
देउखुरी, दाङ्ग । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१ सभ्य भव्य रुपमा सम्पन्न भएको छ ।
उपमा सञ्चार प्रा.लि. र तेजनेपाल मल्टीमिडिया प्रा.लिको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर प्रमुख आतिथि, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट विशिष्ट अतिथि, लुम्बिनी प्रदेश उप सभाका स्वकिय सचिव नारायण जि सि, राप्ती गाँउपालिकाका उपाध्यक्ष कमलापती चौधरी, राप्ती गाँउपालिकाका प्रशासकीय प्रमुख देवीराम पाठक, लुम्बिनी प्रदेश सभाका प्रेस संयोजक रुद्र कुंवर, राप्ती गा.पा.का प्रेस संयोजक तुल ब. कुंवर मगर, पत्रकार महासंघकी केन्द्रिय सदस्य लिला शाह लगायत बिशेष अतिथीसंगै कलाकार, पत्रकार लगायत थुप्रै अतिथिहरुको उपस्थिती रहेको थियो ।
उपमा सञ्चार प्रा.लि.कि अध्यक्ष आशा गौतमको अध्यक्षता, तेजनेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख घर्तीमगरले मौलिक कला तथा संस्कृति संरक्षणको आवश्यकता औंल्याउनु भयो । उहाँले स्थानीय कला र संस्कृतिमा नै मौलिक पहिचान रहेको उल्लेख गर्दै, हाल ती लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो। साथै, स्थानीय समुदायको आर्थिक उपार्जनका लागि मौलिक कला तथा संस्कृतिलाई पर्यटनसँग जोड्न आवश्यक रहेको कुरामा उहाँले विशेष जोड दिनुभयो ।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, पत्रकार राधेश्याम गुप्ता, सन्तोषकुमार गुप्ता, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष राजेन्द्र चौधरी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
सुमन कुमार श्रेष्ठ स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अनिल सुनामले गर्नु भएको थियो । कार्यक्रमलाई समापन गर्दै उपमा सञ्चारकि अध्यक्ष तथा सभाध्यक्ष आशा गौतमले कार्यक्रम समापन गर्दै गर्दा कलाकार,पत्रकार,सञ्चारकर्म जगतमा खटिएका सम्पुर्ण कलाकर्मी तथा कलमकर्मी हरु लाई सरकार सङ्ग शिक्षा र स्वास्थ्य निशुल्क घोषणा गरियोस भन्दै प्रस्ताव गर्दै लुम्बिनी प्रदेशमा आएर यसरी ऐतिहासिक कार्यक्रम गर्न पाउँदा निकै खुशी लागेको भन्दै सम्पुर्ण सहयोगी हातहरु लगायत प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथी, कलाकार पत्रकार तथा सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सह-प्रायोजनमा काठमाडौ पोड्वे, सुटमाला, एसिया प्यासिफिक स्कुल कलेज, एन एस अटोमोबाईल्स त्यस्तै सहयोगी संस्थाहरुमा राप्ती गाँउपलिका दाङ्ग, होटेल हरियाली दाङ, उमा फिल्मस, सुटहब, श्रुति संगीत विधालय, ओजस्वी मल्टिमिडिया लगायतका संस्थाहरु थिए ।
कार्यक्रममा अग्रज पत्रकार राधेश्याम गुप्ता, बिनोद पहाडी, पत्रकार सन्तोष कुमार गुप्ता, वरिष्ठ कलाकार लक्ष्मी मान चौधरी, सर्जक गायक तथा एरेन्जर सुरेश सेन्चुरी, यादवनाथ योगी, वरिष्ठ गायक नरहरी प्रेमी, गायक सञ्चारकर्मी श्री निवास थारु, कलाकार तथा व्यवसायी शालिकराम भण्डारी नरेश लगायतलाई सम्मान तथा गायक राजेन्द्र चौधरीलाई नव प्रतिभा सम्मान सहित विभिन्न साहित्यकार, कलाकार तथा श्रष्टाहरूलाई सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै अवार्ड बिजेताहरुमा भाषाभाषी गीत बिधा तर्फबाट सर्वोत्कृष्ट गीतकार सोब्राटी मन्सुरी, मौलिक सालैजो गीत बिधा तर्फ सर्वोत्कृष्ट गायन पार्वती रोकाया, चाडपर्व गीत विधा तर्फ सर्वोत्कृष्ट गायन दिपक वली, सर्वोत्कृष्ट मोडल उमा गिरी, सर्वोत्कृष्ट मोडल गगनशिला सुनार, लोक दोहोरी गीत सर्वोत्कृष्ट गायक विजय सुनाम, सर्वोकृष्ट मोडल तर्फ प्रकाश गौतम, रिजन वस्याल, रक क्षेत्री, सर्वोत्कृष्ट नव गायक संगम राजु वि सि, सर्वोत्कृष्ट नव मोडल विविका भुषाल, लेनिया वि.क., पञ्चेबाजा गीत तर्फ सर्वोत्कृष्ट मोडल नारायण वि पि परियार, मौलिक झ्याउरे गीत तर्फ सर्वोत्कृष्ट गायन जितन भाई श्रीष, सर्वोत्कृष्ट निर्माता उमा गिरी सर्वोत्कृष्ट, कोरियोग्राफर महेश रामुदामु, आधुनिक गीतको सर्वोत्कृष्ट गीतकार विजय खडका गगन, सर्वोत्कृष्ट नव गायन अनु डि सि., अशोक पाण्डे गजल तर्फ सर्वोत्कृष्ट संगीतकार सन्तोष कुमार रजौरे प्रतियोगी कलाकार तर्फ सपना रोका, प्रत्यक्ष दोहोरी तर्फ हरिकला सुनार, सर्वोत्कृष्ट वाध्यवादन तर्फ भुवन बराल, छोटो चलचित्र विधामार्फत बद्रि शाह, सिरियल विधाबाट रमेश अधिकारी, शोभा कुवंर लगायत अवार्डित भएका थिए ।












