
बागलुङ फागुन ९
यात्रुहरू लाई समयअनुसार गुणस्तरीय यातायात सेवा प्रदान गर्दै आएको धाैलागिरि गण्डकी यातायात प्रालिले बागलुङ देखि पर्यटकीय केन्द्र चितवन साैराहसम्म इभि माइक्रो बस संचालनमा ल्याएको छ ।
बागलुङ सदरमुकाम देखि चितवन साैराहसम्मकाे यात्रा
विहान १०.३० बजे शुभारम्भ गरिएकाे धाैलागिरि गण्डकी यातायात सेवा प्रालि काठमाडौं चितवनमा आफ्नो सेवा सुभारम्भ गरेर सकारात्मक कामको थालनी गरेको
बागलुङ नगरपालिकाका उप मेयर राजु खड्काले बताए ।
वातावरण मैत्री देशको डलर संचित बाहिर नजाने देशकै उर्जा खपत गर्ने हाम्रोजस्तो देशको लागि इभि गाडी प्रभावकारी हुने भएको कारणले आफुहरूले यसलाई बिशेश प्राथमिकता दिएर संचालन गरेको धाैलागिरि गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसीले बताए ।
इभि गाडी बागलुङ देखि पाेखरा लगायतका शहरहरूमा संचालन भएपछि आफू अफिसियल काम देखि ब्यक्तिगत काममा बाहिर जानुपर्दा समेत यहीँ इभि गाडीको प्रयोग गर्ने गरेको यसबाट सरकारी प्रयोग नगरिकन यस्तै स्तरीय इभि गाडी प्रयोग गर्न समेत सबैलाई अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराम कडेलले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष
राम थापाले धाैलागिरि गण्डकी यातायात प्रालिले समय अनुसार यात्रुको माग बमोजिम वातावरण मैत्री इभि माइक्रोबस संचालन गरेर सकारात्मक काम गरेको बताए ।
बागलुङ र म्याग्दी बाट काठमाडौं पाेखराकाे लागि एक बर्ष देखि इभि माइक्रोबस नियमितरूपमा संचालन गरेर यात्रुहरू लाई स्तरीय सेवा दिदै आएको यातायात प्रालिले यात्रुहरूको माग बमोजिम पर्यटकीय केन्द्र चितवन साैराहसम्म इभि गाडी संचालनमा ल्याएपछि यसले यात्रुलाई आकर्षित गर्ने देखिन्छ ।
बिहानदेखि बेलुका सम्म बागलुङ पर्वत पाेखरा काठमाडौं सम्म नियमितरूपमा स्तरीय वातावरण मैत्री इभि गाडी संचालन भएपछि पेट्रोल डिजेल बाट संचालन हुदै आएको गाडी चढ्ने क्रम भने घट्दै गइरहेको देखिन्छ ।यात्रुहरूको सुविधा लाई ध्यानमा राखि प्रालिले इसेवा लगायतकाे माध्यम बाट टिकट खरिद गर्न सक्ने प्रबन्ध समेत मिलाएको छ ।लगानी गर्ने वातावरण नभएको भनिरहेको समयमा केही ब्यक्ति ब्यवसायले यतिबेला इभि गाडी बैंक मार्फत खरिद गरेर संचालन गरिरहेका छन् ।













