पर्यटन

सगरमाथामा डोरी प्रकरणमा निर्मल पुर्जालाई सफाइ,

२०८१ भदौ २५ काठमाडौं ।बिश्व कै सर्वोच्च शिखर सगरमाथामा गत हिमाल आरोहण सिजनका बेला डोरी काटिएको भनी बाहिर आएको भिडिओका सन्दर्भमा प्रख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थात ’निम्सदाइ’ ले सफाइ पाएका छन् । उनले अज्ञात व्यक्तिले डोरी काटेको भन्ने जानकारी र कुराकानीको भिडिओको सामाजिक सञ्जालको सार्वजनिक गरेपछि सरकारले छानबिन गरेको थियो । पर्यटन विभागले आरोही पुर्जासँग लिएको बयान, उनको स्पष्टीकरण तथा अन्य प्रमाणका आधारमा उनले दिएको सूचनाको आशय सगरमाथाको प्रतिष्ठा र गौरवमा आँच पुर्‍याउने उद्देश्य तथा मनशाय नभएको भन्दै सामान्य… पुरा पढौ

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दोःमाआ‌ेवादी अध्यक्ष प्रचण्ड

काठमाडौं, २२ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझै प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलाको समापन गर्दै उहाँले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । गणराज्यकै झल्को दिने गरी नेवार समुदायमा रहेको आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्दता अनि सांस्कृतिक मौलिकपनलाई समाजवादी व्यवस्थाको भ्रुणको रुपमा औल्याउँदै… पुरा पढौ

प्रकाश सपुतको फिल्म ‘वसन्त’को छायांकन बागलुङमा सुरु

बागलुङ, २२ भदौं । नेपाल कै प्रशिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा शान्ति पदयात्रा सहित मन्दिर परिसरमा फिल्मको शुभ मुहूर्त गरिएको छ । प्रकाश सपुतको ‘वसन्त’ फिल्मको शुभ मुहूर्तसँगै शनिबारदेखि छायांकन प्रारम्भ भएको हाे । कालिका मन्दिर गेटदेखि मन्दिरसम्म गरिएको पदयात्रामा फिल्मका मुख्य कलाकार प्रकाश सपुत, स्वस्तिमा खड्का लगायतका कालाकार तथा फिल्मका प्राविधिक टिम सहित बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी सहित राजनीतिक दल र स्थानीयहरुको सहभागिता रहेको थियो । फिल्मको छायाङ्कन प्रकाशको जन्म… पुरा पढौ

‘पूर्ण बहादुरको सारङ्गी’: विजय बराल भन्छन्– चरित्रलाई न्याय गर्दा मैले पनि माया पाएँ

काठमाडौं । मोसन पोस्टरले नै दर्शकको ध्यान खिचेको ‘चलचित्र पूर्ण बहादुरको सारङ्गी’को टिजरले धेरैको मन छोयो । छोरो पढाउन बुवाले गरेको संघर्षलाई केन्द्रमा राखेर बनाइएको टिजर सार्वजनिक हुनबित्तिकै धेरैले सामाजिक सञ्जालमा टिजरले मन छोयो भन्दै सेयर गरे । चलचित्रकर्मी र आम दशर्कले टिजरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरेपछि यसका निर्माता तथा निर्देशक उत्साही भएका छन् । दर्शकको मायाले पोस्ट–प्रोडक्सनमा रहेको चलचित्रमा थप मेहनत गर्ने उत्साह पलाएको बताएका छन् । सँगै उनीहरूले चुनौती र… पुरा पढौ

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ भारतमा प्रदर्शन

काठमाडौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’ हालै भारतको बिहारस्थित सीतामढीमा प्रदर्शन गरिएको छ । बिहारको सीतामढीस्थित कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा फिल्म प्रदर्शन गरिएको हो । यो फिल्म नेपालमा आगामी मंसिर ७ गते प्रदर्शन हुँदैछ । कार्यक्रममा नेपाल भारत भातृ मञ्चका संस्थापक अध्यक्ष डा. नवलकिशोर सिंह, कार्यक्रम संयोजक मनोहर मिश्र, फिल्मका परिकल्पनाकार तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण… पुरा पढौ

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट पनि अनाउन्स गरेको छ । यो चलचित्र पुस २६ गते रिलिज हुनेछ । सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । दयाहाङ राई र सिर्जना निङलेखु छन् । दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन् । हिलो लागेको सुरुवालले उनी कसैसँग भर्खरै झगडा गरेको देखिन्छ । बदलाको भावमा रहको उनको रिसाहा अनुवारले उनी कसैलाई केही भन्दैछन् जस्तो लाग्छ । छेउमा उनको… पुरा पढौ

जेष्ठ नागरिक भवन निर्माणका लागि श्रीमद्भागवत ज्ञान महायज्ञकाे तयारी पूरा 

काठमाडौं भदौ १९ समाजमा रहेका जेष्ठ नागरिक संस्था प्रति सरकार लगायत सराेकारवालाले बेवास्ता गरेपछि काठमाडौ चन्द्रागिरि नगरपालिकाका जेष्ठ नागरिक संस्था श्रीमद्भागवत ज्ञान महायज्ञ लगाएर आफ्नो भवन बनाउन कम्मर कसेर अगाडि बढेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित श्री चन्द्रागिरि जेष्ठ नागरिक समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा चन्द्रागिरि जेष्ठ नागरिक समाज धार्मिक महोत्सव २०८१ काे सम्पूर्ण तयारी पूरा भएको छ । चन्द्रागिरि जेष्ठ नागरिक समाजलाई जग्गा खरिद गरेर भवन निर्माणार्थ आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञकाे… पुरा पढौ

फिल्म ‘एक्टरः टेक वान’बाट अभिनयमा कमव्याक नायक राजबल्लभ कोइराला

काठमाडौँ । फिल्म ‘एक्टरः टेक वान’बाट अभिनयमा कमव्याक गरेका नायक राजबल्लभ कोइरालाको शुक्रबार परेको जन्मदिनको अवसर पारेर उनी फिचर्ड क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको छ । पोस्ट प्रोडक्सनमा रहेको फिल्मको सार्वजनिक पोस्टरमा कोइराला मात्र चित्रित छन् । जसमा सिगार सेवन गरिरहेका राजबल्लभले नायक प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देख्न सकिन्छ । दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । अभिनेता कोइरालाको यही फिल्मबाट १० वर्षपछि पुनरागमन गर्दै छन् ।… पुरा पढौ

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक फर्स्ट लुक पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ । झुस्स दारी जुंगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ । त्यसको ठिक तल प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफिदै घरतिर कुदिरहेका छन् । यसले उनी स्कुलको कुनै कक्षामा सबलाई टपेर प्रथम भएको… पुरा पढौ

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौं । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ । यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ । कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पवमा रहेका हुन् कि भन्ने पृष्ठभूमी हेरेर अनुमान लगाउन सकिन्छ । तर प्रष्ट भने छैन । यद्यपि, कालो टिसर्ट, मुख्य पात्रमाथिको… पुरा पढौ