
बागलुङ फागुन १३
प्रदेश देखि घर देश सम्म भन्ने नाराका साथ नेपाल रेडक्रस साेसाइटी मालिका उप शाखाको आयोजना मालिका सेवा समाज जापानकाे संयाेजनमा बागलुङ मालिका आधारभूत बिद्यालयका बिद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरियो ।
बिपन्न तथा गरिव बालबालिकाले अध्ययन गर्ने बागलुङ नगरपालिकाकाे मालीका आधारभूत बिद्यालयमा अध्ययनरत बालबालिकालाई मालिका सेवा समाज जापानका अध्यक्ष देवीप्रसाद सापकोटा राजुले आफ्नो छाेराकाे व्रतवन्धमा लाग्ने अनावश्यक खर्च कटौती गरेर
एक बर्षकाे लागि लेख्न आवश्यक पर्ने कपी कलम सहयोग गरेका हुन् ।
प्रदेश देखि घर देश सम्म भन्ने नाराका साथ आफ्नो जन्मभूमिमा विदेशमा कमाएको केही रकम शैक्षिक क्षेत्रमा बिशेश गरि सामुदायिक बिद्यालयका बिद्यार्थीलाई सहयोग गर्न पाउदा खुशी लागेको मालिका सेवा समाजका अध्यक्ष
देवीप्रसाद सापकोटा राजुले बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका वडा नम्बर ६ का पुर्व वडा अध्यक्ष शिव सापकोटा नेपाल रेडक्रस साेसाइटी बागलुङका काेषाध्यक्ष जीवन नाथ शर्मा , गुराँस शिक्षा सदनका प्रिन्सिपल निशान खड्का ,बागलुङ नगरपालिका वडा नम्बर ६ का वडा सदस्य बलराम सापकोटा लगायतका बक्ताहरूले वैदेशिक राेजगारीकाे लागि जापान गएका पराेपकारी मनका धनी ब्यक्तिहरूकाे कारण समाजमा धेरै सकारात्मक काम भइरहेको त्यस मध्य आज भएको शैक्षिक सामाग्री वितरणको काम पनि त्यसैको उदाहरण भएको धारणा राखेका थिए ।
नेपाल रेडक्रस साेसाइटी मालिका उप शाखाका अध्यक्ष मातृका प्रसाद आचार्यकाे अध्यक्षता सचिव एकप्रसाद सापकोटाकाे संचालनमा सम्पन्न भएको थियो ।
जापान समाज मालिकाका अध्यक्ष सापकोटाले केही दिनअघि बागलुङ नगरपालिका ३ मा रहेको मानवसेवा आश्रममा आश्रय लिएर बसिरहेका ब्यक्तिहरूलाइ एक छाक भाेजन गराएका थिए ।


















