पर्यटन

काला पत्थर’ को ५४४१ फिट उचाईमा नृत्य गरेर सुरेन्द्र राई र सुसन तामाङले रचे विश्व कीर्तिमान

काठ्माडाैं। नेपाली डान्स क्रु 'वाइल्ड रिपर्ज क्रु' का सुरेन्द्र राई र सुसन तामाङले 'गिनिज  बुक अफ वर्ल्ड रेकर्ड' मा आफ्नो नाम दर्ता गर्न सफल भएका छन। नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन। सुसन र सुरेन्द्रले १९ मे, २०२४ अर्थात नेपाली मिति जेठ ६ मा नेपालको सोलुखुम्बुस्थित काला पत्थरमा आफ्नो कला पस्केका थिए। काला पत्थर ५६४४.५ मिटर (१८,५१९ फिट) अग्लो छ। सुरेन्द्र र सुसनले ५,४४१ मिटर  (१७,८५१ फिट) मा रेकर्ड… पुरा पढौ

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे छलफल

असार ७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले २ वटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने बिकल्प र उपायहरूबारे छलफल गर्नुभएको हो। छलफलमा प्रधानमन्त्रीले २ वटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकोमा जोड दिँदै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो,… पुरा पढौ

पूर्ण बहादुरकाे सारङ्गीकाे छायांकन आ‌ेखलढुङ्गामा शुरू

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको हो । फिल्मको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भि पौडेल दिएका थिए । कलाकारहरूको लाइनअप बलियो रहेको ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यस्तै यो फिल्मको… पुरा पढौ

बिश्व वातावरण दिवसमा वृक्षारोपण

बागलुङ / टि.डि.एच,जर्मनी/बि.एम.जेट को आर्थिक सहयोग बिवाईसी,बागलुङको सहकार्यमा बुर्तिबाङ सामुदायिक बाल क्लबको आयोजनामा विश्व वातावरण दिवस कार्यक्रम मनाइयो । बागलुङको ढोरपाटन नगरपालिका-१,भबरेटामा आयोजित बृक्षारोपण कार्यक्रममा भगवती मन्दिर देखि सरस्वती सामुदायिक बिद्यालय सम्म १५० वटा धुपि लगायत फूलका बिरूवा राेपिएकाे थियो । स्थानीय तहका जनप्रतिनिधि सरस्वती आधारभूत विद्यालयउत्तर गंगा माध्यमिक बिद्यालय ,न्यु माेर्डन एकेडेमी ,रिभर हेड इन्टरनेशनल एकेडेमी जनता सेकेन्डरी बाेर्डिङ स्कुल वटा बिद्यालयका बिद्यार्थी लगायतकाे उपस्थितिमा बिश्व वातावरण दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको विवाईसी बागलुङका सामाजिक परिचालक अधिकृत आ‌ेम प्रकाश… पुरा पढौ

गायिका तृष्णा घर्तिको कौडा साँइलि सार्वजनिक

काठमाडौं /सुचना र प्रविधिकाे विकास संगै नेपाली गीत संगीतमा समेत त्यसको प्रयोग हुने क्रम बढेसंगै नेपाली मौलिक लोक गीतहरुमा सुरिलो स्वर भर्दै आएकि गायिका तृष्णा घर्ति मगर को नँया कौडा गीत साइलि सार्वजनिक गरिएको छ । तृष्णा घर्ति मगरको स्वर सँगै राजेन्द्र घर्ति मगरले उनलाई साथ दिएका छन । शब्द संगीत भने तृष्णा घर्ति मगर र राजेन्द्र घर्ति मगरको रहेको छ । म्यूजिक भिडियोमा आनन्द गुरुङ र लक्ष्मी गुरुङले नृत्य तथा अभिनय गरेका छन भने निर्देशन तथा कोरियोग्राफि दीप गुरुङको… पुरा पढौ

फिल्म पुर्ण बहादुरकाे सारङ्गी*मा लाइनअप

काठमाडौं ।  फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल यसअघि नै अनुबन्धित भइसकेका छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा प्रकाश र मुकुन पछि थप तीन जना कलाकारहरू अनुबन्धित गराएको छ । अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई… पुरा पढौ

‘गिद्ध र लाटोकोसेरो मान्छेका मित्र’

पोखरा, ३ जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस पोखराका संरक्षणकर्मीले समेत मनाएका छन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको आयोजनामा बिहीबार गिद्ध र लाटोकोसेरोबारे विद्यार्थीलाई प्रशिक्षण दिइएको हो । विन्ध्येश्वरी माध्यमिक विद्यालय पोखरा १९ का विद्यार्थीलाई संरक्षणकर्मी कृष्णमणि बरालले प्रशिक्षण दिएका हुन् । बरालले विश्वमा २३ प्रजातिका गिद्ध पाइनेमा नेपालमा ९ प्रजातिका गिद्ध रहेको जनाए । उनले भने, ‘नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये सबै पोखरामा पाइन्छन् । तर विविध कारणले गिद्धको संख्या भने घटिरहेको छ ।’ गिद्ध, लाटोकोसेरो जस्ता पंक्षी… पुरा पढौ

कालीका भगवती गुठीको बैशाख महिनाको हिसाब सार्वजनिक

बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत २०८१ बैशाख महिनाको हिसाबकिताब सार्वजनिक गरेको छ । कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकले बैशाख महिनामा  ५८ लाख २४  हजार ७सय २८ रूपैयाँ आम्दानी र खर्च तर्फ ७२  लाख ५३ हजार १  सय ६५  रूपैयाँ भइ १४  लाख २८ हजार ४ सय ३७ रूपैयाँ बढी खर्च भएको हिसाब अनुमाेदन गरेको छ । बैशाख  महिनामा कालीका मन्दिर बाट भेटि बापत ३२ लाख ४०  हजार ३५ रूपैयाँ… पुरा पढौ

क्यानेडियन क्रिकेट क्लवका पुर्व अध्यक्ष सम्मानित

नेप्लीज क्यानेडियन क्रिकेट क्लब (एनसीसीसी) का पूर्ब अध्यक्ष एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ उत्कृष्ट एसियन क्यानेडियन अवार्डबाट सम्मानित भएका छन् । क्यानडाको बहुसांस्कृतिक परिषद (सीएमसी) ले क्यानेडाको समुदायमा गरेको योगदानको कदर गर्दै एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठलाई उत्कृष्ट एसियाली क्यानेडियन अवार्ड २०२४ प्रदान गरेको छ । श्रेष्ठले एनआरएनए क्यानडाको उपाध्यक्षको रूपमा आफ्नो भूमिकामा नवआगन्तुक र अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरूले सामना गर्ने विभिन्न समस्याहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। उनले धेरै नयाँ आउनेहरूलाई क्यानाडाको रोजगार बजारमा एकीकृत गर्न मद्दत गर्दै… पुरा पढौ

प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन

ललितपुर(महाँकाल), २२ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताउनुभएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश सरकारलाई महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न आग्रह गर्ने विश्वास दिलाउनुभयो । विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जाने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत महाँकाललाई प्राथमिकता दिने बताउनुभयो । ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेलको महाँकाल… पुरा पढौ