मालीका आधारभूत बिद्यालयका बिद्यार्थी लाई पाेशाक वितरण

-


     हिडन खबर    
     माघ २९ गते २०८१ मा प्रकाशित


बागलुङ माघ २९

बागलुङ ,मालिका सेवा समाज बागलुङको आयोजना हिमालयन लाइफ इन्स्योरेन्सको सहयोगमा मालिका आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पोशाक बितरण कार्य सम्पन्न भयो ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामुदायिक बिद्यालयका बिद्यार्थीका लागि न्यानाे कपडा वितरण गरेको हाे ।

मालिका सेवा समाजको आयोजना हिमालयन लाइफको सहयोगमा बा न पा ५ मा अबस्थित मालिका आधारभुत विद्यालय अध्ययनरत विद्यार्थीका पाेशाक वितरण
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय जित शेरचनले समाजले गर्ने सेवा मुलक कामले सबैलाइ सहयोगी कार्यका निम्ति लाग्न शिक्षा मिलेको उल्लेख गर्दै सम्पुर्णमा सकरात्मक सोचको बिकास हुनुपर्ने बताउनु भयो। सो अबसरमा प्रदेश सभा सदस्य शेरचनले सम्पुर्ण ठाउँ र कार्यमा कुशल नेतृत्वको आबस्यकता रहेको औलाउदै सक्षम नेतृत्व नै आजको आबस्यकता भयको औलाउनु भयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाग्लुङ शाखा सभापती जगन्नाथ आचार्य, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनिका बलराम गौतम मालिका आधारभूत बिद्यालयका प्रधानाध्यापक नारायण प्रसाद गाैतम लगायतका बक्ताहरूले आआफ्नो धारणा ब्यक्त गरेका थिए ।

मालीका सेवा समाज बागलुङका अध्यक्ष जीवन नाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तेज बहादुर कुवँर सन्ताेषकाे स्वागत समाजका सहसचिव मातृका आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

२०७३ सालमा स्थापना भएको सेवा समाजले समाजमा सामाजिक शैक्षिक लगायतका क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै
आएको कारण मालीका सेवा समाज छाेटाे समयमा समाजमा स्थापित भइसकेको छ ।