१० स्थानीय तहका लागि एमालेका आकांक्षीकाे नाम प्रदेशमा ,नगर र जिल्लामा आकांक्षी नदेखिएका जनक पाैडेलगरे प्रदेशमा दाबी

-


     राजनीतिक व्यूरो    
     वैशाख १० गते २०७९ मा प्रकाशित


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीति पार्टी भित्र निर्वाचन लड्नका लागि देखिएका आकांक्षीहरूले पार्टीमा गरेको दाबी सर्वसम्मत हुन नसकेपछि प्रदेशमा पठाउने क्रम चलिरहेको छ ।

अहिले भइरहेको ५ दलीय गठबन्धनको बिराेध गर्दै आएको नेकपा एमालेले बागलुङ जिल्लाकाे १० वटा स्थानीय तहका आकांक्षीहरूकाे नाम गण्डकी प्रदेशमा पठाएको एमालेका जिल्ला उपसचिव गणेश थापाले हिडन खबर लाई बताउनुभयो ।

बागलुङ नगरपालिकाकाे नगर प्रमुख पदका आकांक्षी एमाले नगर कमिटी अध्यक्ष धनबहादुर परियार ,जिल्ला सहसचिव गणेश थापा, जिल्ला सदस्य शिव सापकोटा ,एमाले प्रदेश सदस्य कुमार खड्का ,गीता शर्मा ,राम शर्माकाे नाम नगर कमिटी हुदै जिल्ला कमिटी बाट प्रदेश कमिटीमा पठाएको एमाले जिल्ला कमिटीले जनाएको छ ।

बागलुङ नगरपालिकाका वर्तमानमा नगर प्रमुख जनक राज पाैडेलले नगर प्रमुखको लागि एमाले नगर ,जिल्ला कमिटीमा दाबी पेश नगरिकन एक्कासि प्रदेश कमिटीमा आकांक्षी रहेको दाबी गरेपछि एमाले भित्र असन्तुष्टि देखिएकाे एमालेका एक नेताले हिडन खबर लाई बताउनुभयो ।बागलुङ नगरपालिकाका वर्तमान नगर प्रमुख जनक पाैडेलले भने यसपटक हुने स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाकाे नगर प्रमुख पदमा पुन उमेदवार बन्न एमालेका उच्चस्तरीय नेताहरूले आफुलाई दबाब दिइरहेको हिडन खबर लाई बताउनुभयो ।पार्टीको लागि आवश्यक भएको खण्डमा आफू नगर प्रमुख पदमा उमेदवार बन्न तयार भएको पाैडेलले बताउनुभयो । यस्तै बागलुङ नगरपालिकाकाे उप प्रमुखमा पबित्रा कुमारी राेका ,काे नाम जिल्ला कमिटीले पठाएको छ ।

यस्तै गलकाेट नगरपालिकाकाे नगर प्रमुख पदमा पुर्ण काउचा र उप प्रमुखमा रूपा बिश्वकर्मा ,ढाेरपाटन नगरपालिकाकाे नगर प्रमुखमा वर्तमानमा नगर प्रमुख देव कुमार नेपाली ,उप प्रमुखमा करमति पुन र अस्मिता भण्डारी ,जैमुनी नगरपालिकाकाे नगर प्रमुखमा लिला राना र उप प्रमुखमा यमुना देवी शर्माकाे नाम प्रदेश कमिटीमा पठाएको एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताउनुभयाे ।

एमालेले काँठेखाेला गाउँ पालिकाकाे अध्यक्षमा अमर थापा ,दिलबहादुर कार्की ,खिमानन्द कडेल,हुमा कुमारी जिसी अन्जु ,र उपाध्यक्षमा काेपीला पुन ,निसी खाेला गाउँ पालिकाकाे लागि अध्यक्षमा भुमिराज घर्ती ,रूद्र पाैडेल ,र उपाध्यक्षमा रूपा पाैडेल र अमरसिंह घर्ती ,तमान खाेला गाउँ पालिकाकाे अध्यक्षमा देवेन्द्र छन्त्याल ,र उपाध्यक्षमा टेकमति बिक र फारम देबी छन्त्याल ,
बरेङ गाउँ पालिकाकाे अध्यक्षमा प्रदीप थापा मगर ,यमकली थापा ,र पदम गिरी र उपाध्यक्षमा झाेम बहादुर थापा ,शान्ति भुजेल ,र दुर्गा कार्की थापा क्षेत्रीकाे नाम प्रदेश कमिटीमा उमेदवार छनाैटका लागि पठाएको छ ।यस्तै बडिगाड गाउँ पालिकाकाे अध्यक्षमा मेयरसिंह पाइजा ,शुनिल शेरचन ,राजन पाइजा ,बिष्णु भुसाल ,गुणनिधि घिमिरे ,तिर्थमणि भुसाल ,यम बहादुर श्रीस ,र टेकनारायण खरेल यस्तै उपाध्यक्षमा तुलसा बुढा ,मिना रायमाझी ,बिना कुमारी थापाको नाम जिल्ला कमिटीले पठाएको छ ।

नेकपा एमाले बागलुङले अहिलेसम्म जिल्लामा रहेका राजनीति दल संग चुनावी गठबन्धन गरेर जाने बारे छलफल नभएको दाबी गर्दै आएपनि उमेदवार छनाैटमा भने पर्ख र हेरकाे निति अवलम्बन गरेको देखिन्छ ।