राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिमा बागलुङका २० नेताको उम्मेदवारी

सह–महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न क्लस्टरमा प्रतिस्पर्धा, जिल्लामा चुनावी चासो बढ्यो बागलुङ, असोज २१ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतबागलुङका २० जना नेताले विभिन्न पद तथा क्लस्टरबाट केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गराएका छन्। बागलुङबाट एकैपटक यति ठूलो संख्यामा नेताहरूले केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिएको यो पहिलो पटक भएको बताइएको छ। मंगलबार सम्पन्न उम्मेदवारी दर्ता कार्यक्रममा डिल्लीराम सुवेदीले खुलातर्फ सह–महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्य पदका लागि खस–आर्य खुलातर्फ जगदीशचन्द्र उपाध्याय, खस–आर्य महिलातर्फ चम्पादेवी खड्का तथा खुलातर्फ टेकराज पौडेल चुनावी मैदानमा उत्रिएका… पुरा पढौ

रास्वपा जैमिनी नगर सभापतिमा राजेन्द्र शर्मा सर्वसम्मत

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जैमिनी नगरपालिकाको नगर अधिवेशनबाट राजेन्द्र शर्मा सर्वसम्मत रूपमा नगर सभापतिमा चयन भएका छन्। जैमिनी नगरपालिकामा सम्पन्न अधिवेशनले शर्माको नेतृत्वमा नयाँ नगर समिति चयन गरेको हो। नेतृत्व चयन सर्वसम्मत रूपमा टुंगिएको पार्टीले जनाएको छ। अधिवेशनमा सहभागी नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूले संगठनलाई वडा र टोल तहसम्म विस्तार गर्दै थप सुदृढ बनाउने, स्थानीय नागरिकका समस्या तथा सरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउनेलगायत विषयमा छलफल गरेका थिए। नगर सभापतिमा चयन भएपछि शर्माले आफूलाई दिइएको जिम्मेवारी इमानदारी, सक्रियता र जवाफदेहितासहित… पुरा पढौ

जैमिनी–५ मा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न

बागलुङ, असोज १८ । नेपाली कांग्रेस( देउवा पक्षीय) को १५औँ महाधिवेशन अन्तर्गत बागलुङको जैमिनी नगरपालिका–५ मा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ वडा कार्यसमिति चयन भएको छ।अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो। नेपाली कांग्रेसले वडा अधिवेशनलाई संगठन निर्माणको महत्वपूर्ण आधारका रूपमा लिँदै आएको छ। नवनिर्वाचित वडा कार्यसमितिले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई वडा तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने, जनताका समस्या तथा सरोकारका विषय सम्बन्धित निकायसम्म उठाउने र संगठन विस्तारमा… पुरा पढौ

कांग्रेस क्षेत्रीय सभापतिमा गुरुङ दोस्रो पटक निर्वाचित

पर्वत, असोज १८ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्वत प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय अधिवेशनबाट परविन गुरुङ दोस्रो कार्यकालका लागि क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न मतगणनाअनुसार गुरुङले ४३४ मत प्राप्त गरी सभापतिमा विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी हरि न्यौपानेले ३०२ मत प्राप्त गर्नुभएको थियो। यसअघि पनि क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसक्नुभएका गुरुङ पर्वतको विहादी गाउँपालिकाका अध्यक्षसमेत हुनुहुन्छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित गुरुङ नेपाली कांग्रेसको दक्षिण पर्वत क्षेत्रका प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्छ।… पुरा पढौ

स्थानीय निर्वाचन बारे युवाको स्पष्ट बिचार

स्थानीय तहको निर्वाचनका सन्दर्भमा अब दुईमध्ये एउटा स्पष्ट बाटो रोज्नुपर्ने देखिन्छ , या त स्थानीय चुनावलाई दलीयरहित बनाउने, या रास्वपाले उम्मेदवार छनोटमा अत्यन्तै सुझबुझ, विवेक र संस्थागत गम्भीरता अपनाउने। ‘घण्टी’ चिह्नप्रतिको लोकप्रियताकै आधारमा जोसुकै उम्मेदवारलाई अघि सारेर निर्वाचित गराउनु स्थानीय लोकतन्त्र र पालिकावासीप्रतिको अन्याय हुनेछ। उम्मेदवार छनोट गर्दा पार्टीले व्यक्तिको इमानदारी, सार्वजनिक जीवनप्रतिको निष्ठा, जनमत, स्थानीय मुद्दाको बुझाइ तथा परिणाममुखी काम गर्ने सामर्थ्यलाई गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्छ। केवल चुनाव चिह्नको लोकप्रियताका आधारमा फेरि अक्षम जनप्रतिनिधि निर्वाचित हुने हो भने त्यसको… पुरा पढौ

