नेपालकै प्रसिद्ध चैते दशै मेला चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म हुने

-


     हिडन खबर    
     चैत्र २३ गते २०८० मा प्रकाशित


काठमाडौ / बागलुङमा चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म ऐतिहासिक चैते दशै मेलाको आयोजना गरिएको कालीका भगवती गुठी ब्यवस्थापन समितिले जनाएको छ ।

बिक्रम संम्वत १५९१ सालदेखि शुरूवात भएको ऐतिहासिक धार्मिक सांस्कृतिक रूपमा महत्त्वपूर्ण रहेको चैते दशै मेला भब्य र सभ्य रूपमा सम्पन्न गर्नकाे लागि काठमाडौमा पत्रकार भेटघाट कार्यक्रम गरि यहीँ चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म बिभिन्न कार्यक्रमका सम्पन्न गर्न लागेको कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा कालीका गुठी ब्यवस्थापन समितिका  प्रेस सल्लाहकार  राजेशचन्द राजभण्डारी पत्रकार राजु सुवेदी गुठीका सल्लाहकार लक्ष्मणश्री ,चर्चित गायक थानेश्वर गाैतम ,राष्ट्रिय लाेक दाेहारी प्रतिस्थानका उपाध्यक्ष सुवास केसी राष्ट्रिय लाेक गायिका जुना शिरिष लगायतका बक्ताहरूले बागलुङ करिव ५ सय बर्ष अघिदेखि निरन्तररूपमा चल्दै आएको ऐतिहासिक संस्कृतिक महत्त्व बाेकेकाे चैते दशै मेलाको संरक्षण गर्दै यसको महत्त्व र गरिमा बढाउदै लैजान सबैले आआफ्नो क्षेत्र बाट भुमिका खेल्न जरुरी भएको धारणा राखेका थिए ।

कालीका गुठी ब्यवस्थापन समितिले भने ऐतिहासिक चैते दशैकाे अवसरमा यहीँ चैत ३०गतेदेखि बैशाख ५ गतेसम्म
बाङ्गेचाैर बालउद्यान परिसर भित्र राष्ट्रिय लाेक दाेहाेरी प्रतियोगिता ,बिद्यालय स्तरीय नृत्य प्रतियोगिता ,छेलाे प्रतियोगिता ,कालीका कप राष्ट्रिय खुला पुरूष भलिबल प्रतियोगिता ,राष्ट्रिय कलाकारको प्रस्तुति राखेर कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न गर्ने योजना बनाएको कालीका गुठीका अध्यक्ष कुमार खड्काले बताए ।

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा चैते दशैकाे अवसरमा देशभरि बाट ५ लाख भन्दा बढी धार्मिक पर्यटक मन्दिर दर्शनको लागि आउने गर्छन् ।

कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काकाे अध्यक्षतामा भएको पत्रकार सम्मेलन संचालन कलाकार राजेश वर्दैवाले गरेका थिए ।