समाचार

पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु

पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो।  दुर्घटनाका घाइते र मृतकहरूको पहिचान खुलिसकेको छैन । घाइतेहरू अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन ।  पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजीटल बक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ, १ फागुन : नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ । जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको हो । प्रतियोगितामा प्रथम हुनुहुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुनुहुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्नुहुने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गर्नुभएको थियोे । पुरा पढौ

माओवादी युद्धका सहयात्रीहरुलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल

काठमाडौँ, १ फागुन : नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)ले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको आज यहाँ उद्घाटपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरुलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको उल्लेख गर्नुभयो । सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “एकै मोर्चा र केन्द्रमा एकता बद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरी आनुहोस् बसौं,… पुरा पढौ

लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु : प्रधानमन्त्री

काठमाडौँ, १ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताउनुभएको छ। मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। भेटमा प्रधानमन्त्रीले भन्नुभयो, 'यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि… पुरा पढौ

अरूण चाैधरीलाइ दुई दिनमै छाेड्न आदेश दिने न्यायाधीश मुगु सरूवा भए

काठमाडौं /अरूण चौधरीलाई २ दिनमै छोड्न आदेश दिने श्रीमानलाई सजायस्वरूप जिल्ला अदालत मुगु सरूवा गरिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीस यज्ञप्रसाद आचार्य सजायस्वरूप मुगु अदालतमा सरूवा गरिएका हो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरेका हुन् । प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई गत २२ माघमा जिल्ला अदालत… पुरा पढौ

भ्रष्टाचार अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण सहयोग हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, २८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र… पुरा पढौ

रेडक्रस बागलुङ र क्यानेडियन रेडक्रसद्वारा स्वास्थ कार्यक्रम

बागलुङ / नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेदियन रेडक्रसको सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य कार्यक्रम (CCBHP) को नियमित सम्पन्न भएको छ । बागलुङ जिल्लाकाे काठेखोला गॅाउपालिका वडा नं ०१ छापा स्वास्थ्य समुदाय र वडा नं ७ रेश दोस्वार स्वास्थ्य आमा समुहमा पाठेघर खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, निमोनिया र आयोडिनको परिचय र फाईदाका बारेमा सचेतना कार्यक्रम गरेर जनचेतना जगाउने काम गरेको क्यानेडियन रेडक्रसका प्राेजेक्ट मेनेजर गाेकर्ण श्रेष्ठले बताए । पुरा पढौ

कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइइने छ : प्रधानमन्त्री

काठमाडौँ, २७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताउनुभएको छ । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताउनुभयो । आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको… पुरा पढौ

बागलुङ भएको विकास अलपत्र परेको भन्दै सिंहदरबारमा पुगे बागलुङको टाेली ?

काठमाडौं /गाउँ गाउँमा सिंहदरबार भन्ने नारासाथ संघीयतालागु भएको झण्डै ७ बर्ष बितिसक्दा समेत खास सिंहदरबार काठमाडौंमै छ भन्ने प्रमाणित भएको छ ।अहिले जिल्ला ठूलो साना आयोजना केन्द्र बाट परिचालित हुदा समस्या जस्ताको तस्तै देखिन्छ । बागलुङ क्षेत्र न.१ का माननीय सांसद चित्र बहादुर के.सि.,नेपाली कांग्रेस का केन्द्रीय सदस्य किरण पौडेल,गण्डकी प्रदेश सांसद कृष्ण पाठक,बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ट,काठेखोँला गाउँपालीकाका अध्यक्ष राजु थापा लगायत वडा अध्यक्षहरुबागलुङ जिल्लाको समग्र विकासको लागि सिंहदरबारमा डेडिकेसन गएर सराेकारवालाकाे ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय गाैरवकाे… पुरा पढौ

सहकारीको ऋण उठाउन धर्मको सहारा

बागलुङ । सहकारी संस्थाले सहजरूपमा लगानी गरेकोऋण र ब्याज समयमा नउठेपछि बागलुङको एक सहकारी संस्थाले धार्मिक बाटो रोज्ने भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरूको सचेतनाका लागि ‘सहकारी पुराण’को योजना सार्वजनिक गरेको हो । ‘पुराणमा कसैको ऋण खानु, नतिर्नु पाप हो भनेर उल्लेख भएको चर्चा हुन्छ, त्यसैले अब हामीले सहकारी पुराणमार्फत सहकारी शिक्षा प्रदान गर्ने योजना बनाएका छौँ”, सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले  ‘नाम चलेका पण्डित बोलाएर भव्य सहकारी पुराण गर्ने योजना बनाएको छ ।’ सहकारीले पत्रकार सम्मेलन… पुरा पढौ