पर्यटन

काठमाडौ न्युरोडमा फुटपाथ बिस्तार पुन: शुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः अगाडि बढाएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको हो । यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट निवेदनदिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने… पुरा पढौ

नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र ‘गुन्यो चोलो उर्फ गुलाबी’ कार्तिक ९ मा

'गुन्यो चोलो उर्फ गुलाबी' को प्रदर्शन मिति घोषणा, मितिसंगै सार्वजनिक भयो नाजिरको होसै उडाउने लुक्स समुन्द्र भट्ट निर्देशित चलचित्र 'गुन्यो चोलो उर्फ गुलाबी' मा नाजिरको फरक अवतार, चलचित्र कार्तिक ९ मा रिलिज काठमाडौं । भर्सटायल अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र 'गुन्यो चोलो- कमिङ अफ अ्याज अफ अ गर्ल' उर्फ 'गुलाबी' को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र यहीँ कार्तिक ९ अर्थात अक्टाेबर २५ बाट रिलिज हुने पक्का भएको छ। बिहीवार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति… पुरा पढौ

बागलुङको पञ्‍चकोट प्रहरी चाैकी पहिरोले क्षती

बागलुङ असार २२ बागलुङ बागलुङ नगरपालिका वडा नम्बर ६ पञ्‍चकोट स्थित प्रहरी चाैकी पञ्‍चकोट माथी रहेको पञ्‍चकोटधाम मन्दिर जाने बाटो (सिंडी) मा लगाएको पर्खाल अविरल वर्षाको पहिरो गई भत्किन जाँदा प्रहरी चाैकिकाे ४ कोठे कच्ची भवनको ३ वटा कोठाहरु पुरिईन गई  क्षती हुन पुगेको छ  । चौकीमा कार्यरत प्रहरीहरु सबै सुरक्षित रहेको, मानविय क्षती नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी विजय यादवले बताए । घटना घटे लगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेल को कमाण्डमा-१० जनाको टोली… पुरा पढौ

प्रकाशको उडान ः रुफटपदेखि किङ्सबेरीसम्म

झापा / पर्यटन आर्थिक क्षेत्रको एउटा महत्वपूर्ण पाटो हो । विश्वका धेरै मुलुकका लागि पर्यटन दिगो विकासको महत्वपूर्ण अंग बनेको छ । विश्वका कैयौं मुलुक पर्यटन उद्योगको विकास गरेर दिगो विकास हासिल गर्न सफल भएका छन् । पर्यटनले आर्थिक गतिविधि बढाउन मद्दत गर्नुका साथै भुक्तानी सन्तुलन, रोजगारी सिर्जना, आम्दानी तथा उत्पादन बृद्धिजस्ता विभिन्न आर्थिक पक्षमा सकारात्मक प्रभाव पार्छ । नेपाल पर्यटनको अपार संभावना भएको मुलुक हो । नेपालको तराई, पहाड र हिमालका बेग्लाबेग्लै हावापानी, रहनसहन, रीतिरिवाज, परम्परालाई पर्यटनसँग जोडेर यी भूगोलका… पुरा पढौ

पन्चकाेटमा भएको गडबडी भएको भन्दै भ्रष्टाचार बिरूद्व नागरिक अभियान अख्तियार जाने ?

बागलुङ / भ्रष्टाचार बिरूद्व नागरिक संस्था बागलुङले पन्चकाेटकाे अहिले सम्मको हिसाबकिताब पारदर्शी नभएको भन्दै छानबिन गर्न माग गरेको छ । भ्रष्टाचार बिरूद्व नागरिक संस्थाका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठकाे अध्यक्षतामा भएको बैठकले बागलुङ नगरपालिका वडा नम्बर ६ सर्वसिद्विधाम पन्चकाेटमा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म भएको अनन्त श्री ब्राह्मण्डीय महायज्ञमा अनियमितता भएको भन्ने व्यापक जन गुनासो आएको कारण छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पाेखरामा लिखत रूपमा उजुरी गर्ने निर्णय भएको छ । झण्डै ११ बर्ष देखि पन्चकाेट निर्माणकार्यमा अनियमितता भएको… पुरा पढौ

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ

काठमाडौँ, ९ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताउनुभएको छ । साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह र प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताउनुभयो । “युवा तथा खेलकूदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “खेलाडीहरूको वृत्ति विकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै… पुरा पढौ

काला पत्थर’ को ५४४१ फिट उचाईमा नृत्य गरेर सुरेन्द्र राई र सुसन तामाङले रचे विश्व कीर्तिमान

काठ्माडाैं। नेपाली डान्स क्रु 'वाइल्ड रिपर्ज क्रु' का सुरेन्द्र राई र सुसन तामाङले 'गिनिज  बुक अफ वर्ल्ड रेकर्ड' मा आफ्नो नाम दर्ता गर्न सफल भएका छन। नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन। सुसन र सुरेन्द्रले १९ मे, २०२४ अर्थात नेपाली मिति जेठ ६ मा नेपालको सोलुखुम्बुस्थित काला पत्थरमा आफ्नो कला पस्केका थिए। काला पत्थर ५६४४.५ मिटर (१८,५१९ फिट) अग्लो छ। सुरेन्द्र र सुसनले ५,४४१ मिटर  (१७,८५१ फिट) मा रेकर्ड… पुरा पढौ

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे छलफल

असार ७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले २ वटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने बिकल्प र उपायहरूबारे छलफल गर्नुभएको हो। छलफलमा प्रधानमन्त्रीले २ वटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकोमा जोड दिँदै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो,… पुरा पढौ

पूर्ण बहादुरकाे सारङ्गीकाे छायांकन आ‌ेखलढुङ्गामा शुरू

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको हो । फिल्मको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भि पौडेल दिएका थिए । कलाकारहरूको लाइनअप बलियो रहेको ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यस्तै यो फिल्मको… पुरा पढौ

बिश्व वातावरण दिवसमा वृक्षारोपण

बागलुङ / टि.डि.एच,जर्मनी/बि.एम.जेट को आर्थिक सहयोग बिवाईसी,बागलुङको सहकार्यमा बुर्तिबाङ सामुदायिक बाल क्लबको आयोजनामा विश्व वातावरण दिवस कार्यक्रम मनाइयो । बागलुङको ढोरपाटन नगरपालिका-१,भबरेटामा आयोजित बृक्षारोपण कार्यक्रममा भगवती मन्दिर देखि सरस्वती सामुदायिक बिद्यालय सम्म १५० वटा धुपि लगायत फूलका बिरूवा राेपिएकाे थियो । स्थानीय तहका जनप्रतिनिधि सरस्वती आधारभूत विद्यालयउत्तर गंगा माध्यमिक बिद्यालय ,न्यु माेर्डन एकेडेमी ,रिभर हेड इन्टरनेशनल एकेडेमी जनता सेकेन्डरी बाेर्डिङ स्कुल वटा बिद्यालयका बिद्यार्थी लगायतकाे उपस्थितिमा बिश्व वातावरण दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको विवाईसी बागलुङका सामाजिक परिचालक अधिकृत आ‌ेम प्रकाश… पुरा पढौ