ठूलो रस्साकस्सि बिच ५ दलीय गठबन्धनकाे सहमति

-


     राजनीतिक व्यूरो    
     वैशाख १२ गते २०७९ मा प्रकाशित


नेपाली कांग्रेस ६,माआ‌ेवादी केन्द्र ,२ राजमाे २ पालिका प्रमुख

बागलुङ ,बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनको लागि उमेदवारले मनाेनयन दर्ता गर्न एक दिन बाकी रहदा बल्ल ठूलो रस्साकस्सि बिच १० वटा स्थानीय तहमा टुंगो लगाएको छ ।


गठबन्धनमा रहेको कार्यदलले आइतबार राति ३ बजे बागलुङ जिल्लाकाे ४ वटा नगर पालिका र ६ वटा गाउँ पालिका ५ दलीय गठबन्धन बिच सहमति गरेको कार्यदलका सदस्य राजीव घिमिरेले बताउनुभयो ।

नेपाली कांग्रेसले बागलुङ नगरपालिका ,गलकाेट नगरपालिका ,निसी खाेला गाउँ पालिका ,काँठेखाेला गाउँ पालिका तमान खाेला गाउँ पालिका ,र बडीगाड गाउँ पालिकाकाे प्रमुख पदमा उमेदवारी दिने सहमति भएको छ भने ।नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रले ढाेरपाटन नगरपालिका ,र ताराखाेला गाउँ पालिकाकाे प्रमुख पद पाएकाे छ भने राष्ट्रिय जनमाेर्चाले जैमनी नगरपालिका र बरेङ गाउँ पालिकाकाे प्रमुख पाएकाे छ भने एकीकृत समाजवादीले तमान गाउँ पालिकाकाे उप प्रमुख भागबन्डामा पाएकाे कार्यदलले जनाएको छ ।

यस्तै नेपाली कांग्रेसले ढाेरपाट नगरपालिकाकाे उप प्रमुख ,जैमुनी नगरपालिका ,ताराखाेला गाउँ पालिका ,बरेङ गाउँ पालिकाकाे उपाध्यक्ष गठबन्धनकाे अर्को दल माआ‌ेवादी केन्द्रले बागलुङ नगरपालिका ,गलकाेट नगरपालिका ,र निसी खाेला गाउँ पालिकाकाे उप प्रमुख पाएकाे छ भने राष्ट्रिय जनमाेर्चाले बडीगाड गाउँ पालिका र काँठेखाेला गाउँ पालिकाकाे उप प्रमुख पाउने सहमति भएको छ ।

पटकपटक बैठक बस्ने सहमति नभएको कुरा बाहिर आइरहेको समयमा जिल्लामा रहेका ५ दलीय गठबन्धनले लामाे छलफल र बहस पछि बागलुङ जिल्लाकाे १० वटै स्थानीय तहमा प्रमुख ,उप प्रमुख ,वडा अध्यक्ष ,सदस्य र कार्यपालिका सदस्यकाे समेत माेडेल तयार गरि सहमति गरेको एक सदस्यले हिडन खबर लाई बताउनुभयो ।