समाचार

प्रधानमन्त्रीबाट दुधौली नगर अस्पतालको समुद्घाटन

सिन्धुली, २० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गर्नुभएको छ । दुधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उहाँले १५ शय्याको नगर अस्पतालको उद्घाटन गर्नुभएको हो । करिब रु १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । समारोहमा दुधौलीको स्थानीयले स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए । पुरा पढौ

सुशासन अभियानमा कर्मचारीको सहयोग महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताउनुभयो । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुशासन कायम गर्न तथा… पुरा पढौ

जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी टाेलीले जिल्लाकाे ताराखाेला गाउपालिका १ भुस्कात घर बताउने ४४ बर्षिय गुरूङलाइ लुकीछिपी हिडिरहेकाे समय माघ १७ गते पक्राउ गरेको सुुचना अधिकारी मदन केसीले बताए ।

यहीँ माघ ७ गते बागलुङको मध्यपहाडी राजमार्गमा कार्यालय जान हिडिरहेका स्वास्थ्यकर्मी केसीलाई बिच सडक राेकेर हेल्मेट खाेली कालाेमाेसाे दलेर अभद्र ब्यवहार गरेकाे भन्दै प्रहरीले अनुसन्धान गरि पक्राउ गरि जिल्ला प्रशासन कार्यालय बागलुङमा म्याद थप गरेको जनाएको छ। पुरा पढौ

५० लाख लिएर एमडि पास गराउने गाेरख धन्दा जारी ?

काठमाडौं / चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर अन्जनी कुमार झा र उनका बहिनी ज्वाइँ तथा मिस्राको  मिलेमतोमा विभिन्न क्षेत्रमा रहेका बिद्यार्थीहरुबाट करोडौं रुपैया असुली गरि ठगी धन्दा मचाउदै छन् । बितेको दुई तीन दिनमा भारतको बिहार राज्य सितामडीघर भएको नातेदार पर्नेबाट जनही रु ५० लाखको दरले रकम असुली गरि नातेदार दलाल मार्फत बाट १५ करोड पैसा असुल गरेको छ । त्यो पैसा निजले डा अन्जनी कुमार झा को sos कलेजको घरमा नै लगेर दिएको जानकारी प्राप्त भएको छ र यस्को… पुरा पढौ

चन्द्रागिरि नगरपालिका ६ मा हाट बजार

काठमाडौं /ब्यापारी ब्यवसायी उद्योगीहरू ब्यापार नभएकाे भनेर निराश बनिरहेको बेला स्थानीय तहले भएका उद्यमी ब्यवसायीलाइ हाैसला प्रदान गर्ने उदेश्यले हाट बजारको संचालन गरेको छ ।हाट बजार लाइ ब्यवस्थित रूपमा संचालन गर्न शुरू गरेपछि स्थानीय रूपमा उद्योग संचालन गरिरहेका ब्यवसायी उत्साहित बनेका छन् । देशमा राेजगारी नभएको भन्दै सयौं युवा जनशक्ति हरेक दिन बिदेश तर्फ पलायन भइरहेको बेला काठमाडौ चन्द्रागिरि नगरपालिकाले स्थानीय उत्पादन गर्ने उद्यमीलाइ हाैसला दिने उदेश्यका दुई दिने हाट बजार संचालन गरिएको छ ।  स्थानीय उत्पादनकाे बजारीकरण गर्ने देखि… पुरा पढौ

कालीगण्डकीका बिद्यार्थी बनाए अन्नबाट सात प्रदेशकोनक्सा

बागलुङ / देश संघीयतामा गएको कुरा तपाईं हामीलाई थाहा भए कै बिषय हाे सात प्रदेशको नक्सा पनि बजार तपाईं हामीले देख्ने र हेर्ने माैका नपाएका हैनाै ।अहिले बागलुङ सदरमुकाममा रहेको कालीगण्डकी आवाशीय बिद्यालयमा अध्ययनरत बिद्यार्थीले हाम्रो घर गाउँमा पाइनेअन्नकाे प्रयाेग गरेर सात प्रदेशको नक्सा बनाएर देखाएका छन् । कक्षा ९ मा अध्ययनरत संगम क्षेत्री ,गरीमा जीसि ,सुहनी राजभण्डारी ,राेजिस्मा राजभण्डारी कक्षा ७ मा अध्ययनरत सुजल शाक्य ,अनुप घर्ती ,आदित्य राजभण्डारीले नेपालकाे नक्सा र सात प्रदेशको नक्सा नयाँ कलात्मक ढंगले बनाएको… पुरा पढौ

प्रक्रियागत ढिलासुस्तीविरूद्ध प्रधानमन्त्रीको ‘एक्सन’, १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर

काठमाडौँ, १८ माघ : विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेश भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाईलाई हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उक्त व्यवस्था गरिएको हो । जसअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिनेछ । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यप्रक्रियामा… पुरा पढौ

मधेश प्रदेश ज्ञान–विज्ञानको केन्द्र : प्रधानमन्त्री

काठमाडौँ, १८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण मधेश प्रदेशलाई ज्ञान–विज्ञानको केन्द्र भएको बताउनुभएको छ । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सङ्घीय संरचनाअन्तर्गत मधेश प्रदेशमा रहेको सम्पूर्ण मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीति छ ।” ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षिजनकको नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले उल्लेख… पुरा पढौ

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, १८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताउनुभएको छ । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपार्इंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताउनुभयो । राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई यगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उहाँले शिक्षामा… पुरा पढौ

महादेवस्थान-मातातीर्थ खानेपानी समितिकाे अधिवेशन सम्पन्न

काठमाडौ / महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अधिवेशन बाट अध्यक्षमा एल बहादुर महर्जन निर्वाचित भएका छन् । चन्द्रागिरि नगरपालिका ५, ६ र ७ महादेवस्थानमा विगत १३ वर्षदेखी खानेपानी सेवा वितरण गर्दै आएको समितिका अध्यक्षसहित सबै ११ पदमा पदाधिकारी तथा सदस्यहरू सर्वसम्मन चयन भएका छन् । समितिको उपाध्यक्षमा अधिवक्ता पुरुषोत्तम उदास सचिवमा माधव प्रसाद रेग्मी बिना रोकाय कोषाध्यक्ष, नन्द कुमार महर्जन सहसचिवमा सर्वसम्मत निर्वाचित भएका छन् । समितिको सदस्यमा रमेश कुमार रुपाखेती, विवेक ढकाल, भक्तलाल श्रेष्ठ, विष्णुबहादुर महर्जन, यशोधा गाैतम… पुरा पढौ