समाचार

नेपाली फिल्म पूर्ण बहादुरको: सारङ्गी’को निर्माण घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारीक घोषणा गरिएको हो । सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस फिल्मलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित निर्माण टिमले सार्वजनिक गरेको मोसन पोस्टरमा मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझन सकिन्छ । सार्वजनिकमोसन पोस्टरमा सारङ्गीको मिठो धुन अनि पहाडको बाटो । अगाडि बुढो… पुरा पढौ

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

वैशाख ७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको छ। भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो। सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताउनुभयो। पुरा पढौ

भजन महाेत्सवकाे हिसाब सार्वजनिक

बागलुङ /धार्मिक तथा आन्तरिक पर्यटकीय केन्द्र शालग्राम संग्रहालय बागलुङमा हरेक बर्ष लाग्ने शालग्राम महाेत्सव तथा भजन महाेत्सव आयोजना गरेर यसको प्रचारप्रसार गरेपछि यस क्षेत्रमा आउने पर्यटक बढेर जान थालेको छ ।बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले फेदीमा आयोजीत ५ दिने शालग्राम महाेत्सव २०८१ सम्पन्न भए लगत्तै यसको आर्थिक हिसाबकिताब सार्वजनिक गरिएको छ । श्री श्रीधराचार्य शालग्राम संग्रहालयकाे आयोजनामा भएकोश्रीरंगवेंकटेश मुक्तिनारायण मन्दिरको ३७ आ‌ैं ब्रहमाेहत्सव तथा शालग्राम महाेत्सव २०८१ काे अबधिमा ८३ लाख ३४ हजार ६ सय १९ रूपैयाँ कुल आम्दानी… पुरा पढौ

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता

काठमाडौँ —राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच भेटवार्ता गरेका गर्नुभएको छ ।भेटका लागि प्रधानमन्त्री दाहाल बुधबार अपरान्ह शितलनिवास पुग्नुभएकाे थियोे । भेटमा समसामयिक विषयहरुमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो । 'यो नियमित भेट नै हो 'त्यस्तो विशेष भेटघाट होइन, मुलुकका पछिल्ला घटनाक्रमहरुका विषयमा प्रधानमन्त्रीले व्रिफिङ गर्नुभएको थियोे । संसद् बन्द रहेका बेला राष्ट्रपतिसँग भएको भेटमा प्रधानमन्त्री दाहालले सरकारले गर्न लागेको लगानी सम्मेलन र त्यसअघि गर्नैपर्ने कानूनको संशोधन गर्ने गरी अध्यादेशहरु ल्याउने विषयमा परामर्श गर्नुभएकाे बताइएको छ । पुरा पढौ

गायिका एलिना चाैहानकाे विवाह बागलुङका बिष्णु सापकोटा संग

बागलुङ ।‘धोकेबाज हौ तिमी’ पछिल्लो समयको भाइरल गीत हो । यस गीतको गायिका हुन् एलिना चौहान । दुई वर्ष अगाडि सार्वजनिक यो गीत अहिले पनि भाइरल नै छ । गीत भाइरल भए संगै गायिका चौहान थप चर्चामा आउनु स्वभाविक नै हाे पटकपटक चर्चामा आएकी गायिका चाैहानले यहीँ बैशाख ५ गते बागलुङ नगरपालिका वडा नम्बर २ निवासी बिष्णु सापकोटा संग वैवाहिक जीवनमाबाढिएका छन् । बिर्तामोड झापा निवासी बीरेन्द्र चाैहान र जमुना चाैहानकी छाेरी एलिना चाैहानकाे बागलुङ नगरपालिका २ फूलप्रसाद सापकोटा र… पुरा पढौ

निजी क्षेत्रसँगको सहकार्यबाट मात्र अर्थतन्त्र गतिशील हुने

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।” उहाँले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र… पुरा पढौ

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन : प्रधानमन्त्री

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताउनुभएको छ । रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था(आइएसएसआर)ले आज यहाँ आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन कानुन कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन,… पुरा पढौ

चैत्राष्ठमीका दिन कालीका भगवती मन्दिरमा घुइँचो

बागलुङ /नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा च‌ैत्राष्ठमीकाे आठौं दिन अर्थात् अष्ठमीका दिन हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ ।रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ । नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालीका भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरूकाे चैते दशैकाे अवसरमा अष्ठमीका दिन  बिहानदेखि न‌ै मन्दिर पुजा अर्चना गर्नेहरूकाे भिड लागेको छ । बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालीका मन्दिरमा नव दुर्गाकाे आठौं… पुरा पढौ

चैते दशै मेलाको उद्घाटन चन्द्र ढकालले गर्ने

बागलुङ / नेपाल कै ऐतिहासिक चैते दशै मेलाको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले मंगलबार बागलुङमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । चैत ३० गतेदेखि शुरू भएको बागलुङ कालीका भगवती मन्दिर परिसरमा लाग्ने ऐतिहासिक मेलाको एक कार्यक्रम बिच बागलुङ निवासी उद्यमी ग्लोबल आइएमी बैंकका प्रमुख समेत रहेका महासंघका अध्यक्ष ढकालले उद्घाटन गर्ने कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म हुने ऐतिहासिक मेलामाकालीका कप खुला भलिबल प्रतियोगिता ,राष्ट्रिय दाेहाेरी… पुरा पढौ

नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो

काठमाडौँ, ३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक बनौटका आधारमा सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मैले प्रत्यक्ष रूपमा आयोजनाको समस्या समाधान र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजनाहरूको ‘भर्चुअल… पुरा पढौ