बागलुङ–१ बाट युवा महिला कोटामा सृष्टी आचार्यको उम्मेदवारी पुस्तान्तरण, युवा सहभागिता र संगठन सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नं। १ बाट सृष्टी आचार्यले युवा महिला महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएकी छन्। ३५ वर्षमुनिको युवा महिला कोटाबाट उम्मेदवारी दिएकी आचार्यले पार्टीमा युवा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्। कांग्रेसले यसपटकको महाधिवेशनमा युवा तथा महिलाको सहभागिता बढाउँदै नेतृत्व विकासलाई प्राथमिकता दिने उद्देश्यले विभिन्न तहमा प्रतिनिधित्वको व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार आचार्यले बागलुङ क्षेत्र नं। १ बाट युवा महिला कोटामा उम्मेदवारी दिएकी हुन्। पार्टी संगठनमा युवा महिलाको… पुरा पढौ

बागलुङमा देउवा पक्षधर कांग्रेसको सम्पर्क कार्यालय स्थापना

बागलुङ, असोज ८ — नेपाली कांग्रेसको गगन थापा पक्षीय १५औँ महाधिवेशनको तयारी तीव्र बन्दै गइरहेका बेला देउवा पक्षधर नेताहरूले बागलुङमा सम्पर्क कार्यालय स्थापना गरेका छन्। सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता मणिभद्र शर्मा कँडेलले पार्टीभित्र देखिएको असमझदारीका कारण आफूहरू संगठन सुदृढीकरण र महाधिवेशन केन्द्रित गतिविधिमा सक्रिय भएको बताउनुभयो। उहाँले पार्टीका आदर्श र सिद्धान्तलाई मजबुत बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। देउवा पक्षधर कांग्रेस बागलुङका संयोजक सागर छन्त्यालले १५औँ महाधिवेशनलाई लक्षित गर्दै वडा र पालिका तहसम्म अधिवेशनका गतिविधि सञ्चालन गरिने… पुरा पढौ

जैमिनी नगर कांग्रेसको सभापतिमा आचार्य सर्वसम्मत

बागलुङ, असोज ७ — नेपाली कांग्रेस जैमिनी नगर कार्यसमितिको सभापतिमा काशीराम आचार्य सर्वसम्मत चयन भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार कुश्मीसेरामा सम्पन्न दोस्रो नगर अधिवेशनबाट आचार्य सभापति पदमा सर्वसम्मत चयन भएको नेपाली कांग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए। अधिवेशनले उपसभापतिमा गोविन्द शाही र जमुना कँडेल सापकोटा, सचिवमा ओमकार पौडेल तथा सहसचिवमा रनबहादुर क्षेत्रीलाई चयन गरेको छ। नवनिर्वाचित पदाधिकारीहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा कांग्रेसको गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पुरा पढौ

चन्द्रागिरि कांग्रेसको नगर नेतृत्वमा इन्जिनियर सुवेदीको नाम चर्चामा

काठमाडौं, असोज ६ — नेपाली कांग्रेसको आन्तरिक अधिवेशनको प्रक्रिया अगाडि बढेसँगै चन्द्रागिरि नगर कांग्रेसको आगामी नेतृत्वबारे चर्चा र चासो बढ्न थालेको छ। यसै क्रममा इन्जिनियर रमेश सुवेदीको नाम नगर नेतृत्वका सम्भावित आकांक्षीका रूपमा चर्चामा आएको छ। क्षेत्रीय प्रतिनिधि तथा कांग्रेसका शुभेच्छुकहरूको एक समूहले आगामी नेतृत्वमा अनुभव, नवीन सोच, संस्थागत क्षमता र परिणाममुखी कार्यशैली आवश्यक रहेको बताउँदै सुवेदीको नाम अघि सारेको जनाएको छ। स्थानीय विकास, जलस्रोत तथा खानेपानी, फोहोरमैला व्यवस्थापन र उद्यमशीलता विकासका क्षेत्रमा अनुभव हासिल गरेका सुवेदीको पेशागत पृष्ठभूमिका कारण… पुरा पढौ

बाढीबाट प्रभावित नुवाकोटको विदुरमा एमालेका स्वयंसेवक परिचालन

काठमाडौं भदौ २८ भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको सरसफाइ र पुनर्स्थापनामा विभिन्न संघसंस्था तथा स्वयंसेवी समूह सक्रिय बनेका छन्। यसैक्रममा नेकपा एमाले सम्पर्क विशेष संगठन कमिटीले नुवाकोटको विदुर नगरपालिका–५ देविघाट क्षेत्रमा दुई सयभन्दा बढी स्वयंसेवक परिचालन गर्दै श्रमदान कार्यक्रम सञ्चालन गरेको छ। भोटेकोशी बाढीले प्रभावित बनाएको नुवाकोटको देविघाट क्षेत्रमा अहिले सरसफाइ र पुनर्स्थापनाको काम तीव्र पारिएको छ। नेकपा एमाले सम्पर्क विशेष संगठन कमिटीको आयोजनामा सञ्चालन गरिएको श्रमदान कार्यक्रममा स्वयंसेवकहरूले घरभित्र र सार्वजनिक स्थानमा थुप्रिएको लेदो, फोहोर तथा बाढीले… पुरा पढौ