होस्टेलबाट भागेकी छात्रा बिश्वकै सबैभन्दा लामाे पुलबाट बेपत्ता

-


     हिडन खबर    
     भाद्र ४ गते २०८१ मा प्रकाशित


बागलुङ / धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा तारा अदै बागलुङ पर्वत जोड्ने बिश्व कै सबैभन्दा लामाे झोलुङ्गे पुलबाट खसेर वेपत्ता भएका छन् ।

विद्यालयको होस्टेलमा बस्दै आएकी अदै होस्टेल पछिको पर्खालबाट हाम फालेर भागेकी थिइन । होस्टेलबाट भागेर नजिकैको गण्डकी गोल्डेन वृजमा पुगेर पुलबाट हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कँडेलले बताए ।

विद्यालयका प्रधानध्यापक रेशम श्रीसले होस्टेलमा रहदै आएकी बालिका होस्टेलबाट बेपत्ता भएको बताए ।

ढोरपाटनको बोबाङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा स्थित धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयको नौ कक्षामा अध्ययनरत छात्रा पुलबाट हाम फालेर बेपत्ता भएपछि खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ ।