महिलामाथि अनुचित कार्य गर्न खोज्ने रमाकान्त सापकोटा कारागार चलान

-


     हिडन खबर    
     वैशाख ८ गते २०७९ मा प्रकाशित


उपचारको नाममा महिलालाई अनुचित कार्य गर्न खोज्ने बागलुङ बजारका आयुर्वेदीक फर्मा संचालकलाई जिल्ला अदालत बागलुङको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलाउन गरिएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर २ अदालत रोडमा सञ्चालित विजया आयुर्वेद फर्माका संचालक रमाकान्त सापकोटालाई जिल्ला अदालतकाे आदेश अनुसार बिहीबार पुर्पक्षका लागि कारागार चलाउन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय भण्डारीले हिडन खबरलाई बताउनुभयो ।

रक्तचाप परिक्षणको लागि फर्मामा आएका एक विरामीलाई उपचारको वहानमा अनुचित कार्य गर्न खोजेको आरोपमा पक्राउ परेका सापकोटालाई २५ दिनको प्रहरी अनुसन्धान पछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा पेश गरेकोमा सापकोटालाई पुर्पक्षका लागि बागलुङ कारागार चलाउन गरिएको हाे ।

रक्तचाप परीक्षण गर्न आएका एक महिलालाई यौनजन्य हिंसा गर्न खोजेपछि महिलाले तत्काल प्रहरीमा उजुरी गरेपछि सापकोटा पक्राउ परेका थिए । पक्राउ परेका सापकोटालाई पीडित महिलाको जाहेरीका आधारमा पक्राउ गरि जिल्ला सहरकारी वकिल कार्यलयमा म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको थियोे ।

सापकोटाले यस अघि पनि फर्मामा उपचार गर्न आउने महिलालाई यौन दुव्र्यवहार गर्ने गरेकाे पाइएको छ । सापकोटा पक्राउ परेसँगै पीडित बनेका महिलाहरुले सापकोटाले औषधालयमा उपचारको बहानामा महिलाहरुलाई अभद्र व्यवहार गर्ने गरेका खुल्न आएको छ ।

सापकोटाले युद्वकालमा माओवादीले आफ्नो बहिनी लाई अपहरण गरि बेपत्ता बनाएको भन्दै न्यायको लागि द्वन्द पिडित समाजमा बसेर वेपत्ता परिवार भन्दै राज्यकोषबाट १ लाख रूपैयाँ लिएर राज्य र तत्कालीन बिद्रोही माओवादीलाई समेत गुम्राहमा राखेका थिए । सापकोटा स्वंयले बेपत्ता भनेकी बहिनीकाे आफैले गुपचुप रूपमा विवाह गरिदिएको तथ्य खुलेपछि उनलाई द्वन्द पिडित समाजबाट हटाइएको थियो । सापकोटा न्यायको लागि द्धन्द पिडित समाजमा बागलुङको कार्यसमितिमा बसेर राज्यकोषको दुरुपयोग गरेको भनि संस्थाबाट हटेपनि १ लाख रकम भने अझैसम्म फिर्ता गरेका छैनन् ।

https://hiddenkhabar.com/2022/03/29/1142/