
काठमाडौ / नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा प्रथम सिएचआइटिएफ एशियन प्रतियोगिता जेठ ११ गतेदेखि १३ गतेसम्म राजधानीमा हुने भएको छ ।
नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले काठमाडौंमा पत्रकार सम्मेलनकाे आयोजनामा प्रथम सिएचआइटिएफ एशियन प्रतियोगिता हुन लागेको अध्यक्ष कुल बहादुर बुढामगर कुशलले बताए ।
यति ठूलो खेलकुद प्रतियोगिता सरकारले गर्नुपर्ने दायित्व भएपनि सरकारले जिम्मेवारी नलिएको कारणले आफुहरूले आयोजना गर्नुपरेको अध्यक्ष कुल बहादुर बुढामगरले बताए
प्रतियोगितामा नेपाल सिंगापुर ,भारत,मलेसिया ,फिलिपिन्स चीन ,बंगलादेश ,भेटनाम ,पाकिस्तान ,र श्रीलंकाका खेलाडीले भागलिने अध्यक्ष बुढामगरले बताए ।
स्वर्ण ८५ कास्य ८५ रजत ११६ पदककाे लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् प्रथम दृतीय र तृतीय टिम लाइ १/१ वटा ट्रफी प्रदान गरिने छ ।
नेपाल सीएचआईटीएफ तेक्वान्दो खेललाई शहरमुखी मात्रै नभइ स्थानीय निकाय ग्रामीण भेगको गाउँ वस्तीमा पुगी नेपाल सीएचआईटीएफ तेक्वान्दो खेलकाे प्रशिक्षण र प्रतियोगितालाई निरन्तरता दिदै आएको छ ।
३ दिनसम्म हुने प्रतियोगितामा झण्डै ५० लाख खर्च हुने उक्त कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले सातदोबाटोकाे तेक्वान्दो हलमा गर्नेछ कार्यक्रम तय भएको छ ।










