बागलुङको बडिगाड गाउँपालिकाका महत्वपूर्ण क्षेत्रमा सिसिक्यामेरा राखेर निगरानी थालिएको छ। मध्य पहाडी राजमार्ग अन्तर्गत पर्ने वडिगाड गाउँपालिकाका विभिन्न महत्वपूर्ण क्षेत्रको स्थानमा सिसिक्यामेरा राखिएको हो । जिल्ला सदरमुकामबाट पश्चिमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार समेत मानिने बडिगाड काउपालिकाका केन्द्र सिसिक्यामेराको निगरानीमा राखिएको छ । बजार क्षेत्रमा हुने चोरी, डकैती तथा अन्य आपराधिक घटना रोकथाम तथा अनुसन्धान गर्न सहज बनाउन सिसिक्यामेराबाट निगरानी बढाइएको हो । सिसिक्यामेरा जडान गरेर प्रहरी चौकी, गाउँपालिकाको कार्यलय र गाउँपालिका प्रमुखले कार्यालयबाट निगरानी…
पुरा पढौ