समाचार

रसुवाका ३३ बाढीपीडित परिवारलाई लायन्सको सहयोग

रसुवा, असोज ५ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले भदौ १० गते आएको भीषण बाढी–पहिरोबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने अभियानलाई निरन्तरता दिएको छ। ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने सेवामूलक भावनालाई आत्मसात गर्दै डिस्ट्रिक्टले नुवाकोटको विदुर नगरपालिका–५ मा आश्रय लिइरहेका भोटेकोशी बाढीपीडित ३३ परिवारलाई किचन र्याक तथा सिरानी वितरण गरेको जनाएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी लायन रोजिता बस्तीका अनुसार राहत वितरण कार्यक्रममा विभिन्न व्यक्ति तथा समूहको उल्लेखनीय सहयोग रहेको थियो। शान्ता पौडेलको टोली, छविलाल… पुरा पढौ

भलिबल संघ बागलुङको अध्यक्षमा गोरखबहादुर भण्डारी निर्वाचित

बागलुङ, असोज ५ — जिल्ला भलिबल संघ बागलुङको पाँचौँ अधिवेशनले गोरखबहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। बागलुङ बजारमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अर्जुन खड्का र होम थापा, महासचिवमा मनबहादुर पुन तथा कोषाध्यक्षमा दिलीप थापा चयन भएका छन्।त्यस्तै, सदस्यहरूमा योगेश भण्डारी, माया रोका, यमदीप पुन, सुरक्षा जिसी, यमकुमारी नेपाली र गोविन्दबहादुर थापा चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको रहनेछ। अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।अधिवेशन उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष… पुरा पढौ

लायन्स क्लबका संयुक्त पदस्थापन समारोह, नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण

काठमाडौं, असोज ४ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्य अभिषेक (Induction & Joint Installation Ceremony) कार्यक्रम आइतबार काठमाडौंमा सम्पन्न भएको छ। डिस्ट्रिक्ट ३२५ के अन्तर्गत रिजन तथा जोनका पदाधिकारीहरूको समन्वयमा हुन लागेको कार्यक्रममा विभिन्न लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई औपचारिक रूपमा पदस्थापन गरिनुका साथै नयाँ सदस्यहरूको अभिषेक गरिएकाे आयोजकले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर लायन रमेश अधिकारी बिशिस्ट अतिथिहरू फस्ट भाइस गभर्नर बिष्णुहरि फुयाल ,सेकेन्ड भाइस… पुरा पढौ

१० औँ राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन–२०८३ सम्पन्न

काठमाडौं, असोज ४ — “दिगो पर्यटनका लागि पथप्रदर्शकको दक्षता” भन्ने मूल नारासहित राजधानीमा १०औँ राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन–२०८३ सम्पन्न भएको छ। पर्यटन क्षेत्रसँग आबद्ध अग्रज, सहकर्मी तथा साथीहरूसँग एकै ठाउँमा भेटघाट, अनुभव साटासाट तथा विचार आदान–प्रदान गर्ने उद्देश्यले आयोजित सम्मेलनले पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई एकै मञ्चमा ल्याएको थियो। बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका मन्त्री राजेन्द्र प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पर्यटनसँग सम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटनकर्मी तथा टुरगानका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। सम्मेलनले टुरिस्ट… पुरा पढौ

कलंकीमा निःशुल्क आँखा परीक्षण शिविर सुरु

काठमाडौं ।असाेज ४ लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालको आयोजनामा निःशुल्क आँखा परीक्षण तथा परामर्श कार्यक्रम सुरु गरिएको छ। राजधानीको व्यस्त क्षेत्र कलंकीस्थित हनुमान मार्केटमा आइतबारदेखि सुरु भएको आँखा परिक्षण कार्यक्रम एक सातासम्म सञ्चालन हुने आयोजकले जनाएको छ। परिक्षण कार्यक्रममा सहभागी सर्वसाधारणलाई निःशुल्क आँखा परीक्षण, आवश्यक परामर्श तथा आँखासम्बन्धी समस्याबारे विशेषज्ञ सुझाव प्रदान गरिनेछ। क्लबकी सचिव पुष्पाञ्जली वाग्लेका अनुसार समुदायमा आँखाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा प्रारम्भिक अवस्थामै आँखासम्बन्धी समस्याको पहिचान गर्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।… पुरा पढौ

