
बागलुङको स्थानीय तहको लागि बागलुङ जिल्लामा क्रियाशील राजनीतिदलहरू आआफ्नो तर्फबाट मनाेनयन पत्र निर्वाचन अधिकृतकाे कार्यालयमा गएर दर्ता गर्न थालिएको छ ।
बागलुङ जिल्लाकाे १० वटा स्थानीय तहमा नेपाली कांग्रेस सहितको गठबन्धन दल र एमाले सहितको गठबन्धन दलले प्रमुख उप प्रमुख वडा अध्यक्ष र सदस्य पदमा उमेदवारी दर्ता गराउन शुरू गरेको मुख्य निर्वाचन अधिकृत बासुदेवले बताउनुभयो ।
उमेदवारी दर्ताको दाेस्राे दिन बिहान १० बजेदेखि ५ बजेसम्म समय भएको कारणले पनि निर्वाचन अधिकृतकाे कार्यालयमा खासै भिडभाड भने देखीदैन ।












