सरकारले मुलुकभित्र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने ढंगले टिकटिक बनाउन थालेपछि सरकार प्रतिबन्ध लगाउने निर्णयमा पुगेको सरकारका प्रवक्ता सुचना तथा प्रविधि मन्त्रि रेखा शर्माले बताए । यसअघि भारत, अफगानिस्तान, ताइवान, अष्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क, क्यानडा, नेदरल्यान्ड्सलगायत मुलुकले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । नेपालमा पनि टिकटक मार्फत मनपरि ढंगले राजनीति गालिगलाेज गर्नुका साथै सामाजिक सद्भाव खलबलाउने गतिविधि हुदै आएको थियो ।
पुरा पढौ