
बागलुङ / टि.डि.एच,जर्मनी/बि.एम.जेट को आर्थिक सहयोग बिवाईसी,बागलुङको सहकार्यमा बुर्तिबाङ सामुदायिक बाल क्लबको आयोजनामा विश्व वातावरण दिवस कार्यक्रम मनाइयो ।
बागलुङको ढोरपाटन नगरपालिका-१,भबरेटामा आयोजित बृक्षारोपण कार्यक्रममा भगवती मन्दिर देखि सरस्वती सामुदायिक बिद्यालय सम्म १५० वटा धुपि लगायत फूलका बिरूवा राेपिएकाे थियो ।
स्थानीय तहका जनप्रतिनिधि सरस्वती आधारभूत विद्यालयउत्तर गंगा माध्यमिक बिद्यालय ,न्यु माेर्डन एकेडेमी ,रिभर हेड इन्टरनेशनल एकेडेमी जनता सेकेन्डरी बाेर्डिङ स्कुल वटा बिद्यालयका बिद्यार्थी लगायतकाे उपस्थितिमा बिश्व वातावरण दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको विवाईसी बागलुङका सामाजिक परिचालक अधिकृत आेम प्रकाश सिर्पालीले बताए ।















