राजनीति

महिलाको सशक्त दाबी छैन स्थानीय तहको निर्वाचनमा

अघिपछि राजनीति लगायत हरेक क्षेत्रमा महिलाको सशक्त उपस्थिति हुनुपर्छ भनेर चर्को स्वरमा वकालत गर्ने महिलाहरू यसपटक भने चुपचाप देखिएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा वडा तहदेखि गाउँ पालिका अध्यक्ष , उपाध्यक्ष ,नगरपालिका नगर प्रमुख, उप प्रमुख,लगायतका पदमा उमेदवार बन्न राजनीति पार्टीमा तछाडमछाड चलिरहेको बेला महिला नेतृत्व भने चुपचाप नै देखिन्छन् ।प्रमुख राजनीति पार्टी भित्रका महिला नेतृत्व समेत यसपटकको स्थानीय तहको निर्वाचनको लागि खासै जाँगर देखाएको देखिदैन । अघिपछि महिला अधिकारकाे चर्को कुरा गर्ने महिलाहरू… पुरा पढौ

अखिल नेपाल महिला संघको अध्यक्षमा लक्ष्मी बाेहाेरा चयन

नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल महिला संघ बागलुङको छैठौं जिल्ला सम्मेलन बाट लक्ष्मी बाेहाेराकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।सम्मेलनबाट . उपाध्यक्षमा चित्रा श्रीस .र छेला नेपाली , सचिवमा बिना थापा ,सह सचिवमा कालिका सापकोटा ,काेषाध्यक्षमा तुलसी क्षेत्री निर्वाचित भएका छन् । जिल्ला कमिटीमा निर्वाचित सदस्यहरुमा जुना बोहोरा, शान्ति रायमाझी, उषा भण्डारी, निर्मला केसी, नरिमाया नेपाली, दुर्गा गैरे, देवी परियार, भावना खड्का, पहेली थापा, अस्मिता विक, विष्णु आचार्य, सरस्वती शर्मा, पुजा गिरी आचार्य, उमा खड्का, मिन कुमारी… पुरा पढौ

एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल, राप्रपाले सुर्य चिन्ह लिएर उठ्ने

राजनीतिमा सबै कुरा जायज भन्ने उखान यसपालि फेरि प्रमाणित भएको छ ।नेपाली कांग्रेस ,माआ‌ेवादी केन्द्र ,एकीकृत समाजवादी ,राष्ट्रिय जनमाेर्चा ,र जनता समाजवादी पार्टीको ५ दलिय गठबन्धनकाे चर्काे बिराेध गर्दै आएको नेकपा एमालेलेस्थानीय चुनावमा राप्रपा कमल थापा संग केन्द्रीय रूपमै गठबन्धन गरेर गठबन्धनकाे संस्कृति लाई सहि सावित गरिदिएका छन् । नेकपा एमाले र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।नेकपा एमालेको केन्द्रीय कार्यलयमा बुधबार सहमति भएको हो । दुवै पार्टीको तर्फबाट एमालेका… पुरा पढौ

अखिल नेपाल महिला संघको जिल्ला सम्मेलन शुरू

नेकपा एमाले निकट महिला संघ अखिल नेपाल महिला संघको छैठौं जिल्ला सम्मेलन बागलुङ सदरमुकाममा शुरू भएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा एमाले निकट भातृ संगठनहरूकाे सक्रियता पनि बढेको छ ।समृद्ध नेपाल सुखी नेपाली निर्माणकाे लागि स्थानीय तह प्रमुख पदमा महिलाको समान सहभागीता सुनिश्चितता भन्ने नारा साथ जिल्ला सम्मेलन शुरू भएको छ । स्थानीय तहदेखि सम्मेलनमा भाग लिन आएका महिलाहरूले बाजा गाजा सहित विभिन्न नारा लगाउदै नगर परिक्रमा गरेका थिए । पुरा पढौ

बागलुङमा आयोजित ऐतिहासिक चैते दसैं मेला सम्पन्न

बागलुङमा आयोजित ऐतिहासिक चैते दसैं मेला सकिएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजनामा २४ गतेदेखि शुरु भएको चैतेदशैं मेला सोमबार साँझ समापन गरिएको छ ।मेला समापन गर्दै गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले नेपालकै पुरानो मेलाका रुपमा रहेको चैते दशैं मेलाले पर्यटन प्रर्बद्धनमा टेवा पु¥याएको बताउनुभयो । प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा लाग्ने मेला यस क्षेत्रकै चिनारीको रुपमा रहेको बताउनु भयो । बागलुङको पहिचान र जिल्लाको आर्थिक सामाजिक र सांस्कृति विकासमा मेलाको… पुरा पढौ

