अर्थतन्त्र

सामाजिक सुरक्षा भत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ । सरकारले वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नचाहिने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने व्यवस्था लागू नगर्न गृह मन्त्रालयलाई सहजीकरण गर्न निर्देशन दिने निर्णय गरेको छ । परिचयपत्र बनाउन असहजता भएकाले त्यसलाई लागू नगर्न निर्देशन दिइएको नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । ‘देशका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण… पुरा पढौ

एल पी ग्यास विक्रेता संघ बागलुङको अधिवेशन सम्पन

बागलुङ / एल पी ग्यास विक्रेता संघ बागलुङको तेस्रो अधिवेशन तथा छैठौं साधारणसभा बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनले हरी प्रसाद अचार्यकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सनिबार बिहान बागलुङमा भएको अधिवेश उपाध्यक्षमा नरिश्वर उपाध्याय ,सचिवमा राजु गौतम,सह–सचिवमा कृष्ण बहादुर क्षेत्री ,कोषाध्यक्षमा राज कपुर श्रेष्ठ सहितको ९ सदस्य समिति सर्वम्वत रुपममा चयन गरेको हो । नयाँ पदाधिकारीलाई एक कार्यक्रमको आयोजना गरेर प्रमाण–पत्र वितरण गरिने निवर्तमान सचिव भिम बहादुर केसीले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र… पुरा पढौ

प्रकाशको उडान ः रुफटपदेखि किङ्सबेरीसम्म

झापा / पर्यटन आर्थिक क्षेत्रको एउटा महत्वपूर्ण पाटो हो । विश्वका धेरै मुलुकका लागि पर्यटन दिगो विकासको महत्वपूर्ण अंग बनेको छ । विश्वका कैयौं मुलुक पर्यटन उद्योगको विकास गरेर दिगो विकास हासिल गर्न सफल भएका छन् । पर्यटनले आर्थिक गतिविधि बढाउन मद्दत गर्नुका साथै भुक्तानी सन्तुलन, रोजगारी सिर्जना, आम्दानी तथा उत्पादन बृद्धिजस्ता विभिन्न आर्थिक पक्षमा सकारात्मक प्रभाव पार्छ । नेपाल पर्यटनको अपार संभावना भएको मुलुक हो । नेपालको तराई, पहाड र हिमालका बेग्लाबेग्लै हावापानी, रहनसहन, रीतिरिवाज, परम्परालाई पर्यटनसँग जोडेर यी भूगोलका… पुरा पढौ

सरकार र नेपाल क्रसर तथा खानी उद्योग बिच ३ बुँदे सहमति आन्दोलन स्थगित

२० असार, काठमाडौं । सरकारले आफ्ना उद्योग नवीकरण गर्न नमानेको भन्दै क्रसर सञ्चालक आन्दोलनमा उत्रिएका आन्दोलनरत ब्यवसायी र सरकार बिच लिखित सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता भएको छ । १ असारदेखि काठमाडौं केन्द्रित गरी आन्दोलन गरिरहेका क्रसर उद्योग सञ्चालक र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जाेशीकाे उपस्थितिमा अहिले गर्दै आएको बिराेध कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हाे । उद्योग नवीकरण नभए उद्योगको तालाचाबी सरकारलाई बुझाउने र राजमार्ग ठप्प पार्ने चेतावनी दिएर आन्दोलनमा उत्रिएका ब्यवसायी बिच ३ बुँदे लिखित… पुरा पढौ

काेराेनाले ड्रायगन फलकाे ब्यवसायीक खेती गर्न सिकायाे

बागलुङ / बिश्वब्यापी रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ का कारण लग डाउन घाेषणा भएपछि ब्यापार ब्यवसाय गरेर बसिरहेका धेरै ब्यवसायी ब्यवसाय बाट पलायन भएको समयमा भने बागलुङका एकजना युवा ब्यवसायीले भने त्यहीँ लगडाउन कै समयमा लाखौं रूपैयाँ लगानी गरेर सिउँडी फल अर्थात् ड्रायगन फल (Dragon Fruit)काे ब्यवसायीक खेती शुरूवात गरेर बिक्रीवितरण समेत शुरू गरेका छन् । बागलुङ नगरपालिका वडा नम्बर १ का युवा ब्यवसायीबिमलेश आचार्यले बागलुङ नगरपालिका १ रामरेखामा करिव ३० लाख रूपैयाँ लगानी गरेर शुरूवात गरेको ड्रायगन फलकाे… पुरा पढौ

