य… पुरा पढौ