समाचार

मनिष कंडेलको उपचारकालागि मालिका समाज जापानद्वारा ३० हजार सहयोग

मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका मनिष कंडेलको उपचारका लागि मालिका समाज जापानले सहयोग रकम हस्तान्तरण गरेको छ । समाजको तर्फबाट पीडित परिवारका सदस्य सीता सापकोटालाई नगद ३० हजार सहयोग रकम हस्तान्तरण गरिएको हो । न्यून आर्थिक अवस्था भएका कंडेलको उपचारमा धेरै रकम आवश्यकता पर्ने भएकाले उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको मालिका समाज जापानका अध्यक्ष गुरु प्रसाद सापकोटाले बताउनुभयो । बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर-६ विहुं निवासी कंडेलको कार्तिक १७ गते दुर्घटनामा परि गम्भीर घाइते भई पोखरा स्थित… पुरा पढौ

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै फेसबुकमा सर्वेक्षण !

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन २ हप्ता मात्रै बाँकी छ । स्वच्छ निर्वाचन सञ्चालनका लागि आयोगले निर्वाचन आचारसंहिताको कडाइका साथ लागू गरिरहेको जनाएको छ तर दिनदिनै आचारसंहिता उल्लंघनका घटना घटिरहेका छन् । यसैबिच बागलुङ जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई आचारसंहिता विपरीत आँकलन गर्दै फेसबुकमा सर्वेक्षण गरिएको छ । रुटीन अफ बागलुङ बन्द(Routin of Baglung Banda) नामक फेसबुक पेजले उम्मेदवारको फोटो राख्दै निरन्तर मत सर्वेक्षण गरिरहेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा… पुरा पढौ

बागलुङमा स्नोकर च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

बागलुङ बजारमा रोयल स्नोकर प्रतियोगिता सम्पन्न भएको छ ।बागलुङ नगरपालिका वडा नम्बर ४ को सहयोग तथा रोयल स्नोकर हाउसको आयोजनामा शुक्रबार प्रतियोगिता सम्पन्न भएको हो । युवाहरूको रोजाइमा पर्ने स्नोकर खेलको विकास तथा प्रबर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागलुङ नगरपालिका वडा नम्बर-४ का वडा सदस्य तथा रोयल स्नोकर हाउसका सञ्चालक गोविन्द पुनले बताउनुभयो । वडाले युवाहरूलाई खेलमा जोड्दै एकताबद्ध बनाउने तथा आगामी दिनमा यस्ता खेलको विकासका लागि युवाहरूको माग अनुसार आयोजना गरिने तथा वडा भित्र आयोजित खेलहरुलाई सहयोग गरिने… पुरा पढौ

बागलुङमा मोटरसाइकल दुर्घटना, २ जना गम्भीर घाइते

बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा २ जना युवा घाइते भएका छन् । जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर-१ गणेशघुम्ती नजिकै विपरीत दिशाबाट आउँदै गरेका २ वटा मोटरसाइकल एक आपसमा ठोकिँदा २ जना घाइते भएका हुन । मालढुङ्गाबाट बागलुङ बजारतर्फ आउँदै गरेको ध २ प ३३२ नम्बरको मोटरसाइकल र बागलुङ बजारबाट मालढुङ्गा तर्फ जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै चालक घाइते भएका हुन । घाइते हुनेमा काठेखोला-५ बिहुँका वर्ष १९ को मनिष कंडेल र कुश्मा नगरपालिका-१० पिपलटारीका… पुरा पढौ

ट्राफिक प्रहरी कार्यालयको राजस्व ८० प्रतिशत बृद्धि

बागलुङ जिल्लामा ट्राफिक प्रहरीले सवारीसाधन चेकजाँचमा सक्रियता बढाएपछि राजस्व बृद्वि भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षको तुलनामा चालु वर्षमा ८० प्रतिशतभन्दा बढी राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षको साउन, भदौ र असोज गरी ३ महिनामा १० लाख ७३ हजार राजश्व गरेकाेमा चालु वर्षको सोही अवधिमा जिल्ला ट्राफिकले १८ लाख ९७ हजार रुपैयाँ संकलन गरेको हो । ट्राफिक व्यवस्थापनमा ध्यान दिँदै जथाभावी रूपमा सवारीसाधन चलाउने चालकलाई चेकजाँच कार्वाही गर्दा राजश्वसमेत बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयकम प्रमुख… पुरा पढौ

बागलुङका कृषकलाई धान काट्ने चटारो

मंसिर ४ गते हुने निर्वाचनमा उमेदवार बनेका नेताहरूलाई यतिबेला मतदानकोमा पुगेर भाेट माग्ने चटारो छ भने अहिले त्योभन्दा पनि ठूलो चटारो नेपाली किसानलाई छ ।नेपालीहरूकाे महान चाडपर्व दशै र तिहार सकिए लगत्तै बागलुङका किसानलाई धान काट्न भ्याइनभ्याई छ ।चाडपर्व सकिन नभ्याउदै असारमा राेपेकाे धान खेतमा पाकेपछि धान काट्ने चटारो छ यतिबेला । नेपालीहरूकाे दाेस्राे ठूलो चाड तिहार सकिए लगत्तै बागलुङका किसानलाई असारमा राेपेकाे धान काट्ने चटारोले छाेेपेकाे छ ।असारमा राेपेकाे गाैरीया धान यतिबेला खेतमा पहेलो गरि पाकेपछि सबै काम कुरा… पुरा पढौ