संविधान दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति बागलुङको आयोजना तथा बागलुङ उद्योग वाणिज्य संघको सहयोगमा आयोजित कार्यक्रममा आश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो। जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले मानव सेवा आश्रम बागलुङकी विपना तामाङलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको थियो। आश्रमको आवश्यकतालाई… पुरा पढौ

रक्तदान कार्यक्रममार्फत रगत अभाव न्यूनीकरणमा लायन्स क्लबहरूको पहल

काठमाडौं, असोज ३ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स तथा लियो क्लबहरूको संयुक्त आयोजनामा शनिबार काठमाडौंमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएकाे छ। बढ्दो रगत अभावलाई न्यूनीकरण गर्दै बिरामीको जीवन रक्षा गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएकाे हो। "Donate Blood, Save a Life, Be Someone's Reason to Live" भन्ने मूल नारासहित आयोजना भएको कार्यक्रममा दर्जनौं स्वयंसेवी रक्तदाताको सहभागिता रहेकाे थियोे । रक्तदान कार्यक्रम लायन्स क्लब अफ काठमाडौं मनमैजु, काठमाडौं रोजमेरी, काठमाडौं हिमालय भिजन, काठमाडौं सिनर्जी, काठमाडौं मनमैजु युथ, काठमाडौं… पुरा पढौ

नाबालिगमाथि जबर्जस्ती करणीदेखि साइबर ब्ल्याकमेलिङसम्म : जिल्ला प्रहरी कार्यालय बागलुङमा १९ मुद्दा दर्ता

बागलुङ, असोज ३ जिल्ला प्रहरी कार्यालय बागलुङले भदौ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै विभिन्न गम्भीर अपराध तथा साइबर अपराधका घटनामा अनुसन्धान तीव्र पारिएको जनाएको छ। प्रहरीका अनुसार बागलुङ नगरपालिका–८ मा १५ वर्षीया नाबालिग बालिकालाई ललाईफकाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ। पक्राउ परेका व्यक्तिमाथि पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी, पर्वतको जलजला गाउँपालिका–७ स्थायी घर भई हाल बागलुङ नगरपालिका–३ बस्दै आएका ३९ वर्षीय वीरबहादुर सुनारलाई साइबर अपराध तथा… पुरा पढौ

संविधान दिवसको अवसरमा बागलुङ कारागारका बन्दीलाई सामग्री हस्तान्तरण

बागलुङ, असोज २ संविधान दिवस २०८३ को अवसरमा बागलुङ कारागारमा रहेका बन्दीहरूको सीप विकास, आत्मनिर्भरता तथा मनोरञ्जनमा सहयोग पुर्‍याउने उद्देश्यले सिलाइ मेसिन, खेलकुद सामग्री लगायतका सामग्री हस्तान्तरण गरिएको छ। DIRDC, नेपाल एनजिओ महासंघ (NGO Federation), चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल तथा एकीकृत कार्यालयको संयुक्त पहलमा आयोजित कार्यक्रममा कारागारमा रहेका बन्दीहरूका लागि आवश्यक सामग्री प्रदान गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख तथा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष अमर थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै बागलुङका प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

धौलागिरी प्रादेशिक अस्पताललाई लायन्स क्लबद्वारा ह्विलचेयर सहयोग

बागलुङ, असोज २ – लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतको लायन्स क्लब अफ बागलुङ पिस टाउन ले आफ्नो ‘चार्टर डे स्पेसल सर्भिस कार्यक्रम’ अन्तर्गत धौलागिरी प्रादेशिक अस्पताललाई ह्विलचेयर हस्तान्तरण गरेको छ। अस्पतालमा उपचारका लागि आउने बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले क्लबले अस्पताललाई ह्विलचेयर सहयोग गरेको हो। हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्मा, मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारी, अस्पतालका अन्य पदाधिकारी तथा लायन्स क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै क्लबका… पुरा पढौ