कालीका भगवती गुठीको बैशाख महिनाको हिसाब सार्वजनिक

-


     हिडन खबर    
     जेठ ३ गते २०८१ मा प्रकाशित


बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत २०८१ बैशाख महिनाको हिसाबकिताब सार्वजनिक गरेको छ ।

कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकले बैशाख महिनामा  ५८ लाख २४  हजार ७सय २८ रूपैयाँ आम्दानी र खर्च तर्फ ७२  लाख ५३ हजार १  सय ६५  रूपैयाँ भइ १४  लाख २८ हजार ४ सय ३७ रूपैयाँ बढी खर्च भएको हिसाब अनुमाेदन गरेको छ ।

बैशाख  महिनामा कालीका मन्दिर बाट भेटि बापत ३२ लाख ४०  हजार ३५ रूपैयाँ चामल बिक्री बाट १ लाख ८७  हजार ५  सय रूपैयाँ बाेका बाट २लाख ८२ हजार ५ सय रूपैयाँ ,कुखुरा बाट ४६ हजार ६  सय ५० ,राँगा बाट १९  हजारभाडा ५  लाख ९ हजार ९  सय ,विवाह बाट ७  हजार ५ सय आर्थिक सहयोग १ लाख ४६ हजार २  सय ४३ रूपैयाँ परेवा बिक्री बाट १३ लाख १६  हजार २ सय ५० रूपैयाँ ,ब्रतबन्ध २ हजार ७ सय रूपैयाँ,पण्डित १७ हजार २ सय रूपैयाँ पिकनिक बाट ४९ हजार ५ सय रूपैयाँ आम्दानी भएको काेषाध्यक्ष रामबहादुर खड्काले बताए ।

यस्तै खर्च तर्फ तलब ७  लाख ४९ हजार ७ सय ५० रूपैयाँ
बिधुत ३६ हजार१५  सय ,अतिथि सत्कार ३ लाख ८९  हजार ,आर्थिक सहयोग २९  हजार ,पुर्वाधार विकास तथा निर्माण १५ लाख ७८ हजार ९ सय  खाध्यान्न तथा आवास ८१  हजार ,विज्ञापन ५  हजार र सांस्कृतिक कार्यक्रम तथा भजनमा ३ लाख ६० हजार ९ चैत्राष्ठमी मेला १० लाख रूपैयाँ मेसिनरी तथा उपकरण खर्च २६ लाख २९ हजार खर्च भएको काेषाध्यक्ष खड्काले बताए ।

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरकाे राम्रो प्रचारप्रसार भएपछि मन्दिरमा दिनहुँ हजारौं धार्मिक पर्यटक मन्दिर दर्शन र अवलोकन गर्न आउन थालेपछि मन्दिरको आम्दानी पनि हरेक बर्ष बढेर गइरहेको कालीका भगवती गुठी ब्यवस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।

देशका धेरै  धार्मिक सामाजिक संघसंस्थाहरूले आफ्नो हिसाबकिताब पारदर्शी रूपमा नराख्ने भएको हिसाबकिताब समेत सार्वजनिक नगरिरहेकाे समयमा कालीका गुठीले भने हरेक महिनाको पहिलाे साता मन्दिर भएको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।