
जनकपुर – नागरिकता सम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुर ल्याइएको छ।
सिराेहियालाई स्थलमार्ग (बीपी राजमार्ग) बाट धुलिखेल, सिन्धुली हुँदै बुधबार बिहानै जनकपुरधाम ल्याइएको हो।
सिरोहिया बिहान ५ बजेर ५० मिनेटमा जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका हुन्।
मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथली काठमाडौंबाट फक्राउ गरेर सिरोहियालाई प्रहरीले सिधै धनुषा ल्याएको हो।