राष्ट्रिय धान दिवस मनाउँदै गर्दा बागलुङमा २० प्रतिशत धान राेपाई

बागलुङ /जलवायु मैत्री कृषि धान उत्पादनमा बृद्वि भन्ने नारासाथ असार १५ अर्थात राष्ट्रिय धान दिवस तथा राेपाइ महाेत्सव २०८१ धुमधामका साथ मनाउँदै गर्दा बागलुङ जिल्लामा अहिलेसम्म २० प्रतिशत मात्र धान राेपाई सम्पन्न भएको  छ । कृषि ज्ञान केन्द्र बागलुङको आयोजना जिल्ला कृषि सहकारी संघ लिमिटेड बागलुङको समन्वयमा बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले फाँटमा धान राेपेर दिवस मनाएको छ । मनसुन शुरू हुने प्रतिक्षा गरिरहेकाे समयमा आकाश बाट पानी नपरेपनि सिचाइकाे सुविधा भएको बागलुङका किसानले धान रोपाइँ गरेपनि बागलुङ नगरपालिका भित्र भने… पुरा पढौ

देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री

भरतपुर (चितवन), १५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र नभई देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ । भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पार्नुभयो । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिचाइ र बीउ एवं मल उपलब्धता… पुरा पढौ

खानेपानीको महशुल दुई सय प्रतिशतले वृद्धि उपभोक्ता मर्कामा

खानेपानीको न्युतम महशुल बढाएको समितिले सुविधा भने अघिल्लो समितिले भन्दा बढी लिने गरेको छ । बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको न्युनतम महशुल दुई सय प्रतिशतले वृद्धि गरेको छ भने बैठक भत्ता ५० प्रतिशत बृद्वि गरेको छ । बिहिबार संस्थाका उपाध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले खानेपानीको न्यूनतम महशुल दुई सय प्रतिशतले वृद्धि गरेको हो । यसअघि न्युनतम प्रतिआठ युनिट एक सय रुपैयाँ महशुल लिँदै आएको संस्थाले आगामी भदौ १ गतेदेखि लागु हुनेगरी प्रतिदश युनिट पानीको महशुल ३… पुरा पढौ

ग्लोबल बैंक बागलुङका शाखा प्रबन्धक लाई ज्यान मार्ने धम्की

बागलुङ / ग्लोबल आइएमी बैंक बागलुङ शाखाका प्रबन्धक हेमराज शर्मालाई पर्वत जिल्ला कुश्मा नगरपालिकाका ब्यवसायी रामकृष्ण मल्लले ज्यान मार्ने धम्की दिएकाे भन्दै प्रहरीमा उजुरी गरेको छ । पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर १ शहश्रधारास्थित क्रस उद्योग संचालन गर्ने ब्यवसायी मल्लले बैकर्स बागलुङ अध्यक्ष तथा ग्लोबल आइएमी बैंकका प्रबन्धक शर्मालाई माेवाइ फाेन मार्फत पटकपटक धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित रूपमाउजुरी दर्ता गरे बैंकर्स बागलुङ उपाध्यक्ष विकास पाैडेलले बताए । ग्लोबल आइएमी बैंकका शाखा प्रबन्धक शर्मालाई ज्यान मार्ने… पुरा पढौ

बागलुङको दब्ल्याङको पहिरो नियन्त्रणको काम सुरु

बागलुङ । बागलुङ नगरपालिका – १० गलुवाको दब्ल्याङमा खसेको पहिरो नियन्त्रको काम थालिएको छ । बागलुङको दक्षिण भेगको मुख्य समस्याका रुपमा रहेको पहिरो नियन्त्रण गर्न बागलुङ नगरपालिकाले उपभोक्ता समितिमार्फत् काम थालेको हो । वर्षा याम शुरूवात भए संगै आकाशबाट पानी परेपछि भइरहेको सडकको काम अबरुद्ध हुन लागेको भन्दै प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी प्रमुख ,सुरक्षा निकाय बागलुङ नगरपालिका ,जिल्ला समन्वय समिति पत्रकारकाे टाेली पुगेर सडकको अनुगमन निरक्षण गरेर जथाभावी रूपमा बगाएको पानी नियन्त्रण गरेर सडक अबरुद्ध नगर्न निर्देशन दिएको छ… पुरा पढौ