निर्वाचनको आचार संहिता विपरीत चन्द्रागिरि नगरपालिकाले बाँड्न लागेको साडी प्रहरीद्वारा बरामद

-


     हिडन खबर    
     वैशाख १० गते २०७९ मा प्रकाशित


प्रहरीले चन्द्रगिरि नगरपालिकाले स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको सारी बरामद गरेको छ। निर्वाचनको आचार संहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न भनी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको ११० थान साडी प्रहरीले बरामद गरेको हो ।

शनिबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरूलाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनबाट वितरण गर्न तयारी अवस्थामा राखिएको साडी बरामद गरेको हो ।