काठमाडौं, २ भदौ २०८२ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशीको रिहाइका लागि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल जारी राखेको बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै मन्त्री डा. राणाले भन्नुभयो, “परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखी निरन्तर पहल गरिरहेकी छु। विगत एक वर्षमा राष्ट्रसंघीय महासभा, अन्तर्राष्ट्रिय मञ्चहरू, तथा द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा बिपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु।” उहाँका अनुसार, गत असोजमा न्यूयोर्कमा सम्पन्न ७९औँ राष्ट्रसंघीय महासभाको अवसरमा उहाँले…
पुरा पढौ