
भक्तपुर । गायक लक्ष्मण श्रीलाई पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड २०८१ बाट सम्मान गरिएको छ।
गायक श्रीलाइ भक्तपुरमा भव्य समारोहको बीचमा सर्वोत्कृष्ट लोकपप गायक ५ मध्ये “म टिम्रै डल्ले हो” गीतबाट सर्वश्रेष्ठ गायन तर्फ ३ वर्षमा १ पटक आयोजना हुने विशिष्ट पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड २०८१ जित्न सफल भएका छन्।
गीत संगीत थप अनुशासित र जिम्मेवारी बोध गरेको महसुस गरेका सम्मानित गायक श्रीले हिडन खबर डटकमलाई बताए। यो अवार्ड प्राप्त गर्ने अवसरका लागि भोट दिने दर्शक स्रोता, जूरी निर्णायक, आयोजकप्रति नतमस्तक र आभारी व्यक्त गरेका छन्।
खुल्ला आकाशलाई स्टेज बनाई मध्यपुर थिमी नपा-४ भक्तपुर निगु पुखु (दुई पोखरी) मा भएको पाँचौँ एपिक अवार्ड २०८१ मा प्रमुख अतिथि प्रथम महिला राधिका शाक्य, विशिष्ट व्यक्तित्वहरू नेपाली गीत संगीत, अनि चलचित्र क्षेत्रका दर्जनौं अति विशिष्ट मुर्धन्य व्यक्तित्व तथा हजारौं दर्शक बीच भएको भव्य कार्यक्रममा नेपालका हास्य अभिनय क्षेत्रमा अमूल्य योगदान पुर्याएकी वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ।
कार्यक्रममा नेपालका चर्चित कलाकार, गायक, संगीतकार, पत्रकारलाई सम्मान गरिएको थियो।

