एमालेले टुंगायो बागलुङका केही पालिकाका उमेदवार

-


     हिडन खबर    
     वैशाख १० गते २०७९ मा प्रकाशित


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले बागलुङ जिल्लाको १० वटा पालिका मध्य केही पालिकामा उमेदवार घोषणा गरेको छ ।

एमाले बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति विक, ढोरपाटन नगरपालिका प्रमुखमा देवकुमार नेपाली, ताराखोला गाउँपालिका अध्यक्षमा ऋषिराम रोका र उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुखमा पूर्ण काउचा र उपप्रमुखमा रुपा विक तथा जैमिनी नगरपालिका प्रमुखमा लिला राना र उपाध्यक्षमा यमुना शर्मा उम्मेदवार हुने निश्चित भएको हो ।

बाँकी पालिकाहरुको प्रमुख र उप्रमुखका बिषयमा छलफल जारी रहेको एमालेले जनाएको छ ।