राजनीति

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा मध्यपहाडी लोकमार्ग जनजागरण अभियान ताराखोला पुग्यो, शहिद पार्कको उद्घाटन

बागलुङ, जेठ ८ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली आज बागलुङको ताराखोला गाउँपालिका आइपुगेको छ। माओवादी केन्द्रले सञ्चालन गरिरहेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत प्रचण्डसहित शीर्ष नेताहरूको टोली ताराखोला पुगेको हो। ताराखोलाको गयर क्षेत्र, जुन जनयुद्धकालमा माओवादीको एक महत्वपूर्ण तालिम केन्द्रको रूपमा परिचित थियो, अहिले ऐतिहासिक स्थलका रूपमा चिनिँदै आएको छ। त्यही स्थानमा ताराखोला गाउँपालिकाले जनयुद्धमा वीरगति प्राप्त गरेका २७ जना शहिदहरूको सम्झनामा शालिक निर्माण गरी शहिद तथा वेपत्ता योद्धा स्मृति… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। जापानको औपचारिक भ्रमणमा रहेकी मन्त्री डा. राणा र विदेशमन्त्री ताकेसीबीच टोकियोस्थित जापानी विदेश मन्त्रालयमा उक्त भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल–जापानबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा जापानले पुर्‍याउँदै आएको दीर्घकालीन सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै जापान सरकार तथा जापानी जनताप्रति धन्यवाद प्रकट गर्नुभयो। भेटमा दुई देशबीच कूटनीतिक… पुरा पढौ

मध्यपहाडी लोकमार्ग अभियान : अध्यक्ष प्रचण्डको जनयुद्धकालीन सेल्टर रोल्पामा

रोल्पा, जेठ ७ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सुरु गरिएको मध्यपहाडी लोकमार्ग अभियान आज रोल्पा आइपुगेको छ। अभियानको सुरुआत बैतडीको पाटनबाट गरिएको थियो। रोल्पाको थबाङमा अभियान टोलीलाई भव्य स्वागत गरिएको छ। स्थानीय बासिन्दा तथा पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई आतिथ्य प्रदान गरेका छन्। थबाङ, जनयुद्धका दिनमा अध्यक्ष प्रचण्डको महत्वपूर्ण सेल्टरका रूपमा परिचित थियो। त्यस्तै, रोल्पाको लाबाङलाई तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठकस्थलका रूपमा चिनिन्छ, जहाँ महत्वपूर्ण रणनीतिहरू तय गरिएका थिए।… पुरा पढौ

मध्यपहाडी लोकमार्ग अभियानका लागि माओवादी केन्द्रको टोली बिदाइ, प्रचण्डलाई भेडाको ऊनबाट बनेको उपहार प्रदान

रुकुम पश्चिम, जेठ ७नेकपा (माओवादी केन्द्र) द्वारा अगाडि सारिएको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीलाई आज रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७, साँखाबाट सम्मानपूर्वक बिदाइ गरिएको छ। बिदाइ कार्यक्रममा कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले अभियान टोलीका नेतृत्वकर्ता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थानीय उत्पादन भेडाको ऊनबाट बनेको कपडा उपहारस्वरूप प्रदान गरेका थिए। उक्त उपहारले स्थानीय उत्पादनप्रतिको सम्मान र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य बोकेको जनाइएको छ। कार्यक्रमका वक्ताहरूले उपहारले अभियानमा समावेश आत्मीयता र जनस्तरसँगको सम्बन्ध झल्काउने विश्वास व्यक्त गरे। पार्टी स्रोतका… पुरा पढौ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थानकाठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गर्नुभएको छ।

उहाँ सोमबार राति जापानको टोकियो प्रस्थान गर्नुभएको हो। टोकियोमा भोलिदेखि सुरु हुने ज्येष्ठ नागरिकमा सामाजिक एकान्तता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको हो। सम्मेलनमा मन्त्री राणाले नेपाल सरकारको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (Foundation for the Welfare and Education of the Asian People) द्वारा आयोजित उक्त सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी तथा वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहनेछ। महिला सशक्तीकरण, सुरक्षित मातृत्व तथा ग्रामीण महिलाको आर्थिक… पुरा पढौ

जाजरकोटमा सहिद इन्द्रलाल आचार्यको सालिक अनावरण, माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान टोलीको अवलोकन भ्रमण

