
देश स्थानीय तहको निर्वाचनमय बनिरहेको छ ।
सामाजिक सञ्जालका भित्ताहरु देखि सार्वजनिक स्थलहरुमा चुनावी छलफल र आआफ्नै धारणाहरु देख्न र सुन्न सकिन्छ ।
तर अघिल्ला निर्वाचनहरुमा भन्दा यसपटकको स्थानीय तहको निर्वाचनमा केहि फरक परिवेशहरु देखिएका छन् ।
देशमा मुख्यत सत्तारूढ दलहरुको पाँच दलीय गठवन्धन र एमाले सहितका सात दलहरुको मोर्चा विच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ तर सत्तारूढ दलहरु एकले अर्काको अस्तित्व स्विकार्न नसक्दा जिल्ला तहमा भने पद बाँडफाँडमा निकै सकस बनिरहेको छ ।
बागलुङ जिल्लामा पाँच दलिय गठवन्धन तीन हप्ता अगाडि देखि निरन्तर छलफलमा बस्दा समेत अझै टुङ्गो लगाउन सकेको छैन ।
केन्द्रिय तहमा शिर्ष नेताहरूले निर्णय गरेपनि बागलुङ जिल्लामा भने गठवन्धन निकै पेचिलो बनेको छ ।
दर्जनौंपटक जिल्लातहका नेताहरू बिच बसेका बैठकहरु निष्कर्ष बिहिन बनिरहेका छन् ।
बार्तटोलिका एक नेताले हिडन खबरलाई दिएको जानकारी अनुसार अघिल्लो दिन गरिएका सहमतिका कुराहरु उल्ट्याउने प्रवृत्तिका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको बुझिएको छ ।
बागलुङ जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिकामा नेपाली काङ्ग्रेस, माओवादी, नेकपा(एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा बिच सहमति नजिक पुगिसकेको निर्णय फेरि कतिपय नेताहरूको दम्भले गर्दा निष्कर्षमा पुग्न नसकेको वार्ता टोलिका सदस्य समेत रहेका नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष लालबहादुर थापाले बताउनुभयो । ” हामी देशमा संकटपुर्ण घडिमा विद्रोह गरेरकै कारण संविधान र प्रतिनिधि सभाको रक्षा भएको हो तर हाम्रो विद्रोहबाट फाइदा लिइरहेको बिर्सिएर आफ्नै दम्भ देखाउने प्रवृत्तिले गर्दा बागलुङमा सहमति हुन सकेको छैन, हामीले सबैको अस्तित्व स्विकार्दै गर्दै गर्दा हाम्रो अस्तित्वको ख्याल गरिएको पाइएन’ थापा भन्नुभयो
हामी दशकौंदेखि त्याग गरिरहेको पार्टीबाट आन्तरिक विद्रोह गरेर आएका हौं त्यसैले हामिलाई गठवन्धनमा विद्रोह गर्नु कुनै ठुलो कुरा हैन”
दलहरूले आआफ्नै सर्त नछोड्दा र एकले अर्काको अस्तित्व स्विकार्न नसक्दा मनोनयनको मिति नजिक आइपुग्दा समेत सहमति हुन सकेको छैन तरपनि दलहरु छलफलमा भने बसिरहेका छन् ।
जिल्लामा २०७४ को निर्वाचनमा एमालेले ४, नेपाली काङ्ग्रेस ४, राजमो १ र माओवादीले १ पालिका जितेको थियो ।












