समाचार

बागलुङका भिडियाेग्राफर साेनम केसिले प्राप्त गरे विश्व रेकर्डकाे प्रमाणपत्र

केपि कुमार जलन/ बागलुङ बागलुङका एक युवाले साेनम केसीले गिनिज बुकमा रेकर्ड राख्न सफल भएका छन् । गितकाे भिडियाेग्राफर गरे बापत युके बाट GUINNESS WORLD RECORD काे प्रमाणपत्र पाउन सफल भएका छन । गत जेठ ६ गते वाइल्ड डान्स क्रीउका सुरेन्द्र राई र सुसन तामाङले सोलुखुम्बुको कालापथ्थर ५६४१ मिटर उचाईमा डान्स गरेर विश्व कृतिमान राख्दा बागलुङका दि गोल्ड स्टुडियोका सोनम के सी संगै सौगात कार्किले सबै भन्दा उचाईमा पुगेर डान्स भिडियोलाई क्यामरामा कैद गरि विश्व कृतिमान राख्न सफल भएका हुन।… पुरा पढौ

राष्ट्रिय र पार्टीको झण्डा ओढाएर उपाध्यक्ष बुढाप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौं, १ असोज । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो । उहाँसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’, पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती, स्थायी समिति सदस्य गणेशमान पुन, केन्द्रीय सदस्य दलजित सिर्पालीलगायत ठूलो संख्यामा उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुले श्रद्धाञ्जली दिनुभएको थियो । नेकपा माओवादी केन्द्रको तर्फबाट पालिका उपाध्यक्षमा… पुरा पढौ

दिल्लीको नयाँ मुख्य मन्त्री आतिशी मार्लेना

काठमाडौं । दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक भएको छ । आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् । दिल्ली सरकारका मन्त्री गोपाल राईले यसबारे जानकारी दिएका हुन् । मंगलबार बिहान करिब ११ बजे बसेको व्यवस्थापिका–संसद्‌को बैठकले आतिशीको नाम अनुमोदन गरेको हो । राईले आतिशीलाई सर्वसम्मतिले मुख्यमन्त्रीमा निर्वाचित गरेको बताए । राईले आतिशी अप्ठ्यारो परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्ने बताए । राईले भने, ‘भाजपाले आम आदमी पार्टीलाई तोडेर सरकार ढाल्ने प्रयास गरेको छ । तर, हामीले उनीहरुको सबै प्रयासलाई विफल बनायौं ।’… पुरा पढौ

बागलुङ कालीका गुठीको भाद्रमहिनाको हिसाब  सार्वजनिक

बागलुङ असाेज १ नेपालकाे प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर  गुठी ब्यवस्थापन समिति बागलुङले भदौ महिनाको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको छ । कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेकाे बैठकले भदौ महिनाको हिसाबकिताब सार्वजनिक गरेको हाे । भदौ महिनाको आम्दानी तर्फ भक्तजनले मन्दिरमा चढाएको भेटी ७ लाख ८६ हजार ५ सय ६५ रूपैयाँ ,चामल बिक्री बाट २१ हजार रूपैयाँ बाेकाकाे टाउको बाट ६९ हजार ७ सय ५० रूपैयाँ ,कुखुरा बाट ६ हजार ५ सय ५० राँगो बाट ३ हजार ६ सय… पुरा पढौ

उपत्यकाका नदी तथा खोलाको थप मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौँमा दबाब र्‍याली

काठमाडौँ –सर्वोच्च अदालतले काठमाडौं उपत्यकाकाे नदि किनारबाट दायाँबायाँ २०/२० मिटर मापदण्डमा थप २०/२० थप गरेको भन्दै उपत्यकाका नदी तथा खोलाको थप मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौँमा दबाब र्‍याली निकालिएको छ। सोमबार काठमाडौँ उपत्यकाका नदी/खोला किनारका बासिन्दाले नयाँ मापदण्डविरुद्ध प्रदर्शन गरेका हुन्। गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको आयोजनामा दबाब र्‍याली निकालिएको हो। कुपण्डोलको बागमती पुलमुनिबाट सुरु भएको र्‍याली थापाथली, त्रिपुरेश्वर, कुपण्डोल नयाँ पुल हुँदै पुनः र्‍याली सुरु भएको स्थानमा पुगेर समापन भएको थियो । प्रकाशमणि शर्माले १३… पुरा पढौ

काठमाडौं बागलुङमा साझा यातायातले बस थप्याे

काठमाडौं /नेपालीहरूकाे महान चाड बिजया दशमी नजिकिदै गर्दा साझा यातायातले आम उपभोक्ताकाे माग पछि काठमाडौं बागलुङमा थप एकवटा बस थप गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्रकाे रूपमा परिचित बागलुङ सदरमुकाम सम्म २०७४ सालदेखि एउटामात्र रात्री बस सेवा संचालन गर्दै आएकोमा यहीँ असाेज १ गतेदेखि थप एकवटा रात्री बस संचालन गर्ने भएको छ । साझाको रात्री सेवा असाेज १ गते देखि बागलुङ - काठमाडौं साँझ ५.३० र ६.३० मा संचालन हुने भएको छ ।काठमाडौं देखि बागलुङ… पुरा पढौ

संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौँ – संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिबाट अन्त्य गरिएको छ। प्रतिनिधिसभाको आजको बैठकमा आजै राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु चौथो अधिवेशन आज रातिदेखि अन्त्य भएको बताए। सभामुख घिमिरेले प्रनिनिधिसभाको चालु चौथो अवधिभर भए–गरेका काम कारबाहीको विवरण आजको बैठकमा सुनाएका थिए। प्रतिनिधिसभाको चौथो अधिवेशन २०८१ वैशाख २८ गते प्रारम्भ भई २०८१ भदौ ३१ गतेसम्म एक सय ३० दिन चलेको छ। जसमध्ये ५३ दिनमा ५६ पटक बैठक बस्दा दुई सय ६… पुरा पढौ

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत” काँधेकुरी” सार्वजनिक

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले युट्युबमार्फत आइतबार ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । गीत छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको दृश्यबाट सुरु हुन्छ । छोरालाई पढ्न सहर पठाउँदाको वियोग चलचित्रका मुख्य पात्र विजय बरालको अनुवारमा देखिन्छ । त्यसपछि सुरु हुन्छ गीत, जसमा घरघरमा सारङ्गी रेट्दै गाउँदै पैसा संकलन गर्दै हिँडिरहेका छन् । गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत… पुरा पढौ

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक :प्रचण्ड

झापा, ३० भदौ। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलियो बन्न आवश्यक रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।उहाँले अहिलेको अन्तरास्ट्रिय शक्ति सन्तुलन र त्यसबाट नेपालमा पर्नसक्ने असरको बारेमा लामो चर्चा गर्दै मुलुकको स्वाधीनताका लागि जनता र देशका लागि समवेदनशील र सबैलाई सन्तुलनमा राख्नसक्ने शक्ति माओवादी केन्द्र नै भएको बताउनुभयो ।… पुरा पढौ

कन्दङ्वासहित सयौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

झापा, ३० भदौ । झापाका पुराना बामपंथी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो । कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र बामपंथी बुद्धिजीवीको रुपमा सकृय रहनुभएको थियो । विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा मोहन योगी, सिता रण पँहेली, जगत राई, अञ्जर अलि सन्तबहादुर कुमाल,विवेक, राजु… पुरा पढौ