जाजरकोट, जेठ ५नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सञ्चालन भइरहेको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीले आज बिहान जाजरकोटको भेरी नगरपालिकामा अवस्थित भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको अवलोकन गरेको छ। मर्निङ वाकको क्रममा क्याम्पस परिसरमा पुग्नु भएका अध्यक्ष दाहालले त्यहाँ निर्माण गरिएको जनयुद्धकालीन सहिद तथा तत्कालीन अनेरास्ववियुका सभापति इन्द्रलाल आचार्यको सालिक अनावरण गर्नुभयो।सालिक अनावरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, क्याम्पस व्यवस्थापन समिति, विद्यार्थी संघ-संगठनका प्रतिनिधि, पार्टी कार्यकर्ता र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस अवलोकन कार्यक्रममार्फत अध्यक्ष दाहालले जनयुद्धमा बलिदान दिने… पुरा पढौ

परराष्ट्रमन्त्री डा. आरजु राणासँग युरोपियन युनियन आबद्ध राजदूतहरूको शिष्टाचार भेट

काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियन (ईयू) आबद्ध देशका काठमाडौंस्थित आवासीय तथा नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत र मिसन प्रमुखहरूले शिष्टाचार भेट गरेका छन्। सोमबार परराष्ट्र मन्त्रालयमा सम्पन्न उक्त भेटवार्तामा नेपाल–युरोपियन युनियन सम्बन्ध, आपसी हितका विषय, तथा साझा चासोका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटका अवसरमा मन्त्री डा. राणाले नेपालका आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रहरूमा युरोपियन युनियन तथा सदस्य राष्ट्रहरूले पुर्‍याउँदै आएको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गरिन्। साथै, हालै सम्पन्न सगरमाथा संवादमा युरोपियन… पुरा पढौ

मध्यपहाडी लोकमार्ग बसाइसराइ न्यूनीकरणका लागि हो : अध्यक्ष प्रचण्ड

दैलेख, जेठ ५ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपहाडी लोकमार्गको अवधारणा पहाडी क्षेत्रमा बसाइसराइ न्यूनीकरण, व्यवस्थित सहर निर्माण, पर्यटन र उद्योग प्रवर्द्धनका लागि अघि सारिएको स्पष्ट पार्नुभएको छ। दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जिल्लाको विकास र समृद्धिमा सबै राजनीतिक दलहरूको एकता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। “मध्यपहाडी लोकमार्ग अभियान अब माओवादीको मात्रै होइन, सबै दलहरूको साझा अभियान बनेको छ,” उहाँले भन्नुभयो। कार्यक्रममा उद्योग वाणिज्य संघ, नागरिक समाज, पत्रकार महासंघ लगायत विभिन्न निकायका प्रतिनिधिहरूले… पुरा पढौ

हुम्लाको तिलगाउँ हिमताल फुटेर आएको पहिरोको उच्च जोखिममा, सरकारको उपस्थिति अझै शून्य

हुम्ला, नाम्खा गाउँपालिका-६ — हुम्लाको तिलगाउँ बस्ती हाल हिमताल फुटेर आएको लेदोसहितको पहिरोको उच्च जोखिममा परेको छ। प्राकृतिक प्रकोपका कारण स्थानीयवासी त्रसित छन् भने राज्यका जिम्मेवार निकायहरूको उपस्थिति अझै नदेखिनु स्थिति झनै गम्भीर बन्दै गएको स्थानीय स्रोतले जनाएको छ। स्थानीय सूचनाअनुसार, पहिरोले गाउँको खानेपानीको संरचना, आवागमनको बाटो र झोलुङ्गे पुलमा व्यापक क्षति पुर्‍याएको छ। हालसम्म ३३ जना स्थानीय नागरिक राहत र उद्धारको पर्खाइमा छन् तर उद्धार कार्य प्रारम्भ भएको छैन। यस अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उद्धार र जोखिममा… पुरा पढौ

अध्यक्ष प्रचण्ड दैलेखमा सहिद कविराज शर्माको परिवारसँग भेटघाट

दैलेख, ४ जेठ २०८२ — नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालित ‘मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान’ अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैलेख सदरमुकामस्थित सहिद कविराज शर्माको निवास पुगेर परिवारसँग भेटघाट गर्नुभएको छ। जनयुद्धका क्रममा राज्य पक्षबाट सहादत प्राप्त गरेका कविराज शर्माको सम्झनामा उहाँकी जीवनसंगीनी पवित्रा शर्मा र छोरी हरिमाया शर्मासँग अध्यक्ष प्रचण्डले लामो समय कुराकानी गर्नुभयो। पवित्रा शर्माले जनयुद्धका क्रममा आफ्नो श्रीमान् कविराज शर्मासहित छोरा नारायण शर्मा र छोरी सिता शर्मा (सफलता)लाई समेत गुमाउनु परेको पीडा अध्यक्षसँग बाँड्नुभयो। उहाँका… पुरा पढौ