पर्वत, कार्तिक २० । मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, पर्वत शाखाले देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ। तिहारको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमले नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेको देउसी–भैलो संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने प्रतिष्ठानका अध्यक्ष सन्तोष सुवेदीले बताए। उनका अनुसार देउसी–भैलो मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक एकता, भाइचारा र सांस्कृतिक पहिचानको प्रतीकसमेत हो। पछिल्लो समय आधुनिकता र बदलिँदो…
पुरा पढौ