प्रतिनिधिसभा समानुपातिक सुचिमा परे बागलुङका एक दर्जन भन्दा बढी नेताहरू

मंसिर ४ गतेहुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागिराजनीति पार्टीहरूले समानुपातिक सुचिमा दर्ता गरेका उमेदवार काे नाम सार्वजनिक गरेपछि समानुपातिक सुचिमा परेका उमेदवारहरू समेत बागलुङमा प्रचारप्रसारमा हिडिरहेका छन् । बागलुङ बाट यसपटक प्रमुख राजनीति दल र अन्य साना दलबाट एक दर्जनभन्दा बढी नेता तथा पहुँच वाला ब्यक्तिकाे नाम बन्द सुचिमा पार्न सफल भएको देखिन्छ ।बागलुङ बाट ६ जना महिला र ७ जना पुरूषकाे नाम निर्वाचन आयोगले राखेको बन्द सुचिकाे अन्तिम नामावलीमा समावेश भएपछि बन्द सुचिमा नामावली भएका नेताहरू चुनावी… पुरा पढौ

नेपाल संवत् १११४३ सांस्कृतिक झाकी सहित मनाइयो
नेवार समुदाय लाई संस्कृति जाेगाउन हम्मेहम्मे

नेपाल संवत् ११४३ बागलुङ सदरमुकाममा रहेका नेवार समुदायले विभिन्न झाकी सहित धुमधामका साथ मनाउदै गर्दा बागलुङमा रहेका नेवार समुदाय बिस्ताफित हुदै राजधानी लगायतका जिल्लामा गएपछि भएको संस्कृति जाेगाउन हम्मेहम्मे परेको छ । नेपालीहरूकाे माैलीक संवत् नेपाल  संवत् ११४३ (न्हूदँ)को उपलक्ष्यमा सांस्कृतिक झाकी  सहित बागलुङ सदरमुकाममा नेपाल संवत् कार्यक्रम मनाइयो ।बागलुङ सदरमुकाममा रहेका नेवार समुदायका ब्यक्तिहरू काठमाडौ, पाेखरा,लगायतका ठाउँमा बसाइँसराइ गरेर गएपछि जिल्लामा संस्कृति जाेगाउन हम्मेहम्मे परेको छ । जिल्लामा भएका नेवार समुदाय राजधानी लगायतका ठाउँमा बसाइँसराइ गरेर गएपछि भएको संस्कृति जगेर्ना… पुरा पढौ

मालीका पूर्व बिद्यार्थी मन्च स्थापनाकाे एक बर्ष

आफू जन्मेको आफू हुर्केको आफुले अध्ययन गरेको बिद्यार्थी लगायत सामाजिक सेवाको क्षेत्रमा काम गर्ने उदेश्यले गठन भएको मालिका पुर्ब बिद्यार्थि मंच बिधिबत स्थापना भयको १ बर्ष पूरा भएको छ । मन्च स्थापना भएको सस्थाले एक बर्षकाे छाेटाे समयमा मालिका माध्यमिक बिद्यालय परिसरमा सरस्वती मन्दिर निर्माणमा अगुवाइ गरेको मन्चका अध्यक्ष जीवन नाथ शर्माले बताए । मन्चकाे अनुरोधमा सरस्वती मन्दिर हाल अर्थमन्त्रालयका सहसचिव केदारनाथ शर्माले करिव ७ लाख खर्च गरि निर्माण गरिदिएको शर्माले बताए । बिद्यालयमा कार्यरत शिक्षकहरू लाई समयमै बिद्यालय गएर… पुरा पढौ

राेट्रयाक्ट क्लबको सहयोग

रोट्रयाक्ट क्लव अफ बागलुङले पर्वतको जलजलाका दुई गरिव परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेको छ । गरीविका कारण जिवनयापनमा समस्या भएका परिवारलाई सामाजिक कार्यसंगै युवाहरुको नेतृत्व बिकासमा सक्रिय क्लवले जलजला ८ नाग्लिवाङ २ दलित घरपरिवारलाई खाद्यान्न सामाग्री बितरण क्लबले जनाएको छ । क्लवका पदाधिकारी सदस्य तथा बिभिन्न सहयोगी बाट संकलित रकमबाट जलजलाका बिष्णु बिक र धनबहादुर परिवारको परिवारलाई चामल, नुन, तेल, दाल, चिनी, मसला लगाएत २० हजार बरावरको खाद्यान्न खरिद गरि बितरण गरिएको क्लव जनाएको छ । उक्त सामाग्री रोट्रयाक्ट क्लव… पुरा पढौ