समाचार

बागलुङमा खोलाले बगाउँदा बेपत्ता भएका युवाको शव फेला पर्या

बागलुङ, २१ भदौं बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु भइ बेपत्ता भएका युवाको शव फेला परेको छ । बेपत्ता भएका २० बर्षिय कमल सापकोटाकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहिबार राती परेको भीषण वर्षासँगै बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले हुँदै बग्ने बान्द्रेखोलामा आएको बाढीले मोटरसाइकल सहित तीन युवालाई बगाएको मा तीनजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी विजय यादवले बताए । बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेदेखी मालिकातर्फ जाँदै गरेको ध२प ८०१०… पुरा पढौ

बागलुङमा खोलाले बगाउँदा दुई जनाको मृत्यु, एक बेपत्ता

बागलुङ, २१ भदौं । बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ  एक जना बेपत्ता भएका छन् । बिहिबार राती परेको भीषण वर्षासँगै बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले हुँदै बग्ने बान्द्रेखोलामा आएको बाढीले मोटरसाइकल सहित तीन युवालाई बगाएको हो । बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेदेखी मालिकातर्फ जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र घ१प ९९९६ नम्बर को स्कुटरमा सवार बान्द्रे अढाईथर बस्ने २३ वर्षिय अर्जुन सापकोटा र २२ वर्षिय अविशेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना… पुरा पढौ

एकीकृत समाजवादी बागलुङको संयाेजकमा गाैतम

बागलुङ ,एकीकृत समाजवादी बागलुङको सिंगाे पार्टी एमाले जिल्ला कमिटी बागलुङमा समाहित भएको एकसातापछि एकीकृत समाजवादी केन्द्रले बागलुङ जिल्लामा पिगंलराज गाैतमलाई संयाेजककाे जिम्मेवारी दिएको छ । एकीकृत समाजवादीका केन्द्रीय महासचिव घनश्याम भुसालले भदौ २० गते एकीकृत समाजवादी बागलुङका समाजवादीका सचिवालय सदस्य गाैतमलाइ जिल्लाकाे जिम्मेवारी दिएको हाे । केही दिनअघि एकीकृत समाजवादीकाे सिंगो पार्टी एमालेमा समाहित भएको घाेषणा गरि पार्टीका अध्यक्ष लालबहादुर थापाले पार्टीको माइनट बुक समेत एमालेलाई बुझाएको थियोे । एकीकृत समाजवादी बागलुङका सचिवालय सदस्य शालिकराम शर्मा ,जीवन आचार्य ,श्याम पुन… पुरा पढौ

नदी किनाराका जग्गासम्बन्धी समस्या समाधानका लागि पहल गर्न सर्वदलीय आग्रह

काठमाडौं, २० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या सम्बन्धी पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने तय गर्ने बताउनु भएको छ । नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या समधानका लागि पहलको आग्रहसहित भेटघाटका लागि आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग कुरा गर्दै उहाँले यो निर्णय कार्यान्वयनमा समस्या देखिएकाले सरकार अदालतमा भ्याकेटमा जाँदा ठिकै हुने उल्लेख गर्दै यसबारे पार्टीको धारणा बैठकपछि नै तय हुने बताउनुभएको हो । सर्वदलीय भेटमा सहभागीहरुले नदी किनाराका जग्गा छाड्नुपर्ने… पुरा पढौ

अन्तरसदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न

बागलुङ जिल्ला जैमिनी नगरपालिका ९ पैयुँथन्थाप स्थित जनता माध्यमिक विद्यालयमा  हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा अन्तरसदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । उक्त कार्यक्रममा आधारभूत तह तर्फ सगरमाथा सदन प्रथम र धवलागिरी सदन द्वितीय हुन सफल भएका थिए । माध्यमिक तह तर्फ मकालु सदन प्रथम र कञ्चनजङ्घा सदन द्वितीय हुन सफल भएका छन । कार्यक्रममा शिक्षक  विष्णुप्रसाद शर्मा र टीका थापाद्वारा मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक नुम कुमारी देवी शर्माको अध्यक्षता र शिक्षक सूर्य पौडेलको… पुरा पढौ

जेष्ठ नागरिक भवन निर्माणका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ लगाइयो

काठमाडौं भदौ २०समाजमा रहेका जेष्ठ नागरिक संस्था प्रति सरकार लगायत सराेकारवालाले बेवास्ता गरेपछि काठमाडौ चन्द्रागिरि नगरपालिकाका जेष्ठ नागरिक संस्था श्रीमद्भागवत ज्ञान महायज्ञ लगाएर आफ्नो भवन बनाउन कम्मर कसेर अगाडि बढेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित श्री चन्द्रागिरि जेष्ठ नागरिक समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा चन्द्रागिरि जेष्ठ नागरिक समाज धार्मिक महोत्सव २०८१ शुरू भएको छ । चन्द्रागिरि जेष्ठ नागरिक समाजलाई जग्गा खरिद गरेर भवन निर्माणार्थ आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञकाे पहिलो दिन शाेभा कलश… पुरा पढौ

संविधानविपरित अभिव्यक्ति दिने नेताहरुको माआ‌ेवादीले भण्डाफोर गर्ने

काठमाडौं, २० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गर्नुभएको छ । सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो आह्वान गर्नुभएको हो । सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उहाँले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताउनुभयो । जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएकोतर्फ इंगित गर्दै अध्यक्ष… पुरा पढौ

तीज कार्यक्रममा १५ महिला उद्यमी सम्मानीत 

काठमाडौ ,भदौ २०  नेपाली हिन्दु महिलाहरूकाे महान चाड तीज पर्व खर्चिलो भत्किलाे बन्दै गइरहेको आवाज उठिरहेको बेला काठमाडौ चन्द्रागिरि नगरपालिका भित्र भने यसपालि तीज पर्व फरक ढंगले मनाएर समाजलाई सकारात्मक सन्देश दिएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले चन्द्रागिरि नगर कमिटी अखिल नेपाल महिला संघ चन्द्रागिरि नगर कमिटीकाे आयोजनामा नेपाली हिन्दु महिलाहरूकाे महान चाड तीज पर्वको अबसरमा तीज बिशेश कार्यक्रम गरि नगरपालिका भित्र रहेका १५ जना महिला उद्यमीहरूलाई एकै ठाउँमाउभ्याएर उनीहरूले गरेको उद्यमकाे प्रस्तुति करण गरिएकाे अखिल नेपाल महिला संघ… पुरा पढौ

नेकपा माओवादी केन्द्रको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सम्पन्न

काठमाडौ, १९ भदौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आज सकिएको छ। हिजोदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा हिजो नै आयोगका प्रमुख तथा सदस्य गरी ४० जनाले सुझाव राखेका थिए । आज विहानबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गरेपछि बैठक सकिएको छ । आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरुप आयोजना गरिएको कार्यक्रमअन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र… पुरा पढौ

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट पनि अनाउन्स गरेको छ । यो चलचित्र पुस २६ गते रिलिज हुनेछ । सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । दयाहाङ राई र सिर्जना निङलेखु छन् । दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन् । हिलो लागेको सुरुवालले उनी कसैसँग भर्खरै झगडा गरेको देखिन्छ । बदलाको भावमा रहको उनको रिसाहा अनुवारले उनी कसैलाई केही भन्दैछन् जस्तो लाग्छ । छेउमा उनको… पुरा पढौ