चन्द्रागरिरि नगरपालिका महिला दिदीबहिनी लाई साडी बाड्दै

-


     राजनीतिक व्यूरो    
     वैशाख १० गते २०७९ मा प्रकाशित


गाउँ गाउँमा सिंहदरबार भन्ने नाराका साथ बनेको स्थानीय तहमा यतिबेला नयाँ नयाँ काम हुन थालेको छ । स्थानीय तहका जनप्रतिनिधिकाे कार्यकाल सकिदै गर्दा जनप्रतिनिधिले निर्वाचन केन्द्रीत काम गर्न थालेका छन् ।

राजधानीकाे चन्द्रागरिरि नगरपालिका वडा नम्बर ८ ले महिला दिदिबहिनीकाे मागलाई ध्यानाकर्षण गर्दै साडी वितरण कार्यक्रम गरेको छ ।वडा अध्यक्ष सन्तोष खड्काले सुचना जारी गरेर वडा कार्यालय मातातिर्थमा शनिबार दिउँसो २ बजे साडी लिन आउनका लागि अनुरोध गर्नुभएको छ ।स्थानीय तहले महिला दिदीबहिनी लाई साडी वितरण गर्नु सकारात्मक पक्ष भए पनि निर्वाचनको संघारमा यस्तो काम गर्नु कति उचित हाे आफै बिचार गर्नुपर्ने बिषय भएको स्थानीयकाे भनाइ छ ।

एकातिर सरकारले निर्वाचनको संघारमा आचारसंहिता लागू गरेको भएपनि स्थानिय जनप्रतिनिधिले भने निर्वाचन लक्षित कार्यक्रम गरेर मतदातालाई आफू तिर आकर्षित गर्न लागेको देखिन्छ ।