काठेखाेला गाउँ पालिकाकाे अध्यक्षमा एमालेका ४ उपाध्यक्षमा २ जनाको दावी

बैशाख ३० गते हुने निर्वाचन नजिकिए संगै राजनीति पार्टीहरू उमेदवार छनाैट प्रक्रियामा अगाडि बढेका छन् ।नेकपा एमाले काठेखोला गाउँपालिकाकाे बैठकले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवारका लागि दाबेदारहरू काठेखाेला गाउँ पालिकाका वर्तमान अध्यक्ष अमर थापा एमालेका नेता खिमानन्द कँडेल, एमाले गाउँ कमिटी अध्यक्ष ,डिल बहादुर कार्की ,एमाले जिल्ला सदस्य हुमा कुमारी जिसी (अन्जु) रहेका छन् । यसअघि अध्यक्ष पदको दाबी गर्ने वडा अध्यक्ष प्रेम लामिछाने ,दीपक गाैतम ,ले यसपटक आफ्नो दाबी छाेडेपछि काठेखाेलामा एमालेमा ४ जना मात्रै दाबेर बाकी भएकाछन्… पुरा पढौ

बागलुङ नगरपालिका: नगर प्रमुखमा एमालेका ६ जनाकाे दाबी पेश

नेकपा एमाले जिल्ला कमिटी बागलुङमा स्थानीय तहको निर्वाचनको लागि नगर प्रमुख र उप प्रमुख पदको लागि दाबी प्रस्तुत गर्ने कार्यक्रम अन्तर्गत बागलुङ नगर पालिकाकाे प्रमुखमा अहिलेसम्म ६ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । नगर प्रमुखको लागि एमाले नगर कमिटीका अध्यक्ष धनबहादुर परियार, गण्डकी प्रदेश सदस्य गिता शर्मा, नेकपा एमाले गण्डकी प्रदेश सदस्य कुमार खड्का, बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव सापकोटा, वडा नम्बर ९ का वडा अध्यक्ष गणेश थापा र एमाले गण्डकी प्रदेश सदस्य राम शर्माले… पुरा पढौ

बर्तमान गठबन्धन दक्षिणपन्थी अबसरबाद बिरुद्ध हो : नेपाल

नेकपा (एकिकृत समाजवादी) एसका अध्यक्ष माधवकुमार नेपालले बर्तमान गठबन्धन दक्षिणपन्थी अबसरबाद बिरुद्ध भएको बताएका छन् । सोमबार बागलुङमा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालले यस्तो बताउनु भएको हो । आसन्न निर्वाचनमा गठबन्धन मार्फत निरंकुशतन्त्र पराजित गर्ने लक्षमा रहेको बताउनु भयो ।सम्वोधनको अधिकांस समय एमाले अध्यक्ष ओलीको कटाक्ष गरेको नेपाललले आफुहरुले ्जित्न र केपी प्रवृत्ति हराउन पनि गठबन्धन आवश्यक परेको बताउनु भयो । नेपालले जनमतको कदर नगर्ने, एकपटक नभइ दुइपटक सम्म संसद भंग गर्ने… पुरा पढौ

लुम्बिनी प्रदेशमा पाँच दलिय गठबन्धनको बैठक सुरू

लुम्बिनी प्रदेशमा पाँच दलिय गठबन्धनको बैठक सुरू भएकाे छ । मुख्यमन्त्री कार्यालय बुटवलमा स्थानीय तहकाे निर्वाचनका विषयमा छलफल गर्नकाे लागि गठबन्धनको बैठक सुरू भएकाे हाे । छलफलमा पार्टी का प्रमुखले जिल्लामा अाफ्नाे दलकाे अवस्था वारे पालैपालाे ब्रिफिङ गरेकाे बैठकमा सहभागी एक सदस्यले वताए । बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीसहित नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरशिह पुन, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल , जनता समाजबादी पार्टीका प्रदेश अध्यक्ष अशाेक यादब , नेकपा एकिकृत समाजबादि पार्टीका केन्द्रिय कमिटीका सदस्य राजु गुरूङ,… पुरा पढौ

चुनावबाट सिहदरवार जाने यात्रामा अगाडि बढेको छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिश्व लाई नै चकित पार्ने काम गर्दै आएको दाबी गर्नु भयो । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले जनताको काम गर्दा गदै सरकारबाट वाहिरिन परेको बताउनु भयो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीका नेता तथा कार्यकर्ता लाई हौसला दिने उदेश्यले आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले ५ दलीय गठबन्धनले एमालेको सरकार ढालेको हुँदा अब चुनाव बाट सिहदरवार जाने यात्रामा अगाडि बढेको बताए । एमाले सरकारले हिजोको दिनमा… पुरा पढौ