
बागलुङ ,मौलिक संस्कार, संस्कृति परम्परा अनुसारको भाषा भेषभूषालाई प्राथमिकता दिनुको साथै संरक्षणमा पनि जोड दिनु पर्छ भन्ने साेचका साथ निरन्तर गित संगीतमा लागि परेका माैलिक गायक ईश्वर सिंहकाे नानीलै बाेलकाे माैलीक गीत बजारमा सार्वजानीक भएकाे छ ।
आधुनिकताको नाममा संस्कृतिको अनुसरण गर्दा मौलिकपन हराउदै गइरहेको अबस्थामा आफुले बिशुद्व गीत संगीतलाई न्याय दिने गायक सिंह बताउछन ।
बागलुङ निसीखाेलाकाे सेराेफेराेमा फिचर भएकाे माैलिक गीतकाे दृश्य कैद गरिएकाे छ । सर्जक शिव हमालकाे शब्द गायक ईश्वर सिंहकाे संगीत आवाजमा रहेकाे गीतमा चर्चित गायीका देबि घर्तीले साथ दिएकी छिन ।
भिडियाेमा गायक ईश्वर सिंह , पार्वती श्रेष्ठ,नकुल शाही र साेनीया चन्द ठकुरीकाे मुख्य भुमिका रहेकाे छ भने निर्देशन बिनाेद भण्डारी छाँयाङकन दिनेश पराजुली र सम्पादन मनाेज कार्किले गरेका छन ।
भिडियाे ईश्वर सिंह अफिसियल युटुब च्यालबाट सार्वजानीक गरिएकाे छ ।









